सोनीले यी हेडफोनको एमडीआर १,
एमडीआर–१० आर एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३ को भारतमा लन्च गरेको हो। पछिल्लो
पटक सोनी, सामसुङ लगायतका स्मार्ट फोन कम्पनीहरुले भारतलाई केन्द्र बनाउन
थालेका छन्, यसैको पछिल्लो उदाहरण सोनी हो। एमडीआर १ र एमडीआर–१० आरको
मुल्य २४ हजार पर्ने छ। एमडीआर १ हेडफोनमा एडभान्स फिचर्स जस्तै बीट
रेस्पोन्स कन्ट्रोल, डिजिटल नोइज कन्ट्रोल, डिजिटल इकोलाइजर र इम्प्लीफायर
राखिएको छ।
एमडीआ–१० आरको कम्पनीले डिजिटल ब्लुटुथ हेडफोनको रुपमा
लन्च गरेको छ। एनडब्ल्यूजेड–डब्ल्यूएच३०३ लाई थ्री इन वन हेडफोनको रुपमा
प्रयोग गर्न सकिन्छ। यसको तीन अलग अलग मोड म्यूजिक प्लेयर, स्पीकर र
हेडफोनको रुपमा प्रयोग गर्न सकिन्छ। कम्पनीले एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३को
मूल्य १४५०० तोकेको छ।
Showing posts with label Tablet. Show all posts
Showing posts with label Tablet. Show all posts
Now Upgrade to 3G absolutely free...
12:55 PM
3g, Computer, connect, election, electricity, free, Intertentment, intresting, Iphone, IT, Mobile, network, NTC, smartphone, Tablet, tips, walkman, water
No comments
सोनीको थ्री इन वन हेडफोन
8:21 PM
celebrated, ericsson, fablet, game, intenet, intresting, Ipad, Iphone, Mobile, sony, Tablet, technology
No comments
नयाँ दिल्ली–सोनीले एड्भान्स
फिचर्स सहित तीन नयाँ हेडफोन लन्च गरेको छ। जस मध्ये एक हेडफोनको प्रयोग
तीन कामको लागी गर्न सकिन्छ। अर्थात सोनीले थ्री इन वन हेडफोन ल्याएको छ।
म्युजिकका सौखिनका लागि सोनीको यो नयाँ हेडफोन निकै उपयोगी छ। यो हेडफोनको
प्रयोग स्मार्टफोन, ट्याब्लेट, फैवलेटमा प्रयोग गर्न सकिन्छ।
यस्तो छ सामसुङको ग्यालेक्सी एस ४
5:48 PM
adroid, galaxy, Intertentment, intresting, Iphone, live, Mobile, navigation, nepali model, network, operating, s 3, s 4, samsung, sim, smartphone, sms, Tablet
No comments
न्युयोर्क, चैत २ (एजेन्सी) - प्रविधि क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा
रहेको सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ४ बिहीबार राति न्युयोर्कमा
सार्वजनिक गरिएको छ। सामसुङको यो नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो
मोडल अर्थात् एस ३ भन्दा खासै फरक देखिँदैन। तर यसमा सुविधाहरु थपिएका छन् र
आकारप्रकारमा पनि सामान्य परिवर्तन गरिएको छ।
के छ नयाँ?
एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्क्रिन छ। स्मार्टफोनमा
यस्तो सुविधा दिने एस ४ पहिलो हो। पुरानो मोडलभन्दा यो अलि अग्लो भए पनि
पातलो र हलुका छ। यसको बाहिरी संरचना प्लास्टिकबाट बनेको छ।
एक्जिनोस ५ वा क्वालकम स्न्यापड्रागन एस ४ प्रो प्रोसेसरसहितको यो
स्मार्टफोनमा २ जीबीको र्यारम हुनेछ। १६,३२ वा ६४ जीबीको स्टोरेज मोडलमध्ये
छान्न पाइनेछ। साथमा एस सिरिजका मोबाइलमा अघि नभएको माइक्रो एसडी कार्ड
स्लट पनि यसमा हुनेछ।
फोटोमा नयाँ सुविधा
स्मार्टफोनमा धेरै प्रयोग हुने एउटा सुविधा क्यामेरा हो। यसैलाई ध्यानमा
राख्दै एस४ ले फोटोमा नयाँ सुविधाहरु दिएको छ। उदाहरणका लागि इरेजर मोडले
धेरै वटा फोटो खिच्ने, त्यसपछि आफै ब्याकग्राउन्ड मोसन बुझेर हटाइदिने काम
गर्छ। डुअलसटले एकै पटक अगाडि र पछाडिका क्यामेराले फोटो खिच्न सक्छ।
ड्रामासटले फोटोको शृङ्खला खिची त्यसलाई एउटैमा ओभरल्याप गर्न मिल्छ।
उदाहरणका लागि कुनै मान्छे उफ्रँदै गर्दाको विभिन्न चालका फोटो एउटै फोटोमा
देख्न सकिनेछ। त्यसैगरी सिनेमा फोटो पनि रमाइलो छ। यसमा शृङ्खलावद्ध फोटो
खिची फोटोको एउटा भागलाई चल्ने बनाउने र बाँकी जस्ताको तस्तै अडिने बनाउन
मिल्छ। उदाहरणका लागि असनको भिडमा एक युवती हिँड्दै गरेको, बाँकी सब
अडिरहेको गर्न मिल्छ।
छुनै पर्दैन
ग्यालेक्सी एस ४ मा एन्ड्रोइड ४.२.२ सफ्टवेयर राखिएको छ। गुगलको मोबाइल
अपरेटिङ सिस्टमको यो सबैभन्दा पछिल्लो संस्करण हो। सन्देश र इमेल निश्चित
भाषाबाट निश्चित भाषामा अनुवाद गर्ने सुविधा यसमा छ। अहिलेलाई नेपालीमा
अनुवाद गर्ने सुविधा भने छैन।
त्यसैगरी यसमा एयर जेस्चर्सको नयाँ सुविधा थपिएको छ। फोनलाई नछोइकनै
फोनमाथिबाट औँलाले दिएको इशारा फोनले बुझ्नेछ। मानौँ तपाईँ मोबाइलमा कुनै
पेज हेरिरहनुभएको छ र त्यसलाई पल्टाउन चाहनुहुन्छ भने नछोइकनै इशाराकै भरमा
गर्न सक्नुहुन्छ।
त्यस्तै स्मार्ट पज र स्मार्ट स्क्रोलको पनि सुविधा छ। मोबाइलमा कुनै
भिडियो हेरिरहनुभएको छ र बीचमा तपाईँको आँखा मोबाइलमा नभई अर्कै ठाउँतिर
भयो भने तपाईँले अर्कोतिर हेर्दा भिडियो रोकिनेछ र फेरि मोबाइलमा हेरेपछि
सुचारु। अहिलेलाई यो सुविधा परीक्षणका रुपमा यसमा राखिएको छ।
तपाईँको स्वास्थ्य निगरानी
२४ सै घण्टा तपाईँको साथमा रहने मोबाइललाई स्वास्थ्य निगरानी उपकरणका रुपमा
समेत उपयोग गर्न सकिन्छ कि भन्दै एस ४ ले महत्त्वाकांक्षी सुविधा थपेको छ।
एस हेल्थ नाममा यसले विभिन्न थप उपकरणसमेतको सहयोगमा तपाईँको वरपरको
वातावरण, तपाईँको एक्सरसाइज, तापक्रम आदि निगरानी गर्नेछ।
रिमोटका रुपमा मोबाइल
सामसुङको वाच अन एपसँग पेयर गरेपछि मोबाइललाई तपाईँ रिमोटका रुपमा समेत
