Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label eye. Show all posts
Showing posts with label eye. Show all posts

पुतली छोए आँखाको ज्योति गुम्ला है…

बत्तीमा झुम्मिरहेका सेता पुतली राम्रो लाग्यो भन्दैमा हातले टिप्ने गल्ती नगर्नुहोला । त्यस्तै पुतलीको सम्पर्कबाट आँखाको ज्योतिसमेत गुम्ने सापु रोगका विरामी राजधानी लगायत देशका विभिन्न जिल्लामा ठूलो संख्यामा भेटिएका छन् ।

butterflyतिलगंगा आँखा अस्पतालमा मात्रै भदौयता १५ जनाभन्दा बढी यस्ता विरामी भर्ना भइसके । तीमध्ये पाँच जनाको मात्रै उपचारपछि सुधार भइरहेको छ । आधाभन्दा बढीको ज्योतिनै गुमेको तिलगंगाकी सापु विशेषज्ञ डा. अनु मानन्धरले बताइन् । बिरामीमध्ये अधिकांश बालबालिका रहेको नागरिक दैनिकमा खबर छ ।
 
 
पुतलीका पखेटा र शरीरबाट झर्ने सेता झुस आँखाको सम्पर्कमा आएर यो रोग सल्किन्छ । चिप्रा नखाए पनि आँखा रातो भएर आउँछ । विस्तारै आँखाको कालो भागमा पिप भरिन थाल्छ । त्यसपछि पूरै पिप भरिन्छ । यसले आँखाको पर्दा र नसा लगायत महत्वपूर्ण भागमा असर पुर्‍याउँछ । उपचार गर्न आएका मध्ये धेरैको भित्री भागसम्म रोग फैलिसकेको थियो । केहीमा अघिल्लो भाग र रेटिनामा मात्रै असर थियो । यस्ता खालका पुतली असोजदेखि मंसिरसम्म बढी देखिन्छन् ।

कसरी बुझ्ने युवतीको यौन अपिल ?

साँच्चैभन्दा युवतीहरूको यौन अपिल बुझ्न निकै गाह्रो छ । तर, युवतीको यौन अपिल बुझ्नुभयो धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ ।

त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वत: लज्जित हुन्छे । खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की–फर्की हेर्न थाल्छे । र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे । यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो ।
यहीलाई फ्लो गरियो भने केटीहरू पट्निेमा द्विविधा छैन । किनभने जतिसुकै व्यस्त महिला भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्त्व दिँदैनन्, ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् । त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन । यदि कुनै युवती र तपाईं दुईजना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ । युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन ।

राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ । तर खुट्टा फारेर बसेकी छे । देव्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ

