एक दक्षिण
कोरियाली अदालतले प्याटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकी एप्पल
तथा स्वदेशी सामसुङका उत्पादनमाथि देशमा आंशिक प्रतिबन्ध लगाएको छ । दुबै
कम्पनीले एक अर्काको प्याटेन्ट अधिकार हनन गर्ने काम गरेको ठहर गर्दै
अदालतले यस्तो फैसला गरेको हो । एप्पलले सामसुङले लिएका दुइ वटा प्याटेन्ट
अधिकार उल्लंघन गरेको तथा सामसुङले एप्पलले लिइसकेको एउटा प्याटेन्ट अधिकार
उल्लंघन गरेको अदालतको ठहर छ ।
अदालतको
फैसलासँगै अब दक्षिण कोरियामा एप्पलको आइफोन थ्री जिएस, आइफोन फोर,
आइप्याड तथा आइप्याड टू को बिक्रिमा रोक लाग्नेछ । त्यस्तै सामसुङका
ग्यालेक्सी एसआइ, एसआइआइ, ग्यालेक्सी ट्याब तथा ग्यालेक्सी ट्याब १०.१ माथि
पनि दक्षिण कोरिायली बजारमा प्रतिबन्ध लाग्नेछ । साथै अदालतले एप्लललाई ३५
हजार तथा सामसुङलाई साढे १७ हजार अमेरिकी डलर जरिवानाको फैसला समेत
सुनाएको छ ।
स्मरण रहोस् एप्पल र सामसुङबीचको प्याटेन्ट अधिकार सम्बन्धी विवाद अमेरिकाको अदालतमा पनि विचाराधिन छ ।
महिला अधिकारकर्मीहरुका लागि एउटा खुसीको खवर छ । अब बच्चा नजन्मियोस भनेर अनेक खाले गर्भ निरोधक औषधि खाने जिम्मा पुरुषको भाग पनि पर्न सक्ने देखिएको छ । बैज्ञानिकहहरुले पुरुष गर्भनिरोधक औषधी निर्माण नजिक पुगेको बताएका छन जसको मुसामा सफल परिक्षण भइसकेको छ । हाल महिलाका लागि गर्भ निरोधकऔषधि उपलब्ध भएपनि पुरुषका लागि छैन् । सेल नामक पत्रिकामा छापिएको अमेरिकी अध्ययनअनुसार उक्त औषधिले मुसाको यौन क्रियामा कुनै असर परेन भने प्रजनन क्षमता अस्थायी रुपमा रोकिएको छ । पुरुष गर्भनिरोधक औषधिको मानिसमा परिक्षण हुन भने बाँकी छ ।
बैज्ञानिकहरुका अनुसार अध्ययन निकै उत्साहवर्द्धक छ । पुरुषका लागि गर्भनिरोधक औषधि नभएका कारण पनि ठूलो संख्यामा अनियमित गर्भधारण हुन गरेको तथ्य पत्ता लागेपछि बैज्ञानिकहरु औषधी निर्माणमा जुटेका थिए । बैज्ञानिकहरुका अनुसार रगतको माध्यमबाट पुरुषको अण्डकोषमा जाने औषधि निर्माण गर्नु भने निकै चुनौतिपूर्णर् छ । डाना-फार्बर क्यान्सर डिन्स्टीच्युट एण्ड बाइलर कलेज अफ मेडिसिनमा अमेरिकी शोधकर्ता ‘जेक्यू १’ नामक औषधिको परीक्षण गरिरहेका छन् । यो औषधि प्रटोनको उक्त तत्वलाई मात्र नियन्त्रण गर्छ जुन अण्डकोषमा मात्र पाइन्छ र शुक्रकिट उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । औषधि परिक्षण गरिएको मुसाको अण्डकोष सुक्दै गयो र शुक्रकिट कम उत्पादन हुन थाल्यो भने केही प्रजनन क्षमता समेत गुम्यो । औषधी प्रयोग गर्नु अघि भने उक्त मुसाको प्रजनन क्षमता सामान्य थियो र बच्चा उत्पादन हुँदै आएको थियो । शोधकर्ताहरुले यसलाई पुरुषका लागि पनि गर्भनिरोधक औषधि निर्माण गर्न सकिने संकेतका रुपमा लिएका छन् ।
परीक्षा
नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १७ गते देखि २४ गते सम्म संचालन
गरेको प्रवेशिका अर्थात एसएलसी पूरक परीक्षाको नतिजा यहि भाद्र महिनाको
अन्तिम सातासम्म प्रकाशित गर्ने भएको छ । मुलुकभरबाट
एकलाख २४ हजार परीक्षार्थी सहभागी उक्त परीक्षाको परीक्षाफल भदौको अन्तिम
सातासम्ममा प्रकाशित गर्ने तयारीमा कार्यालय रहेको कार्यालयका उपनियन्त्रक
अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो । कार्यालयले
गत चैत्त ७ गते देखि १६ गते सम्म संचालन गरेको एसएलसी परीक्षामा बढीमा दुई
विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीकालागि मौका परीक्षाका रुपमा पूरक
परीक्षा संचालन गरेको हो । परीक्षामा सबभन्दा बढी गणित विषयमा, त्यसपछि अंग्रेजी र विज्ञान विषयमा परीक्षा दिने परीक्षार्थी रहेका छन् ।