प्रयोग गर्न सक्नुहुनेछ। ग्रुप प्लेका रुपमा एउटा अर्को सुविधा पनि रमाइलो
छ। ब्लुटुथ वा वायरलेस एक्सेस प्वाइन्टबिना नै एस ४ मोबाइलहरुमा एउटै गीत
सुन्न सकिन्छ। त्यसैगरी ग्रुप गेम पनि खेल्न सकिन्छ।
१५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ।
फोनवार्ता ट्रान्सलेट गर्ने अनौठो एप्स
बीबीसीका अनुसार छिट्टै अन्य भाषामा पनि यो सेवा उपलब्ध हुनेछ। टेलिफोन ट्रान्सलेसनको यो प्रविधिले टेलिफोन कुराकानीका क्रममा बो लिने आवाज सुनेर त्यसको अनुवाद गर्नेछ। जानकारहरूका अनुसार क्वाउड कम्प्युटिङ प्रविधिमा आधारित यो एप्सको प्रयोग कुनै पनि एन्ड्रोएड फोनमा गर्न सकिन्छ। प्रविधिका जानकार एवं यसका प्रयोगकर्ताहरू भने अनुवाद सटिक नभएका कारण यसलाई हरेक स्थानमा आधिकारिक रूपमा प्रयोग गर्न नसकिने बताउँछन्।
संसार बदल्ने तयारीमा
निकट भविष्यमै घरभित्र स्मार्ट टेलिभिजन र घरबाहिर स्मार्टफोनले अधिपत्य
जमाउनेछन्। यी उपकरण नै सर्वज्ञानी, सर्वगुणी र बहुप्रयोजनका उपकरण
हुनेछन्, जसमार्फत मानिसका अनेक इच्छा वा कल्पना साकार गर्न सकिनेछ। आगामी
२६ अक्टोबरका दिन माइक्रोसफ्ट कम्पनीले नयाँ अपरेटिङ सिस्टम विन्डोज ९
सार्वजनिक गर्दैछ। भविष्यमा यसले कम्प्युटर, नोटबुक (ल्यापटम) र ट्याब्लेट
पीसी मात्र नभै इन्टरनेटको सुविधा सम्पन्न स्मार्ट टेलिभिजनसमेत बनाउनेछ।
स्मास्र्ट टेलिभिजन आफैंमा स्वयं पनि कम्प्युटर, नोटबुक र ट्याब्लेट पिसी
हुनेछ। यसैगरी गुगल टेलिभिजन पनि -जसलाइ अहिलेसम्म कुनै नयाँ दुलहीजस्तो
गरी व्यापारी एवं विशेषज्ञहरूबीच मात्र देखाइने गरिएको छ) बर्लिनको
उपभोक्ता इलेक्ट्रोनिक प्रदर्शनीमा पहिलो पटक सार्वजनिक गरिएको थियो। यो
एउटा त्यस्तो सेट अप बक्स (रिसिभर वा कन्भर्ट) हो, जसले पारम्परिक
टेलिभिजनलाई इन्टरनेट सफिर्ङ गर्नलायक बनाउँछ। जसलाई इन्टरनेट सुविधायुक्त
स्मार्ट टेलिभिजनमा रुचि छैन, उनीहरूले भने यो बक्स किनेर अहिलेको डिजिटल
टेलिभिजनलाई कम्प्युटरका रूपमा समेत प्रयोग गर्न सक्नेछन्। कालो रङको यो
सानो बक्समा एन्ड्रोइड सफ्टवेयर (एप्स) पनि उपलब्ध हुनेछन्।
एप्पलको मिनी आइप्याड अक्टोबरमा
अमेरिकी कम्पनी एप्पलले आफ्नो लोकपि्रय उत्पादन आइप्याडको सानो आकारको संस्करण मिनी आइप्याड आउँदो अक्टोबरमा बजारमा ल्याउने भएको छ । अर्को महिना आइफोनको नयाँ संस्करण आइफोन ५ सार्वजनिक गर्न लागेको एप्पलले त्यसको दुइ महिनापछि आइप्याडको पनि नयाँ भर्सन ल्याउने तयारी गरिरहेको बुझिएको छ ।
एप्ललको मिनी आइप्याडमा ८ इन्चको
स्क्रिन हुनेछ । अहिलेको आइप्याडको स्क्रिन १० इन्चको छ । अहिलेको
आइप्याडको आकार केही ठूलो भएको गुनासो बढिरहनु तथा अमेजनको किन्डल फाएर,
गुगल नेक्सन सेभेन तथा सामसुङको ट्याब जस्ता छरिता ट्याब्लेटहरु बजारमा
आउनुले एप्पलमाथि आइप्याडको आकार घटाएर चिटिक्कको बनाउन दबाब परेको हो ।
आइफोनसँग डरायो सामसुङ, घटायो स्मार्टफोनको भाउ
एप्पलले हालै सार्वजनिक गरेको आइफोन ५ ले बजारमा तहल्का पिटेसँगै
प्रतिस्पर्धी कम्पनी सामसुङले आफ्ना स्मार्टफोनको मुल्य घटाएको छ । आइफोन ५
ले बिक्रिको सबै रेकर्ड तोड्ने लक्षण देखिएसँगै स्मार्टफोन बजारमा टिक्नका
लागि सामसुङले आफ्ना प्रडक्टको मुल्य घटाएको विश्लेषण गरिएको छ ।
आइफोन ५ लञ्च हुनु केही दिनअघि मात्र अमेरिका र बेलायतमा सर्भिस
कन्ट्राक्टका स्मार्टफोनको मुल्य घटाएको सामसुङले अहिले भारतीय बजारमा लागु
हुनेगरी आफ्ना ग्यालेक्सी स्मार्टफोन तथा ग्यालेक्सी नोटको मुल्य २ देखि ३
हजार भन्दा बढिसम्म घटाएको छ । सामसुङले आफ्नो पछिल्लो बहुचर्चित तथा
लोकपि्रय प्रडक्ट ग्यालेक्सी एस थ्री को मुल्य ३५ सय भारु घटाएर ३५ हजार ४
सय ९९ भारु कायम गरेको छ । यस्तै ग्यालेक्सी नोटको मुल्यमा ३ हजार घटाउँदै
२९ हजार ९ सय ९० भारु कायम गरिएको छ । यस्तै ग्यालेक्सी एस टू मा पनि २
हजार भारु मुल्य घटाइएको छ ।
यो सँगै सामसुङले आफ्नो आगामी प्रडक्ट ग्यालेक्सी नोट टू को पि्र अर्डर लिन
समेत सुरु गरेको छ । सामसुङले आइफोनतर्फ बढिरहेको उपभोक्ताको ध्यान
मोड्नका लागि आफ्ना प्रडक्टको मुल्य घटाएको भएपनि त्यसले एप्पलका फ्यानलाई
सामसुङका स्टोरसम्म कत्तिको तान्नसक्छ ? त्यो हेर्न भने बाँकी नै छ । onlinekhabar
८ घण्टामै आइफोन ५ ह्याक
अन्तराष्ट्रिय बजारमा तहल्का पिटिरहेको एप्पलको आइफोन ५ का विषयमा एउटा
अविश्वसनीय तथा दुखलाग्दो खबर बाहिर आएको छ ।
अमेरिकाको सन फ्रान्सिस्कोका एक ह्याकरले आइफोन ५ रिलिज भएको ८ घण्टामै
आफुले ह्याक गर्न सफल भएको दाबी गरेका छन् । ग्रान्ट पल नामका ती व्यक्तिले
एप्पलका आइओएस अपरेटिङ सिस्टम सफ्टवेयर बनाउने गरेको बताइन्छ । आइफोन ५
ह्याक गरेको कुरा उनले आफ्नो टि्वटर मार्फत सार्वजनिक गर्दै टि्वट गरेका
थिए, ‘जेलब्रोकन आइफोन ५ ।’
एप्पलको आइफोन तथा अन्य डिभाइस एप्पलकै अपरेटिङ सिस्टम तथा एप्पलले
स्विकृति दिएका अन्य सफ्टवेयरबाट मात्र चल्ने गर्छ । तर पलले एउटा यस्तो
तस्वीर टि्वटरमा पोष्ट गरेका थिए जसमा आफुले तयार पारेको तथा एप्पलले
स्विकृति नदिएको अर्कै एप्लिकेसन सफ्टवेयर सिडिया एप्लिकेसन आइफोन ५ मा
इन्स्टल गर्न सफल भएका छन् ।
आइफोनका यसअघिका संस्करण पनि ढिलोचाँडो यसरी नै ह्याक हुने र अवैध
सफ्टवेयरबाट चल्ने गरेका भएपनि आइफोन ५ बजारमा आएको ८ घण्टामै ह्याक
हुनुलाई निकै ठूलो घटना मानिएको छ । प्रविधि जगतले पलले आइफोन ५ ह्याक
गरेको भनी गरेको दाबी साँचो भएको पुष्टि गरेको छ । आइफोन ५ छिटै ह्याक भएको
