मोडलबाट बलिउड नायिका बन्ने क्रममा रहेकी पूनम पाण्डे आफ्नो जीरो फिगरका
लागि सधैं सतर्क रहन्छिन्। फिगरलाई मेन्टेन गर्न खानपिनमा विशेष ध्यान
दिन्छिन्। मोडलिङसम्मलाई त उनको स्लिम फिगरले साथ दिइरहेकै थियो, तर
चलचित्र 'नशा' मा नायिकाका रूपमा काम गर्न थालेपछि उनले बाध्यतावश आफ्नो
तौल बढाउनुपरेको छ। चलचित्रको आफ्नो चरित्रको मागअनुसार पूनम अहिले ६
किलोग्राम मोटाएकी छिन्। भनिन्छ, चलचित्रका निर्देशक अमित सक्सेनाले
पूनमको तौल बढाउन सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो। निर्देशक सक्सेना
पूनमको शरीरलाई थप कामुक देखाउनका चाहन्थे, त्यसका लागि उनी केही मोटाउनु
आवश्यक थियो। निर्देशकलाई भारतीय दर्शकले जीरो फिगरका नायिका मन
पराउँदैनन् भन्ने थाहा छ। तौल बढाउन पूनमले जंक फुड खाइन्। हेर्दा-हेर्दै
उनी ६ किलोग्राम मोटाइन्। मोटाएपछि पूनम पहिलेभन्दा थप सुन्दर देखिएको
बताइन्छ।
नयाँ प्रविधि
सीपीयु (CPU) बिनाको कम्प्युटर हामी सोच्न पनि सक्दैनौं तर केही समयअघि एउटा कम्प्युटिंग डिभाइस बजारमा आएको छ जसको प्रयोगले सीपीयूबिना पनि कम्प्युटर चलाउन सकिन्छ। त्यो पनि एक जना मात्र नभै २ वा २ भन्दा बढी प्रयोगकर्ता ले यसको प्रयोग गर्न सक्नेछन् जसले सीपीयूको मूल्य घटाउँछ र अन्ततः कम्प्युटरको मूल्य झन्डै-झन्डै ५० प्रतिशतले घट्नेछ। अर्को महत्वपूर्ण कुरा यसको प्रयोगमा हार्ड डिस्कको आवश्यकता पर्दैन, किनभने सम्पूर्ण डाटा सर्भरमा स्टोर हुन्छ। अर्को कुरा प्रयोगकर्ताको महत्वको हिसाबले एप्लिकेसनहरूमा प्रतिबन्ध पनि लगाउन सकिन्छ। यसको प्रयोग भएका कम्प्युटरहरूमा अपडेटको पनि आवश्यकता पर्दैन। अपडेट सर्भरमा मात्र आवश्यक हुन्छ। यो एप्लिकेसनले सबै प्रकारका मल्टिमिडिया, फ्ल्यास तथा इन्टराक्टिभ अडियो एप्लिकेसनहरूलाई सपोर्ट गर्छ।
यसलाई विशेष गरेर शैक्षिक संस्था तथा अन्य संस्था जहाँ धेरै कम्प्युटर प्रयोग भएका छन्, ती कम्प्युटर नेटवर्कमा प्रयोग गर्न सकिन्छ। यसले मूल्यमा ५० प्रतिशतले कटौती मात्र नगरी नेटवर्कलाई सुरक्षित एवं चुस्त पनि बनाउँछ। अर्को विशेषता भनेको यो प्लग एन्ड प्ले डिभाइस हो, अर्थात् यसलाई आफूले चाहेको बेलामा सर्भरमा कनेन्ट गरेर आवश्यकता पूरा भएपछि निकाल्न सकिन्छ।
अन्य विशेषताहरू
कम्पेटिबल अर्थात् कुनै पनि सिस्टममा प्रयोग गर्न सकिने।
मूल्यमा ५० प्रतिशतले कटौती।
एउटा डिभाइसमा ३० जनासम्म प्रयोगकर्ता राख्न सकिने।
हरेक प्रकारका थ्रिडी तथा मल्टिमिडिया एप्लिकेसन प्रयोग गर्न सकिने।
यसको विस्तृत जानकारी www.ieconcopts.in बाट प्राप्त गर्न सकिन्छ।
Subscribe to:
Posts (Atom)








