भक्तपुर
२८ जेठ । Mybhaktapur.com तत्कालिन राजा स्व .बिरेन्द्र शाहको नाममा रहि
हाल नेपाल ट्रष्टको मातहतमा रहेको भक्तपुरको सल्लाघारी स्थित ९९ सय रोपनी
जग्गामा रि ग्रेसन (Re Greation) पार्क निर्माण हुने भएको छ । नेपाल
ट्रष्टको २०६७ साल भाद्र १५ गतेको संचालक समितिले सो जग्गामा पार्क बनाउने
निर्णय गरेपछि यसलाई कार्यान्वयनमा ल्याउने भएको ट्रष्टका उपसचिव
बिरेन्द्रबहादुर बाँनियाले बताउनुभयो । पार्कमा के के राख्ने ? र कसरी
व्यबस्थित गर्ने भन्नेबारेमा अध्ययन भईरहेको उहाले बताउनुभयो । पार्कलाई
कसरी व्यबस्थित गर्ने भन्नेबारे कन्सल्टेण्डलाई खटाईएको र त्यहाँबाट
रिपोर्ट आए लगत्तै पार्क निर्माण कार्य थालनी गर्ने योजना रहेको ट्रष्टले
जानकारी दिएको छ ।
पार्क
निर्माण भएपछि यसलाई भाडामा संचालन गर्न दिएर रकम संकलनको माध्यम समेत
बनाइृने भएको छ । ट्रष्टका नाममा रहेको जग्गा शिक्षा र स्वास्थ्य क्षेत्रका
बाहेक अन्यकार्यमा प्रयोग गर्न नपाईने ट्रष्टको ऐनमा उल्लेख भए अनुसार
यहाँ जे संरचना बने पनि शिक्षा र स्वास्थ्यका लागि मात्र सदुपयोग हुने
बताईएको छ । सरकारले अन्तराष्ट्रिय स्तरको तरकारी बजार स्थापना गर्न
मध्यपुरथिमिको मनोहरामा छुट्याईएको जग्गामा सुकुम्वासी बस्ती बसेपनि त्सलाई
हटाउन नसकेको कृषि तथा सहकारी मन्त्रालयले उक्त जग्गा तरकारी बजार बनाउनका
लागि निःशरल्क रुपमा माग गरेको ट्रष्टले जानकारी दिएको छ । यो जग्गामा
नेपाल सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरेले भने यो जग्गामा
अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न सरकारले तयारी गरेको
बताउनुभयो । ट्रष्टले सम्मेलन केन्द्र बनाउने प्रारम्भिक कुरा र्भपनि
त्यसमा निर्णय नभएको जानकारी दिएको छ ।
विरेन्द्र
शाहको कान्छा छोरा एवं तत्कालिन युवराज निराजन शाहका लागि दरबार बनाउँन
तत्कालिन राजा बिरेन्द्रले प्रारम्भिक कार्य समेत शुरु गरिसकेको सो जग्गा
दरबार हत्याकाण्ड पछि नारायणहिटी दरबारको नाममा ल्याईएको थियो । आ.
ब.२०६२/०६३ मा भएको जनआन्दोलनबाट लोकतन्त्र बहाली पछि जनताको हितमा प्रयोग
गर्ने गरि राजपरिवारको नाममा रहेको सम्पति नेपाल ट्रष्टको माताहातमा
ल्याईएको थियो । नेपाल ट्रष्टमा ल्याए लगत्तै यो जग्गालाई बिभिन्न पार्टी,
संघसंस्था र निकायले आँखा गाड्न थालेका थिए । भक्तपुर नगरपालिकाले ख्वप
विश्वविद्यालय र अस्पताल स्थापना गर्न सरकारसंग सो जग्गा माग गरेको छ ।
नगरपालिकाले जिल्लामा ख्वप कलेज, ख्वप ईन्जिनियरिङ कलेज, ख्वप पोलिटेक्निक र
ख्वप उच्च मावि गरि चारवटा कलेज संचालन गर्दै आएकोमा ख्वप विश्वविद्यालय
संचालन गर्ने तयारीमा जुटेको छ ।
नगरपालिकाले
बिश्वबिद्यालय र मेडिकल कलेज संचालनका लार्गिै सरकारसंग दुईबर्ष अघिदेखि
यो जग्गा पाउँनु पर्ने माग गर्दै आएको छ । ख्वप कलेज व्यवस्थापन समितिका
अध्यक्ष प्रेम सुवालले सर्वसाधरणको लागि सस्तोमा पढाई हुनेगरि
बिश्वबिद्यालय र मेडिकल कलेज स्थापना गरेर डाक्टरी पढाई शुरुगर्ने तयारी
रहेकाले यसका लागि सल्लाघारीको ९९ रोपनी जग्गा पाउँनु पर्ने बताउनुभयो ।
बिगतमा भक्तपुर कै बासिन्दाबाट यो जग्गा लिएकाले अहिले भक्तपुरकै
बासिन्दाको बिकासका लागि यो जग्गा कलेजले पाउनुपर्ने तर्क उनिहरुको छ । यता
मदनभण्डरी स्र्पोटस एकेडेमीले भने यो जग्गामा अन्त्तराष्ट्रिय स्तरको
रंगशाला स्थापना गर्न माग गरेको छ । एकेडेमील यो जग्गामा रंगशाला स्थापना
गर्न माग गर्दै सरकारसंग प्रस्ताव अघि सारेकोछ ।
देशमा
हालसम्म पनि अन्तराष्ट्रिय स्तरको रंगशाला नभएकोले मदन भण्डारी फाउण्डेसनका
भक्तपुर अध्यक्ष शशीजंग थापाले सो जग्गामा रंगशालानिर्माण गर्न माग गर्दै
प्रस्ताव गरेको बताउनुभयो ।
रंगशाला बनेमा भक्तपुरको मात्र नभएर देशकै विकास एवं पहिचानमा हुने उनको
दाबी छ । यता भक्तपुर जिल्ला खेलकुद विकास समितिले समेत यो जग्गा
अन्तराष्ट्रिय स्तरको खेल मैदान नै बनाइृनु पर्ने माग गरेको छ । भक्तपुरमा
खेल मैदानको अभाव भएकाले यो जग्गालाई खेल मैदान अर्थात रंगशाला बनाउन सके
सिंगो भक्तपुरको विकाससंगसंगै देशमा समग्र खेलको समेत विकासमा ठूलो टेवा
पुग्ने समितिका अध्यक्ष सुनिल गोठेवासुले बताउनुभयो । नेपाल ट्रष्टको
मातहतमा रहेको सो जग्गामा उपत्यका कै ठूलो बसपार्क बनाउनु पर्नै बिभिन्न बस
व्याबसायीहरुले माग गर्दै आएका छन् । बसपार्कको ठूलो अभाब भएकाले यो
जग्गामा बसपार्क बनाएमा बसपार्कको समस्याबाट मुक्त हुनसकिने ब्यबसायीको ठहर
रहेको छ ।
तर
ब्यापारीहरुले भने यो जग्गामा सरकार आफैले ठूलो ब्यापारीक कम्प्लेक्स
बनाउनुपर्ने बताएका छन् । भक्तपुरमा यस्ता ब्यापारीक कम्प्लेक्स नभएकाले
सुबिधा सम्पन्न अन्तराष्ट्रिय स्तरको ब्यापारिक कम्प्लेक्स बनाउन सके समग्र
भक्तपुरको बिकास हुने ब्यापारीहरुको ठहर रहेको छ । ऐनमा यो जग्गा लिजमा
दिन सकिने र यहाबाट आएको रकमले शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गर्न
सकिने प्रावधान समेत छ । तर जनताको यो सम्पत्तिमा जसले आखा गाँडे पनि
आमनागरिकले प्रतक्ष्य रुपमा फाईदा लिन सक्ने कार्यमा प्रयोग गर्न सक्ने गरि
सरकारले निर्णय गर्नुपर्ने स्थानियको भनाई छ ।