Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label Friends. Show all posts
Showing posts with label Friends. Show all posts

महिलाले गोप्य राख्ने र खुलासा गर्न हिच्किचाउने ५ कुराहरु

महिलाहरुलाई बुझ्नै नसकिने अपारका प्राणीका रुपमा कतिपयले चित्रित गर्ने गरेका छन् । हुन पनि महिलाहरुका कतिपय आनीबानीहरु बुझ्नै नसकिने किसिमका हुन्छन् । त्यसैले महिलाका अनौठा आनीबानीहरुकाबारेमा विभिन्न अध्ययन र अनुसन्धानहरु समेत बेलाबेलामा हुने गरेका छन् । यसै सिलासिलामा महिलाहरुले राख्ने गोपनियताकोबारेमा हालै एक अनुसन्धान भएको छ । एक सर्बेले हालै महिलाले गोप्य राख्ने र खुलासा गर्न हिच्किचाउने विषयमाथि गहिरो अनुसन्धान गरेको छ ।

एकल र सामुहिक रुपमा गरिएको उक्त सर्बेले पत्ता लगाएका महिलाले कहिल्यै सार्वजनिक नगर्ने ५ विषयलाई उसले हालै सार्वजनिक गरेको छ । यसरी महिलाले कहिल्यै सार्वजनिक नगर्ने त्यस्ता पाँच गोपिनयताको यहाँ चर्चा गरिएको छः

१. रोमान्सका कुराःमहिलाले कहिल्यै पनि आफुले विगतमा गरेका कुरा आफ्ना केटा साथीलाई सुनाउँदैनन् । केटीहरुले यसरी विगतमा गरिएका आफ्ना रोमान्सका मात्र होइन,सामान्य खालका फनि अनुभवहरु पनि साट्न चाहँदैनन् । किन त ? एक अध्ययनका अनुसार महिलाहरु आफ्ना बास्तविक छवि खुल्ने भय(डर)का कारण यस्ता कुरा आफ्ना केटा साथीसँग गरेर आफ्नो कमजोरीका बारेमा अवगत गराउन चाहँदैनन् । प्रायः केटीहरुले आफ्ना विगतका रोमान्सका रमाइला घटना भन्दा आफ्ना कमजोरी पाटो खुल्न सक्ने र केटा साथीले आफ्नो कमजोरी पत्ता लगाएर नराम्रो ठान्न सक्ने चिन्ताले उनीहरुलाई प्रायः सताउने गरेको छ । त्यसैले उनीहरु आफ्नो चरित्रमाथि उव्जन सक्ने प्रश्नको ख्याल राख्दै यस्ता विषयमा प्राय नखुल्ने गरेको अनुसन्धानपछि दावी गरिएको छ ।

२.केटी साथीबीच हुने कुराकानीका प्रसंगः तपाईले कहिल्यै केटीहरुबीचमा कस्ता कुरा हुन्छन् भनेर आफ्नी प्रेमीकासँग सोध्नु भएको छ ? यदि छैन भने अब भेलेर पनि यस्ता विषयमा आफ्ना केटी साथीसँग जिज्ञासा राख्ने कमष्ट नगर्नु होला किनकी यस्ता जिज्ञासामा तपाइले सही जवाफ पाउन सक्ने सम्भावना अति नै क्षिण हुन्छ । एक सर्बेका अनुसार केटीहरुले कहिल्यै पनि केटीसाथीवीचमा भएको कुराकानीबारे सही बताउँदैनन् । एक अनुसन्धानका अनुसार केटीहरुले कहिल्यै गोपनियता भंग नगर्ने मध्येको अर्को महत्वपुर्ण कुरा भनेको केटा साथीको उपस्थितीबिनै केटीहरुबीचमा हुने अन्तरंग कुराकानी पनि एक हो । उनीहरुले यस्ता कुराकानीमा भएका प्रसंग उप्काउँदा समग्र महिलाका कमजोरी कै बारेमा पुरुष साथीले थाहा पाउन सक्ने डरका कारण नभन्ने गरेको उल्लेख छ ।