पुतलीले बिगार्छ आँखा

तपाईंका नानीहरू चिमको उज्यालोमा मडारिने पुतलीसँग जिस्किन्छन् ? त्यसो भए उनीहरूलाई राति देखिने पुतली -टसक मथ) सँगबाट जोगाउनुस् । आँखा सुकेर ज्योति गुम्ने रोग अर्थात् सिजनल हाइपर एक्युट पान युभिआइटिस -सापु) हुनुको कारण यस्तै पुतलीसँगको चलखेल रहेको नेत्र चिकित्सकहरू बताउँछन् । यो मौसम सापुको हो भन्दै उनीहरूले राति देखिने पुतलीसँग नजिकिनबाट बालबालिकालाई जोगाउन सावधानी गराएका छन् । यस्तै पुतलीसँग चलखेलको विगत भएका २२ जना दृष्टि नै गुम्नसक्ने संक्रमणमा परेर तीन सातायता तिलगंगा आँखा अस्पतालमा भर्ना भएका छन् । तीमध्ये तीन जना शुक्रबारमात्रै त्यहाँ पुगेका हुन् । भर्ना भएमध्ये हालसम्म आठ जनाका आँखाले मात्र तीव्र प्रकाशको संवेदना अनुभव गर्छन् । अर्थात्, उनीहरूका लागि दृष्टि गुमे जस्तै भएको छ । सापु रोग एक वर्ष बिराएर असोजदेखि मंसिरसम्म नेपालमा देखा पर्नेगरेको छ । दुई वर्षअघि सापुका २४ वटा केस देखिएका थिए । तिलगंगा अस्पतालका अनुसार तीमध्ये ११ जनाको दृष्टिमा सुधार देखिएको थियो । १३ जनाले आँखाको ज्योति सधैंका लागि गुमाए ।
'सापुका धेरैजसो बिरामी ३ देखि १० वर्षसम्मका बालबालिका छन्,' तिलगंगाकी युभिआइटिस विशेषज्ञ र सापुबारे अध्ययनरत डा. अनु मानन्धरले भनिन्, 'रोग लाग्नेबित्तिकै आउनेहरूमा उपचार परिणाम राम्रो पाएका छौं, उनीहरूको दृष्टि पूर्णरूपमा गुम्नबाट जोगिएको छ ।' उनका अनुसार हाल यस्ता केसमा नयँू एन्टिभाइरल उपचार पनि थपिएको छ । एउटा आँखामा मात्र देखिने र संक्रमणको २४ घन्टाभित्रै दृष्टि गुम्नसक्ने खतरा हुने यो रोग नेपालमा मात्रै पाइएको छ । संक्रमित हुनेहरू ११ महिनादेखि ६६ वर्षसम्मका छन् । तिलगंगामा भर्ना भएकाहरू काठमाडौं, सिन्धुपालचोक, धादिङ, काभ्रे, दैलेख, मकवानपुर, दोलखा, रोल्पालगायतका छन् । तत्काल उपचार गरिँदासमेत ढिलो गरी अस्पताल पुगेका संक्रमितको पूर्ण दृष्टि हालसम्म फर्काउन सकिएको छैन । आँखा रातो हुनु, दुख्नु, डिलहरू सुन्निनु, दृष्टिमा कमी, आँखाको नानीको तल्लो भागमा पीप देखिनु र संक्रमणको २४ घन्टापछि ज्योति गुम्न थाल्नु यो रोगका प्रमुख लक्षण हुन् । यो रोग लागेपछि आँखाको भित्री भागमा संक्रमण भएर पिप भरिन्छ । 'राति देखिने पुतलीको सम्पर्कबाट जोगिनु सापुबाट बच्ने सबैभन्दा राम्रो उपाय हो,' तिलगंगाका मेडिकल डाइरेक्टर डा. सान्दुक रुइटले भने, 'पहिलो संक्रमणपछि पनि दृष्टि बचाउन गार्‍हो छ ।' उनका अनुसार शंका लागे तुरुन्त नजिकको आँखा केन्द्रमा गइहाल्नुपर्छ । सापु रोग वा इन्डोफ्थाल्माटस यस्ता पुतलीको पखेटामा भएको सिसाको धूलो जस्तै कण आँखामा गएपछि हुने धेरै जसो नेत्र चिकित्सकको धारणा छ । 'सर्लाहीबाट आएका ६६ वषर्ीय रोगीको आँखाभरि झुस थियो,' डा. मानन्धरले सुनाइन्, 'अर्को केसमा रोगीले पुतलीसँग सम्पर्क भएको विगत नबताए पनि उनको आँखाको नानीमा पुतलीको झुस देखियो ।' तिलगंगा पुर्‍याइएका ११ महिने शिशुको छेउमै मरेको पुतली भेटिएको थियो । 'गाउँमा राति देखिने थुप्रै पुतली भए पनि म सम्पर्कमा परें/परिनँ, थाहा छैन,' तिलगंगामै उपचाररत रामेछाप खनियावानी गाविसकी दुर्गा मानन्धरले कान्तिपुरसँग भनिन् । तर उनको संक्रमित आँखामा पनि पुतलीको झुस देखिएको थियो । हाल आँखा पाक्ने रोग -कन्जङटिवाइटिस) पनि देख्ने गरिएको र यसको लक्षण सापु जस्तै हुने भएकाले पीडितले तुरुन्त नेत्र चिकित्सकको सल्लाह लिन आवश्यक रहेको डा. मानन्धरले बताइन् । यो रोगको निदान अन्तर्गत छिटोभन्दा छिटो शल्यक्रिया गरिए आँखाको ज्योति आंशिक रूपमा फर्किन्छ । उपचार नभए केही दिनमै बिरामी अन्धो हुन्छन् । ३२ वर्षअघि यस्तै पुतलीसँग प्रत्यक्ष सम्पर्कमा रहेका पोखराका १३ जनाको त्यसको ६ साताभित्रै एकतिरको ज्योति गुमेको थियो । तीमध्ये ९ जना १० वर्षमुनिका थिए । त्यसताका वषर्ायामको अन्ततिर पोखरामा ६ सातासम्म राति देखिने सेतो पुतलीको संख्यामा असाध्यै वृद्घ िभएको थियो । त्यसताका पोखराका ती रोगीको उपचारमा संलग्न नेत्र रोग विशेषज्ञ प्राडा ओमकृष्ण मल्लले भने, 'त्यति बेला पीडित नानीहरू पुतलीको सम्पर्कमा आएका थिए ।' हाल काठमाडौं मेडिकल कलेजमा नेत्र रोग विभागका प्रमुख रहेका मल्लका अनुसार सापु रोग पुतलीसँगै सम्बन्धित र एलर्जी वा रियाक्सन जस्तै रहेको बताए । 'संक्रमण देखिएको एक घन्टाभित्रै रेटिना शल्यचिकित्सकलाई देखाउनुपर्छ,' उनले भने, 'तर यस्तो सुविधा विराटनगर, भैरहवा र काठमाडौंमा मात्र उपलब्ध छ ।' स्वास्थ्य मन्त्रालयद्वारा सन १९७८ मा आयोजित अन्धोपन निवारणसम्बन्धी पहिलो राष्ट्रिय गोष्ठिमा समेत डा. मल्लले सापु रोगबारे कार्यपत्र प्रस्तुत गरेका थिए, जसमा राति देखिने पुतली नै यसको कारण रहेको उल्लेख छ । पुतली र सापु रोगबीचको सम्बध कोट्याउन स्वदेश र विदेशमा समेत प्रशस्त अध्ययन भएका छन् । तर तिनले यो रोगको कारण पुतली हो/होइन, किटान गर्नसकेका छैनन् । तर नेपालमै भएका थप अध्ययनहरूमा भने सापुको सम्बन्ध राति देखिने पुतलीसँगै रहेको ठोकुवा गरिएको छ । काठमाडौं विश्वविद्यालयको मेडिकल जर्नलमा करिब ६ वर्षअघि प्रकाशित डा. आरएन बैन्जु, एससी राई, डा. ई प्रधान र वाइडी सापकोटाको अनुसन्धान पत्रमा प्रयोगशालामा प्रमाणित नभए पनि सापु रोग राति देखिने पुतलीको संख्यामा वृद्घ िभए लगतै पाइने गरेको उल्लेख छ । उक्त अनुसन्धानपत्रमा सम्बन्धित रोगी कुनै न कुनै प्रकारले राति देखिने पुतलीको सम्पर्कमा रहेको उल्लेख गर्दै लेखिएको छ, 'हामी यो रोग राति देखिने पुतलीसम्वद्घ रहेको कुरा दृढरूपमा महसुस गर्छौं ।'