Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label plane. Show all posts
Showing posts with label plane. Show all posts

किन आयो अमेरिकी सैन्य विमान नेपालमा ?

काठमाडौ, असोज ३ – अमेरिकी वायु सेनाको एयर फोर्स विमान पहिलो पटक नेपाल आएको छ ।भारतको दिल्ली हुँदै अमेरिकी वायुसेना एयर फोर्स विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
American Airforce
अमेरिकी दूतावासका लागि आवश्यक सामग्री लिएर एयर फोर्स नेपाल आएको नेपाली सेनाले पुष्टी गरेको छ ।
नेपाली सेनाका लागि कुनै सामग्री लिएर आएको होइन नेपाली सेनाका प्रवक्ता जगदिश पोखरेलले भन्नुभयो ‘रक्षा र परराष्ट्र मन्त्रालयलसँग समन्वय गरेर दूतावासकै सामान लिएर अमेरिकी वायु सेना एयर फोर्स विमान काठमाडौ आएको हो ।’ यो भन्दा सानो एयर फोर्स पहिले पनि आउने गरेको वताउँदै प्रवक्ता पोखरेलले यति ठूलो एयर फोर्स नेपाल आएको पहिलो पटक नै भएको बताउनुभयो ।
एयर फोर्स दुई घण्टा नेपालको विमानस्थलमा रहने र फेरि दिल्लीनै फर्कने प्रवक्ता पोखरेलले वताउनुभयो । यसबारे अमेरिकी दूतावासले भने केही जानकारी दिएको छैन ।

Source:- ujyaaloonline

Capture from my mobile


Photo : Laxman

प्रेमीलाई भेट्न हवाईजहाज भाडामा

अमेरिकी मोडल तथा पपगायिका निकोल सर्जिङ्गरले आफ्नो प्रेमी भेट्न विमान नै भाडामा लिएकी छिन्। आफ्ना प्रेमी तथा तीव्र गतिका कार चालक लेविस हेमिल्टनलाई ग्रान्ड पिक्स रेसका दौरान भेट्न तथा घुम्न मोटो रकम तिरेर विमान भाडामा लिने क्रममा उनले द एक्स फ्याक्टरबाट प्राप्त ७५ हजार पाउन्डको अधिकांश हिस्सा खर्च गरेकी छिन्। पूसी क्याट एल्बमकी गायिका निकोल हेमिल्टनसँगको आफ्नो प्रेम सम्बन्धलाई प्रगाढ बनाउन विमानमा उनीसँग अबुधावी तथा ब्राजिलसम्म पुग्नेछिन्। पछिल्लो महिना लेविस केही महिलासँग देखिएपछि उनीहरूबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो, तर सम्बन्धमा रहेको चिसोपन हटाएर लेविससँगको प्रेमसम्बन्धलाई पुनः तताउने सुरमा निकोलले हवाईजहाज नै भाडामा लिएकी हुन्।

नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट बच्यो

पोखरा । जोमसोमबाट पोखराका लागि उडेको नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटना हुनबाट बचेको छ । उक्त विमान जोमसोमको धावन मार्गमै पल्टिएको थियो । विमानको पांग्रा भाँचिएर विमान पल्टिएको प्रहरीले जनाएको छ । विमानस्थलमा खाल्डा परेको र उड्न लाग्दा विमानको पांग्रा भाँचिएर पल्टिएको बताइएको छ । विमानमा रहेका चालकदलका ६ सदस्यसहित १८ जना यात्रुहरु भने सकुसल रहेका छन् । विमान पल्टिएर अवरुद्ध भएको विमानस्थल अहिले सुचारु भएको छ । रनवेमा रहेको विमानलाई सुरक्षाकर्मीको सहयोगमा रनवेबाट बाहिर ल्याइएको थियो । चार बर्ष अघि पनि सोही विमान सहचालकलाई परिक्षण गर्न दिनेक्रममा धावनमार्ग बाहिर दुर्घटना भएको थियो ।

काठमाडौँ विमानस्थलमा पाइलटबिना जहाज अवतरण!

