Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label free sms. Show all posts
Showing posts with label free sms. Show all posts

मोबाइल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू




मोबाइल फोनको खतरनाक पक्षकै कारण त्यसलाई प्रयोग नै नगर्ने भनेको होइन। यसको प्रयोग आवश्यक परेको बेलामा होसीयारीपूर्वक मात्र  गर्नुपर्छ।

मोबाइल फोनको प्रयोग त्यति बेला मात्र गरौ जब यसको आवश्यकता पर्छ। अनावश्यक समयमा मोबाइल फोन चलाउने बानी ठीक होइन,  यसलाई भरसक आफ्नो शरीरभन्दा टाढा राख्नुपर्छ।

इन्टरनल एरिएल भएको सेटलाई आफ्नो टाउको नजिक बढी समयसम्म नराखौ। बढी विकिरण हुने एसएआर मोबाइलबाट बचौं र बढी  समय ब्याट्री खप्ने मोबाइल फोन मात्र खरिद गरौं। गुणस्तरका बारेमा जानकारी नभएका सञ्चारसम्बन्धी साधनहरूको खरिद-बिक्री तथा  प्रयोग नगरौं।

मोबाइल प्रयोग निषेध लेखिएका ठाउमा मोबाइल प्रयोग गर्नुहुँदैन। माइक्रोवेब टावर तथा बिजुलीका ठूला उपकरणको नजिक मोबाइल फोनको  प्रयोग खतरनाक हुन्छ। मोबाइल फोनको सेटलाई पानीबाट जोगाउनुपर्छ। मोबाइलमा पानी पसे सट सर्किट भएर विस्फोट हुनसक्छ। नेटवर्कका  लागि प्रयोग गर्ने टावरहरूबाट विकिरण वा हानिकारक तरंगहरू आउने हुनाले यसलाई केहीँ वस्तुले छोपेर राखौं।

चार्जिङ गरिरहेको बेला मोबाइल फोन तात्यो भने सावधान हुनुपर्छ। यदि त्यसो हो भने तुरुन्त चार्जबाट निकालेर प्रविधिकलाई देखाउनुपर्छ।  बढी तापक्रम भएको ठाउँमा मोबाइल राख्नु हुँदैन। चलिरहेको कम्प्युटर, ल्यापटप वा टेलिभिजन सेटमाथि मोबाइल राख्नु खतरनाक हुन्छ। भो ल्टेज अनियमित छ तथा पावर प्लग ठीक छैन भने मोबाइल चार्ज गर्नुहुँदैन। यस्तो बेला मोबाइल सर्ट भएर झिल्का आउँछ।

मोबाइल बाट फ्री मा SMS पठाउने Software

लिखित सन्देश -(एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने हालै एउटा सफ्टवेयरको विकास भएको छ जसको माध्यमवाट निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका सवीर भाटियाको कम्पनी ज्याक्सटर इंकले उक्त सफ्टवेयर हालै सार्वजनिक गरेको हो। सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर भाटियाले हटमेल बनाएका थिए। पछि उक्त हटमेल बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई बेचिएको थियो। तिनै भाटियाले मोबाइलको संसारमा नयाँ क्रान्ति ल्याएका हुन्। निःशुल्क एसएमएस पठाउन मिल्ने 'ज्याक्स्टर एसएमएस' नामको उक्त सफ्टवेयर हालै मुम्बईमा सार्वजनिक गरियो। निःशुल्क एसएमएसको विकासलाई मोबाइल सेवा प्रदायक कम्पनीले कसरी लिनेछन्,यो अर्कै कुरा हो। यद्दपि ज्याक्सटर एसएमएसले विश्वका करिब दुई सय देशका सेवाग्राहीलाई प्रभावित बनाउनेछ। ज्याक्सटर एसएमएस कुनै पनि मोबाइल फोनमा प्राप्त गर्न सकिनेछ। सन्देश प्राप्त गर्ने मोबाइलधनीसँग यो सफ्टवेयर हुन आवश्यक छैन। त्यसो त यो यस्तो सफ्टवेयर हो, जसका लागि प्रयोगकर्ताले कुनै इन्टरनेट एप्लिकेसन डाउनलोड गरिरहनु पर्दैन।आइफोन,एन्ड्रोइड,ब्ल्याकबेरी जस्ता मोबाइल प्लेटर्फममा यो सफ्टवेयर सजिलै डाउनलोड गर्न सकिन्छ।भाटियाले भनेका छन्- '१५ वर्षअघि हामीले विश्वलाई हटमेल उपहार दिएका थियौं, आज ज्याक्सटर एसएमएस दिँदैछौं।' यो sotware download गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस /