Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label life. Show all posts
Showing posts with label life. Show all posts

के तपाइँलाइ थाहा छ ? कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ! जान्नुहोस ......


पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ । अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्–

बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।

आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।

असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।

कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन्
। सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।

मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।

पुष : पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।

फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।

चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

टमाटर खानुहोस रोगहरुबाट बच्नुहोस

हामीले प्रायजसो हरेक तरकारी हरु पकाउदा होस यात खाजा हरु पकाउदा होस त्यसमा टमाटर को प्रयोग गर्ने गर्दछौ । स्वादका लागी मिठो मानेर खाईने टमाटर स्वादका लागी मात्र होईन स्वास्थ्यका लागी पनि निकैनै फाईदाजनक हुने गरेको एक तथ्य बाहिर आएको छ । स्वास्थ्यका लागी पनि अझ महिलाहरुको लागी अती उपयोगी हुने बातईएको छ । दिनहुँ  गोलभेडाको सेवन गर्नाले महिला हरुमा हुने स्तन क्यान्सर को खतरा कम हुने गर्दछ । न्युजर्सी रटगर यूनिवर्सिटीका अनुसार  सधै खानामा गोलभेडाको प्रयोग गर्नाले महिला हरुको शरीरमा उत्पादन हुने हार्मोन्समा सकारात्मक प्रभाब पर्ने भएको कारण यस्ले महिला हरुको स्तन क्यान्सरका साथै मोटोपन र मधुमेह रोग नियन्त्रणमा समेत सहयोग पुग्ने तथ्य बाहीर आएको छ । 

पुतली छोए आँखाको ज्योति गुम्ला है…

बत्तीमा झुम्मिरहेका सेता पुतली राम्रो लाग्यो भन्दैमा हातले टिप्ने गल्ती नगर्नुहोला । त्यस्तै पुतलीको सम्पर्कबाट आँखाको ज्योतिसमेत गुम्ने सापु रोगका विरामी राजधानी लगायत देशका विभिन्न जिल्लामा ठूलो संख्यामा भेटिएका छन् ।

butterflyतिलगंगा आँखा अस्पतालमा मात्रै भदौयता १५ जनाभन्दा बढी यस्ता विरामी भर्ना भइसके । तीमध्ये पाँच जनाको मात्रै उपचारपछि सुधार भइरहेको छ । आधाभन्दा बढीको ज्योतिनै गुमेको तिलगंगाकी सापु विशेषज्ञ डा. अनु मानन्धरले बताइन् । बिरामीमध्ये अधिकांश बालबालिका रहेको नागरिक दैनिकमा खबर छ ।
 
 
पुतलीका पखेटा र शरीरबाट झर्ने सेता झुस आँखाको सम्पर्कमा आएर यो रोग सल्किन्छ । चिप्रा नखाए पनि आँखा रातो भएर आउँछ । विस्तारै आँखाको कालो भागमा पिप भरिन थाल्छ । त्यसपछि पूरै पिप भरिन्छ । यसले आँखाको पर्दा र नसा लगायत महत्वपूर्ण भागमा असर पुर्‍याउँछ । उपचार गर्न आएका मध्ये धेरैको भित्री भागसम्म रोग फैलिसकेको थियो । केहीमा अघिल्लो भाग र रेटिनामा मात्रै असर थियो । यस्ता खालका पुतली असोजदेखि मंसिरसम्म बढी देखिन्छन् ।

How to Read Hand Lines and Hand Shapes


आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा ब्लड टेस्टले थाहा हुने


यदि तपाइँ आफु कति बर्ष बाच्दछु भन्ने थाहा पाउन चाहनुहुन्छ, वा तपाइँको उमेर बढ्ने गति के होला अर्थात तपाइँ कहिले बुढो हुनुहुनेछ भन्ने कुरा थाहा पाउन चाहनु हुन्छ भने अब छिट्टै यो कुरा सम्भव हुने भएको छ । एक सामान्य प्रकारको ब्लड टेस्टले तपाइँका यी सबै प्रश्नका जवाफहरू दिनेछ ।यस ब्लड टेस्टमा टेलोमिअर्सको खोजीको आधारमा मानिसको वायोलोजिकल उमेर के हुनेछ भन्ने कुरा पत्ता लाग्नेछ । यो टेस्ट छिमेकी मुलुक भारतमा यसै बर्षदेखि शुरू हुन लागेको बताइएको छ । टेलोमिअर्स त्यो प्रोटेक्टिभ क्याप्स हुन जुन क्रोमोजोम्सको अन्तमा पाइने गरिन्छ ।वैज्ञानिकहरूका अनुसार यिनीहरूको लम्बाइको आधारमा कुनैपनि व्यक्तिको जैविक उमेर पत्ता लगाउन सकिन्छ ।
वैज्ञानिकहरूले यस क्रममा कुनैपनि व्यक्तिको साना टेलोमिअर्सको जाँचबाट त्यस व्यक्तिको बढ्नो उमेरका साथै शरिरमा आउने परिवर्तनहरूका साथै शारिरीक रोगहरूको बारेमा समेत पत्ता लगाउन सकिने बताएका छन् । यस खोजका लागी सन २००९ मा नोबेल पुरस्कार समेत दिइसकिएको छ । यस ब्लड टेस्टले गर्दा मानिसहरू आफ्नो स्वास्थ्य प्रति सजग हुने बताइएको छ । किनभने मानिसहरूले आफ्नो कोशिका (सेल्स) हरू कति स्वस्थ्य छन् र आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा थाहा पाउनेछन् । यस ब्लड टेस्टले ती टेलोमिअर्सको लम्बाइ थाहा पाउन सकिनेछ जुन लम्बाइका आधारमा मानिसको उमेर थाहा पाउन सकिन्छ ।   एजेन्सी