३. पुर्वप्रेमीका बारे : भनिन्छ,लज्जा महिलाको गहना हो । हुन पनि महिलालाई लज्जाको प्राकृतिक स्वभावगत गहना अति नै सुहाएका हुन्छ । प्राकृतिक आनीवानीको कारण पनि हुन सक्छ पुरुषका लागि महिला स्वभावतः बढि नै चामत्कारिक र रहस्यमयपुर्ण लाग्छन्,तिनले देखाउने आनीबानीका कारण ।यही स्वभावगत विशेषताका कारण गोपनियता भंग नगर्ने केटीहरुले आफ्ना पुर्वप्रेमीका बारेमा बताउने कुरा त अझै कल्पना सम्म पनि नगरे हुन्छ । उनीहरुले कहिल्यै पनि आफ्नो केटा साथीलाई पुर्वप्रेमीसँगको प्रेम,रोमान्स र सेक्सलगायतका कुुराहरु कहिल्यै पनि बताउँदैनन् ।

४.आफन्तबारेः केटीले मौनता साध्ने अर्को विषय हो,आफन्त । उनीहरुले दिदी,आमा,बुवाले आफ्नो काममा पुर्याउँने सामान्य अवरोभबाहेक उनीहरु र अन्य आफन्तको चारित्रिक विषयमा आफ्ना केटा साथीलाई केही बताउन चाहँदैनन् । यि बाहेक केटीहरुले यौनवारे पनि आफ्ना केटासाथीसँग कमै खुलेर कुरा गर्छन् । पुर्विय सभ्यतामा त प्राय केटीहरु यस्ता कुरामा छलफल गर्न हिच्किचाउने भइहाले । तर विकशित भनिएको पश्चिमा संस्कृतिमा हुर्किएका केटीहरु पनि खुलेआम रुपमा यस्ता विषयका बोल्न र आफ्ना कुरा राख्न जलाउँछन् ।

५.  श्रृङगार सामग्रीः महिलाले रहस्यको गर्भमै लुकाएर राख्ने अर्को महत्वपुर्ण कुरा हो,उनीहरुले श्रृङगारका लागि प्रयोग गर्ने श्रृङगार सामग्री । यदि तपाईले आफ्नी केटी साथी कसरी यति धेरै सुन्दर भइन भनेर जान्न चाहनु भयो भने तपाईको यो प्रयास निरर्थक हुनेछ,किनकी तपाईलाई हरेक कुरा दिन तयार रहने उनले यो विषयमा स्पष्ट पार्न त परै जाओस्,बोल्न समेत हिँच्किचाउने छिन् । अध्ययनका अनुसार महिलाले आफ्ना श्रृङगार सामग्रीका बारेमा केही पनि नवताउनुमा आँफैप्रतिको विश्वासको संकटका साथै स्वभावगत लज्जाले पनि काम गरेको हुन्छ ।

MC_Training Picnic
















फेसबुकमा जसको धेरै साथी उसलाई धेरै तनाब !

फेसबुकमा जसको धेरै साथी उसलाई धेरै तनाब !
एजेन्सी, मंसिर १३ । फेसबुकमा तपाईंका कति ‘साथी’ छन ? धेरैजसो मानिसहरुको मानसिकता भनेको फेसबुकमा धेरै भन्दै धेरै साथी होउन् भन्ने नै हुन्छ । तर, केही त्यस्ता व्यक्ति पनि हुन्छन्, जसले सिमित साथी मात्रै बनाएका हुन्छन् ।

तर, फेसबुकमा जसको धेरै साथीहरु छन्, उसलाई ज्यादा तनाब हुने देखिएको छ । फेसबुकमा धेरै साथीहरु हुनेलाई ज्वरो आउने, निन्द्रा नलाग्ने जस्ता समस्याहरु देखापर्ने खुलेको हो ।

बेलयातमा हालैको एक रिपोर्टले यस्तो देखाएको हो । रिपोर्टमा खुलाइएको छ कि मानिसहरु आफ्नो लोकप्रियताका लागि फेसबुकमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई ‘एड’ गर्छन् । जब साथी संख्या बढ्दै जान्छ, तब अपमानति हुने अवस्था पनि थपिदै जान्छ ।

त्यस्तै जसको फेसबुक अकाउन्टमा साथी बाहेक पारिवारका सदस्यहरु पनि जोडिएका हुन्छन्, उनीहरु बढी तनाबमा हुन्छन् । मानिसहरुमा यस्तो तनाब भने फेसबुक प्रयोगकर्ताहरुले पोष्ट गर्ने आपत्तिजनक फोटो, असभ्य शब्दहरु नै हुन् । जसको धेरै साथी हुन्छन्, त्यस्ता व्यक्तिको एकाउन्टमा यस्ता हरकत बढी हुन्छ ।

