Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label chath. Show all posts
Showing posts with label chath. Show all posts

छठ पर्वको तयारी शुरु

दीपावली पर्वको समापनसँगै छठ पर्व हर्षोल्लासका साथ मनाउन विराटनगरमा तयारी सुरु भएको छ ।

मङ्सिर ३ र ४ गते मनाइने छठ पर्व–२०६९ का लागि पोखरी, नदी तथा नहरको धारमा सरसफाइ, रङ्गरोगन, स्वागतद्वार बनाउने, रङ्गीविरङ्गी विद्युत् वल्ब लगाउने, ढाट बनाउनेजस्ता कार्यहरू आजबाट सुरु भएको छ ।

यसका लागि मोरङको विराटनगरलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा पूजा समिति निर्माण गरी सामूहिकरुपमा छठ पर्व मनाउने कार्य सुरु भएको पाइएको छ ।

यसै सन्दर्भमा विराटगरको सिङ्घीया खोलामा छठ पूजा समारोह समिति गठन गरी भव्य तयारी भइरहेको समितिका महासचिव एवम् पत्रकार दिनेश साहले जानकारी दिएको राससले उल्लेख गरेको छ ।

सो खोलामा विभिन्न सङ्घसंस्थाले करिब रु दुई लाखको लागतमा २१ वटा स्वागतद्वार, छठ पूजा स्थानमा खानेपानी व्यवस्था, सूचना घर, एम्बुलेन्स तथा आकस्मिक उपचार सेवाको समेत व्यवस्था भइरहेको उहाँले बताउनुभयो ।

त्यहाँ आयोजना हुने पूजामा करिब एक लाखको सहभागिता रहने अनुमान गरिएको छ । सो स्थानमा विगत लामो समयदेखि छठ पूजा समिति गठन गरी छठ पूजा मनाइने गरिएको छ ।

विराटनगर–१५ र ७ को केसलिया खोला र रानी, कटहरी, रङ्गेली, नयाँ बजारलगायतका क्षेत्रमा रहेको खोला, नदी तथा पोखरीलगायत जलाशयमा छठ पूजा गर्ने गरिएको छ ।

हाल विराटनगर बजारमा छठ पर्वको लागि आवश्यक लत्ताकपडा, माटोको भाँडा, तथा दियो, केरा, केराउलगायतका पूजन सामग्री खरिद बिक्री भइरहेको छ ।

यस पर्वमा अस्ताउँदो सूर्य तथा उदाउँदो सूर्यलाई विभिन्न पूजन सामग्रीबाट जलमा अर्घ दिई उभिएर पूजा गरिन्छ ।

 दुई दिन मनाइने भएकाले छठको घाटमा रातभरि विभिन्न धार्मिक भजनकीर्तिन तथा सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।