आज ईन्द्रजात्राको दिन भक्तपुरको सिद्दपोखरीमा हरेक बर्स जस्तै दिपावलि गरियो ।।।
Wooden Carved Swet Bhairav Statue
1 month ago
लिखित
सन्देश -(एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने हालै एउटा सफ्टवेयरको
विकास भएको छ जसको माध्यमवाट निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका
सवीर भाटियाको कम्पनी ज्याक्सटर इंकले उक्त सफ्टवेयर हालै सार्वजनिक गरेको हो। सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर भाटियाले
हटमेल बनाएका थिए। पछि उक्त हटमेल बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई
बेचिएको थियो। तिनै भाटियाले मोबाइलको संसारमा नयाँ क्रान्ति ल्याएका हुन्।
निःशुल्क एसएमएस पठाउन मिल्ने 'ज्याक्स्टर एसएमएस' नामको उक्त सफ्टवेयर
हालै मुम्बईमा सार्वजनिक गरियो। निःशुल्क एसएमएसको विकासलाई मोबाइल सेवा
प्रदायक कम्पनीले कसरी लिनेछन्,यो अर्कै कुरा हो। यद्दपि ज्याक्सटर एसएमएसले विश्वका करिब दुई सय देशका सेवाग्राहीलाई प्रभावित बनाउनेछ। ज्याक्सटर एसएमएस कुनै पनि मोबाइल फोनमा प्राप्त गर्न सकिनेछ। सन्देश प्राप्त गर्ने मोबाइलधनीसँग यो सफ्टवेयर हुन आवश्यक छैन। त्यसो त यो यस्तो सफ्टवेयर हो, जसका लागि प्रयोगकर्ताले कुनै इन्टरनेट एप्लिकेसन डाउनलोड गरिरहनु पर्दैन।आइफोन,एन्ड्रोइड,ब्ल्याकबेरी जस्ता मोबाइल प्लेटर्फममा यो सफ्टवेयर सजिलै डाउनलोड गर्न सकिन्छ।भाटियाले भनेका छन्- '१५ वर्षअघि हामीले विश्वलाई हटमेल उपहार दिएका थियौं, आज ज्याक्सटर एसएमएस दिँदैछौं।' यो sotware download गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस /
एप्पलले हालै सार्वजनिक गरेको आइफोन ५ ले बजारमा तहल्का पिटेसँगै
प्रतिस्पर्धी कम्पनी सामसुङले आफ्ना स्मार्टफोनको मुल्य घटाएको छ । आइफोन ५
ले बिक्रिको सबै रेकर्ड तोड्ने लक्षण देखिएसँगै स्मार्टफोन बजारमा टिक्नका
लागि सामसुङले आफ्ना प्रडक्टको मुल्य घटाएको विश्लेषण गरिएको छ ।
आइफोन ५ लञ्च हुनु केही दिनअघि मात्र अमेरिका र बेलायतमा सर्भिस
कन्ट्राक्टका स्मार्टफोनको मुल्य घटाएको सामसुङले अहिले भारतीय बजारमा लागु
हुनेगरी आफ्ना ग्यालेक्सी स्मार्टफोन तथा ग्यालेक्सी नोटको मुल्य २ देखि ३
हजार भन्दा बढिसम्म घटाएको छ । सामसुङले आफ्नो पछिल्लो बहुचर्चित तथा
लोकपि्रय प्रडक्ट ग्यालेक्सी एस थ्री को मुल्य ३५ सय भारु घटाएर ३५ हजार ४
सय ९९ भारु कायम गरेको छ । यस्तै ग्यालेक्सी नोटको मुल्यमा ३ हजार घटाउँदै
२९ हजार ९ सय ९० भारु कायम गरिएको छ । यस्तै ग्यालेक्सी एस टू मा पनि २
हजार भारु मुल्य घटाइएको छ ।
यो सँगै सामसुङले आफ्नो आगामी प्रडक्ट ग्यालेक्सी नोट टू को पि्र अर्डर लिन
समेत सुरु गरेको छ । सामसुङले आइफोनतर्फ बढिरहेको उपभोक्ताको ध्यान
मोड्नका लागि आफ्ना प्रडक्टको मुल्य घटाएको भएपनि त्यसले एप्पलका फ्यानलाई
सामसुङका स्टोरसम्म कत्तिको तान्नसक्छ ? त्यो हेर्न भने बाँकी नै छ । onlinekhabar
अन्तराष्ट्रिय बजारमा तहल्का पिटिरहेको एप्पलको आइफोन ५ का विषयमा एउटा
अविश्वसनीय तथा दुखलाग्दो खबर बाहिर आएको छ ।
अमेरिकाको सन फ्रान्सिस्कोका एक ह्याकरले आइफोन ५ रिलिज भएको ८ घण्टामै
आफुले ह्याक गर्न सफल भएको दाबी गरेका छन् । ग्रान्ट पल नामका ती व्यक्तिले
एप्पलका आइओएस अपरेटिङ सिस्टम सफ्टवेयर बनाउने गरेको बताइन्छ । आइफोन ५
ह्याक गरेको कुरा उनले आफ्नो टि्वटर मार्फत सार्वजनिक गर्दै टि्वट गरेका
थिए, ‘जेलब्रोकन आइफोन ५ ।’
एप्पलको आइफोन तथा अन्य डिभाइस एप्पलकै अपरेटिङ सिस्टम तथा एप्पलले
स्विकृति दिएका अन्य सफ्टवेयरबाट मात्र चल्ने गर्छ । तर पलले एउटा यस्तो
तस्वीर टि्वटरमा पोष्ट गरेका थिए जसमा आफुले तयार पारेको तथा एप्पलले
स्विकृति नदिएको अर्कै एप्लिकेसन सफ्टवेयर सिडिया एप्लिकेसन आइफोन ५ मा
इन्स्टल गर्न सफल भएका छन् ।
आइफोनका यसअघिका संस्करण पनि ढिलोचाँडो यसरी नै ह्याक हुने र अवैध
सफ्टवेयरबाट चल्ने गरेका भएपनि आइफोन ५ बजारमा आएको ८ घण्टामै ह्याक
हुनुलाई निकै ठूलो घटना मानिएको छ । प्रविधि जगतले पलले आइफोन ५ ह्याक
गरेको भनी गरेको दाबी साँचो भएको पुष्टि गरेको छ । आइफोन ५ छिटै ह्याक भएको
खबरले आइफोनका पारखीहरुलाई अवश्य पनि पिर परेको हुनुपर्छ ।
Pushpa Basnet doesn’t need an alarm clock. Every morning, the sounds
of 40 children wake her up in the two-story home she shares with them.