खबरले आइफोनका पारखीहरुलाई अवश्य पनि पिर परेको हुनुपर्छ ।
Source : Onlinekhabar
अब हात बाट नै हुन्छ तपाई को मोबाइल चार्ज
| Xperia X10i |
तपाइको मोबाइलको ब्याट्री लो भयो ? चार्ज गर्न बिजुली छैन ? चिन्ता न लिनु
होस् ! केवल मोबाइल लाई आफ्नो हातमा राख्नुहोस , अनि केहि बेरमै मोबाइल
चार्ज हुन थाल्छ | साइन्टिस्ट हरुले एस्तो प्रबिधिको विकास गरेको दाबा
गरेका छन् जसले शारीरको गर्मिलाई करेन्टमा कन्बर्ट गर्छ |
मिडिया रिपोर्टका आनुसार , यो अनौठो खोज अमेरिकाको वेक फरेस्ट यूनिवर्सिटी को सेंटर फर नैनोटेक्नोलोजी एंड मोलिक्लुएर्स मिटीरियल्स को प्रोफेसर डेभिड क्यारोल र ग्रेजुयेट कोरे हेविट ले गरेका हुन् | क्यारोल का अनुसार , यसमा कम खर्च मै बिजुली बनाउने अनौठो तरिका हुन्छ | यो टेक्नोलोजी ज्यादा खर्चिलो पनि हुने छैन |
मिडिया रिपोर्टका आनुसार , यो अनौठो खोज अमेरिकाको वेक फरेस्ट यूनिवर्सिटी को सेंटर फर नैनोटेक्नोलोजी एंड मोलिक्लुएर्स मिटीरियल्स को प्रोफेसर डेभिड क्यारोल र ग्रेजुयेट कोरे हेविट ले गरेका हुन् | क्यारोल का अनुसार , यसमा कम खर्च मै बिजुली बनाउने अनौठो तरिका हुन्छ | यो टेक्नोलोजी ज्यादा खर्चिलो पनि हुने छैन |
कसरी काम गर्छ ?
रिसर्च टिमका अनुसार , शारीरको गर्मि लाई बिजुली मा बदल्न का लागि
नैनोटेक्नोलोजी को मदत बाट एकदमै पातलो कार्बन ट्युब लाई प्लास्टिक मा
राखिने छ र एस्लाई कपडा जस्तै बनाइने छ | बैज्ञानिक हरुले यसलाई “पावर
फेल्ट” नाम दिएका छन् |
एप्पल र सामसुङलाई दक्षिण कोरियामा प्रतिबन्ध
एक दक्षिण
कोरियाली अदालतले प्याटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकी एप्पल
तथा स्वदेशी सामसुङका उत्पादनमाथि देशमा आंशिक प्रतिबन्ध लगाएको छ । दुबै
कम्पनीले एक अर्काको प्याटेन्ट अधिकार हनन गर्ने काम गरेको ठहर गर्दै
अदालतले यस्तो फैसला गरेको हो । एप्पलले सामसुङले लिएका दुइ वटा प्याटेन्ट
अधिकार उल्लंघन गरेको तथा सामसुङले एप्पलले लिइसकेको एउटा प्याटेन्ट अधिकार
उल्लंघन गरेको अदालतको ठहर छ ।
अदालतको
फैसलासँगै अब दक्षिण कोरियामा एप्पलको आइफोन थ्री जिएस, आइफोन फोर,
आइप्याड तथा आइप्याड टू को बिक्रिमा रोक लाग्नेछ । त्यस्तै सामसुङका
ग्यालेक्सी एसआइ, एसआइआइ, ग्यालेक्सी ट्याब तथा ग्यालेक्सी ट्याब १०.१ माथि
पनि दक्षिण कोरिायली बजारमा प्रतिबन्ध लाग्नेछ । साथै अदालतले एप्लललाई ३५
हजार तथा सामसुङलाई साढे १७ हजार अमेरिकी डलर जरिवानाको फैसला समेत
सुनाएको छ ।
स्मरण रहोस् एप्पल र सामसुङबीचको प्याटेन्ट अधिकार सम्बन्धी विवाद अमेरिकाको अदालतमा पनि विचाराधिन छ ।
Source : onlinekhabar
Subscribe to:
Posts (Atom)