त्यस्तै उक्त रिपोर्टको मूख्य कुरा भनेको यसरी तनाब ब्यहोर्नेमा ती व्यक्तिहरु बढी हुन्छन्, जसको नयाँ साथीहरुको साथमा निकै पुराना साथीहरु पनि फेसबुक ‘फ्रेन्ड’मा हुन्छन् । जसले गर्दा व्यक्तिका कयौं पुराना ‘गोप्य’ कुराहरु खुलासा हुने सम्भावना ज्यादा हुन्छ र ब्यतित जिन्दगीका छापहरु वर्तमानमा पर्ने सम्भावना रहन्छ ।

यसबाहेक परिवारका सदस्यहरु फेसबुक ‘लिस्ट’मा हुनाले व्यक्तिहरु अप्ठ्यारोमा पर्छन् । उनीहरुलाई लाग्छ कि परिवारका सदस्यहरुले उनीहरुमा निगरानी गरिरहेका छन्, जसले समेत तनाब बढाउने काम गरेको छ ।

बेलायतमा फेसबुकका ३ सय व्यक्तिहरुमा गरेको अध्ययनबाट यो रिपोर्ट तयार पारिएको हो । जसमा औसत २१ वर्षका व्यक्तिहरु सामेल भएको जनाइएको छ ।

After long time with Anjana & Aleesha




अब फेसबुकबाटै साथीलाई उपहार

फेसबुक अनलाइन व्यापारमा प्रवेश गरेको छ । फेसबुकले यस्तो अनलाइन सेवा सुरु गरेको छ जसबाट प्रयोगकर्ताले आफ्ना प्रियजनलाई केवल शव्द मात्र होइन साँच्चीकै उपहार पठाउन सक्नेछन् । फेसबुकले सुरु गरेको गिफ्ट नामक अनलाइन सेवाबाट तपाइँले आफ्नो साथीलाई चाहेको उपहार पठाउन सक्नुहुनेछ । बिहिबार अमेरिकामा लञ्च भएको यो सेवा यो महिनाभित्रैमा अझै परिस्कृत भएर अन्य देशमा पनि लागु गरिने फेसबुकले बताएको छ । अमेरिकी फेसबुक प्रयोगकर्ताले यो सेवाको उपयोग गर्दै आफ्ना साथीलाई फेसबुकमार्फ उपहार पठाउन थालेसँगै अर्को महिनादेखि नै गिफ्ट सेवालाई परिस्कृत गरिँदै लगिनेछ । फेसबुकमार्फ साथीलाई उपहार पठाउन प्रयोगकर्ताले आफ्नो फेसबुक फ्रेन्डको फेसबुक पेजमा गएर गिफ्ट नामको आइकनमा क्लिक गर्नुपर्नेछ । प्रयोगकर्ताको फेसबुक पेजको दायाँ भागमा यो आइकन देखिनेछ जसमा साथीको बर्थडे, विवाह तथा अरु महत्वपूर्ण इभेन्टका बारेमा समेत जानकारी दिइनेछ । जस्तै यदि तपाइँको साथीको जन्मदिन दुइदिन पछि आउँदैछ भने उक्त साथीको नाम र तस्वीर सँगै त्यहाँ गिभ हर ए गिफ्ट नामको लिंक तथा गिफ्ट आइकन देखापर्नेछ । उक्त आइकनमा क्लिक गरेपछि साथीलाई फेसबुकमार्फ दिन सकिने विभिन्न उपहारको लिष्ट आउनेछ । जस्तै कार्ड, चकलेट, कपकेक, गुडिया आदि । त्यसपछि उक्त उपहार प्राप्त गर्ने व्यक्तिलाई फेसबुकमार्फ नै आफ्नो खास ठेगाना खुलाउन आग्रह गरिन्छ । कतिपय अवस्थामा प्रापकलाई मन पर्ने उपहार छनोट गर्ने तथा उपहार साटेर अर्को सामान लिने सुविधा पनि प्राप्त हुन्छ । यो कदम इ कमर्शमा प्रवेश गर्ने फेसबुकको पहिलो कदमको रुपमा लिइएको छ । यस्तो उपहार आदानप्रदानमा उपहार प्रदान गर्नेको बैंक अकाउण्ट मार्फ पैसा तिरिन्छ र फेसबुकले उक्त उपहार वापतको सामानको बिक्रिको केही मुल्य कमिशन बापत लिनेछ । फेसबुकले अनलाइन मार्फ आदानप्रदान गर्न सकिने केही उपहारको सूचि समेत बनाएको छ । त्यसमा आइसक्रिम, फूल, खेलौना लगायतका रहेका छन् ।

LUVRAIN