शील भट्टराई, काठमाडौं, असोज १६ - मुलुकको उड्डयन इतिहासमै पहिलोपटक 'स्याटेलाइट' मा आधारित भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गराइएको छ। यसरी अवतरण गराउँदा पाइलटको कुनै काम हुँदैन। जहाजमा २ सय यात्रु थिए। यहाँको विमानस्थल र कतारबाट अनुमति पाएपछि यो प्रणालीबाट जहाज अवतरण गरेको हो।

त्रिभुवन विमानस्थलमा सोमबार बिहान साढे ८ बजे कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज स्याटेलाइटमा आधारित 'नेभिगेसनल' प्रणालीबाट सफल अवतरण गरेको हो।

'६ वर्षको निरन्तर प्रयासपछि बल्ल यो प्रणालीबाट जहाज अवतरण गराउन सफल भयौं,' विमानस्थलका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, 'यसबाट जहाज र यात्रु सबैभन्दा बढी सुरक्षित हुन्छन्।'

उनका अनुसार जहाजमा 'रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स-अथोराइजेसन रिक्वायर्ड' (आरएनपी-एआर) कम्प्युटर प्रणाली जडान गरेपछि स्याटेलाइटबाट प्राप्त निर्देशनअनुसार जहाज आफैं आरामसाथ अवतरण गर्छ।

'विमानस्थलमा अवतरण गर्नु केही मिनेटअघि जहाजलाई आरएनपी-एआर प्रणालीमा राखेपछि पाइलटहरू आरामसँग बसे हुन्छ,' ती अधिकारीले भने, 'पाइलटले केही गर्नुपर्दैन, दायाँ, बायाँ, अगाडि कतै हेर्नुपर्दैन, मौसम कस्तो छ, जहाजको गति, उचाइबारे पाइलटले चिन्तै लिनुपर्दैन। यात्रुले त झन् डराउनै पर्दैन, यसबाट उडान सुरक्षा बढेको छ।'

सम्बद्ध एक अधिकारीका अनुसार बाक्लो कुहिरो लागेर मौसम खराब भएर 'भिजिबिलिटी' कम भएका बेला पनि यो प्रणालीबाट सहजै जहाज अवतरण गर्न मिल्छ। अन्तर्राष्ट्रिय उडान गर्ने मध्यम किसिमका जहाजलाई यहाँ अवतरण गर्न २ हजार ८ सय मिटर र त्यसभन्दा ठूला जहाजलाई ३ हजार २ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने त्रिभुवन विमानस्थलको नियम छ।

जहाजको ककपिटभित्र बसेका पाइलटले सिधा अगाडि हेर्दा जति सफा देख्छन्, त्यसलाई भिजिबिलिटी भनिन्छ। विमानस्थलको नियमअनुसार अन्तर्राष्ट्रिय जहाज अवतरण गर्ने बेला मध्यमखाले जहाजका पाइलटले सिधा अगाडि २ हजार ८ सय मिटर र ठूलाले ३ हजार २ सय मिटर सफा देख्नैपर्छ। त्यसपछि मात्र अवतरण गर्न सकिन्छ।

'अब त्यति धेरै होइन, जम्मा १ हजार मिटर भिजिबिलिटी भए पनि जहाज आरामसँग अवतरण गर्छ,' ती अधिकारीले भने, 'यसका लागि टावरमा भएका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले स्याटेलाइट प्रणालीमा अवतरण गर्न आइरहेका जहाजलाई सहज वातावरण बनाइदिनुपर्छ।'

उनका अनुसार एटिसीले त्यसरी जहाज आउने बाटोमा अन्य जहाजलाई जान दिनु हुँदैन। बाँकी काम आरएनपी-एआर यन्त्रले आफैं गर्छ। 'भेरी हाइ फ्रिक्वेन्सी ओम्नी डिरेक्सन रेडियो रेन्जेज' (भिओआर) र 'डिस्ट्यान्स मिजरिङ इक्विपमेन्ट' (डिएमई) यन्त्रले काम नगरे पनि यो प्रणालीबाट अवतरण गर्न सकिन्छ।

भिओआरले जहाजलाई दिशानिर्देश गर्छ भने डिएमईले विमानस्थलबाट जहाजको दुरीबारे जानकारी दिन्छ। दुवै यन्त्रले पूर्व, पश्चिम, उत्तर वा दक्षिण कुन दिशामा जाँदा विमानस्थल धावनमार्ग भेटिन्छ भन्ने जानकारी जहाजलाई दिन्छ।

