मोडलबाट बलिउड नायिका बन्ने क्रममा रहेकी पूनम पाण्डे आफ्नो जीरो फिगरका
लागि सधैं सतर्क रहन्छिन्। फिगरलाई मेन्टेन गर्न खानपिनमा विशेष ध्यान
दिन्छिन्। मोडलिङसम्मलाई त उनको स्लिम फिगरले साथ दिइरहेकै थियो, तर
चलचित्र 'नशा' मा नायिकाका रूपमा काम गर्न थालेपछि उनले बाध्यतावश आफ्नो
तौल बढाउनुपरेको छ। चलचित्रको आफ्नो चरित्रको मागअनुसार पूनम अहिले ६
किलोग्राम मोटाएकी छिन्। भनिन्छ, चलचित्रका निर्देशक अमित सक्सेनाले
पूनमको तौल बढाउन सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो। निर्देशक सक्सेना
पूनमको शरीरलाई थप कामुक देखाउनका चाहन्थे, त्यसका लागि उनी केही मोटाउनु
आवश्यक थियो। निर्देशकलाई भारतीय दर्शकले जीरो फिगरका नायिका मन
पराउँदैनन् भन्ने थाहा छ। तौल बढाउन पूनमले जंक फुड खाइन्। हेर्दा-हेर्दै
उनी ६ किलोग्राम मोटाइन्। मोटाएपछि पूनम पहिलेभन्दा थप सुन्दर देखिएको
बताइन्छ।
wooden console table
1 month ago