'काठमाडौंबाट करिब १५ मिनेट दुरीमा रहेको सिमरा माथि आइपुगेपछि नयाँ प्रणालीबाट अवतरण गर्न सकिन्छ,' उनले भने, 'त्यहाँबाट कम उचाइ र कम भिजिबिलिटी भए पनि आरामसँग जहाज आफैं आउँछ। पाइलटले केही गर्नुपर्दैन। सिधा आउन समस्या भए बांगोटिंगो बाटोबाट पनि जहाज आउँछ। डाँडामाथिबाट उड्दा जहाजको अग्लाइ २ हजार फिट हुनुपर्ने भए पनि अब आधा कममै आउँछ। आकासमै होल्ड गर्नुपर्दैन भने डाइभर्ट गरेर अन्तै अवतरण गर्न जानु पनि गर्नुपर्दैन।'

विमानस्थलका अनुसार यहाँ उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका ७० प्रतिशत जहाजमा यस्तो यन्त्र जडित छ। हाल ३२ कम्पनीका जहाजले यहाँ उडान गरिरहेका छन्। कतार एयरवेजले अनुमति पाएपछि अन्यले पनि यसमा चासो दिइरहेका छन्। संसारका धेरै विमानस्थलमा यो प्रणालीबाट जहाज अवतरण गराइन्छ। यो प्रणाली आन्तरिक उडान गर्ने साना जहाजमा भने हुँदैन।

त्रिभुवन विमानस्थलमा प्रमुख सिजनका बेला आन्तरिक र अन्तर्राष्ट्रिय गरी औसत दैनिक ४ सय ५० तथा सामान्य अवस्थामा औसत दैनिक २ सय ५० उडान-अवतरण हुने गर्छ।

सीता एयरको विमान दुर्घटना, १९ यात्रुको निधन

काठमाडौंबाट सोलुको लुक्लाका लागि उडेको सीता एयरको 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट उडे लगत्तै दुर्घटना भएको छ । विमानमा सवार सबै १९ जनाको निधन भएको छ । बिहान ६ बजेर १७ मिनेटमा उडेको विमान ६ बजरे १८ मिनेटमा विमानस्थल नजिकै लोकन्थली मनहरा खोला छेउमा दुर्घटना भएको हो । 

विमानमा आकाशमै आगो लागेको प्रत्यक्षदर्शीले बताएको छ । विमानमा रहेका १९ जना सबैको निधन भएको छ । विमानमा ७ बेलायती, ५ चिनियाँ र ३ चालकदलसहित ७ जना नेपाली थिए ।

विमानको पछिल्लो भाग बाहेक सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय तन्डुकार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । विमानमा केही खराबी भएर वा चरासंग ठोक्किएर दुर्घटना भएको हो बारे अनुसन्धान भइरहेको छ । चालक तन्डुकारले त्रिभुवन विमानस्थल टावर (एटिसी) संग कुरा गर्दै जहाज चरासंग ठोकिएर अनियन्त्रित भएको जानकारी दिएका थिए । यसबाहेक थप कुनै पनि कुरा हुन नपाउँदै विमान दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले बताए ।
 
लुक्ला जान लागेको जहाज धावनमार्गको केन्द्रबाट झण्डै ५ सय मिटरको दुरीमा पुनः विमानस्थल फर्काउने क्रममा खसेको थियो । वरीपरि बस्ती भएकाले चालकले जहाजलाई कम क्षति हुनेगरी मनोहरा नदीमा अवतरण गर्ने प्रयास गरेको देखिएको सुमनले बताए । नजिकै सुकुम्बासी बस्ती र नदिवारी काठमाडौं वडा नम्बर ३५ मा पर्ने पाल्पाकोट बस्ती छ । विमानमा यात्रु बाहेक १ सय ५० किलो ब्यागेज थियो । घट्नाबारे बुझ्न दुर्घटनास्थमा बिहानैदेखि हजारौं सर्वसाधारणको ताँती लागेको छ । यो जहाजको दुर्घटनासंगै सीता एयरसंग अब २ वटा डोर्नियर मात्र बाँकी छ ।