Lokeshwor Temple (Hiranyavarna Mahavihar)
6 months ago
न्युयोर्क, चैत २ (एजेन्सी) - प्रविधि क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा
रहेको सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ४ बिहीबार राति न्युयोर्कमा
सार्वजनिक गरिएको छ। सामसुङको यो नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो
मोडल अर्थात् एस ३ भन्दा खासै फरक देखिँदैन। तर यसमा सुविधाहरु थपिएका छन् र
आकारप्रकारमा पनि सामान्य परिवर्तन गरिएको छ।
के छ नयाँ?
एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्क्रिन छ। स्मार्टफोनमा
यस्तो सुविधा दिने एस ४ पहिलो हो। पुरानो मोडलभन्दा यो अलि अग्लो भए पनि
पातलो र हलुका छ। यसको बाहिरी संरचना प्लास्टिकबाट बनेको छ।
एक्जिनोस ५ वा क्वालकम स्न्यापड्रागन एस ४ प्रो प्रोसेसरसहितको यो
स्मार्टफोनमा २ जीबीको र्यारम हुनेछ। १६,३२ वा ६४ जीबीको स्टोरेज मोडलमध्ये
छान्न पाइनेछ। साथमा एस सिरिजका मोबाइलमा अघि नभएको माइक्रो एसडी कार्ड
स्लट पनि यसमा हुनेछ।
फोटोमा नयाँ सुविधा
स्मार्टफोनमा धेरै प्रयोग हुने एउटा सुविधा क्यामेरा हो। यसैलाई ध्यानमा
राख्दै एस४ ले फोटोमा नयाँ सुविधाहरु दिएको छ। उदाहरणका लागि इरेजर मोडले
धेरै वटा फोटो खिच्ने, त्यसपछि आफै ब्याकग्राउन्ड मोसन बुझेर हटाइदिने काम
गर्छ। डुअलसटले एकै पटक अगाडि र पछाडिका क्यामेराले फोटो खिच्न सक्छ।
ड्रामासटले फोटोको शृङ्खला खिची त्यसलाई एउटैमा ओभरल्याप गर्न मिल्छ।
उदाहरणका लागि कुनै मान्छे उफ्रँदै गर्दाको विभिन्न चालका फोटो एउटै फोटोमा
देख्न सकिनेछ। त्यसैगरी सिनेमा फोटो पनि रमाइलो छ। यसमा शृङ्खलावद्ध फोटो
खिची फोटोको एउटा भागलाई चल्ने बनाउने र बाँकी जस्ताको तस्तै अडिने बनाउन
मिल्छ। उदाहरणका लागि असनको भिडमा एक युवती हिँड्दै गरेको, बाँकी सब
अडिरहेको गर्न मिल्छ।
छुनै पर्दैन
ग्यालेक्सी एस ४ मा एन्ड्रोइड ४.२.२ सफ्टवेयर राखिएको छ। गुगलको मोबाइल
अपरेटिङ सिस्टमको यो सबैभन्दा पछिल्लो संस्करण हो। सन्देश र इमेल निश्चित
भाषाबाट निश्चित भाषामा अनुवाद गर्ने सुविधा यसमा छ। अहिलेलाई नेपालीमा
अनुवाद गर्ने सुविधा भने छैन।
त्यसैगरी यसमा एयर जेस्चर्सको नयाँ सुविधा थपिएको छ। फोनलाई नछोइकनै
फोनमाथिबाट औँलाले दिएको इशारा फोनले बुझ्नेछ। मानौँ तपाईँ मोबाइलमा कुनै
पेज हेरिरहनुभएको छ र त्यसलाई पल्टाउन चाहनुहुन्छ भने नछोइकनै इशाराकै भरमा
गर्न सक्नुहुन्छ।
त्यस्तै स्मार्ट पज र स्मार्ट स्क्रोलको पनि सुविधा छ। मोबाइलमा कुनै
भिडियो हेरिरहनुभएको छ र बीचमा तपाईँको आँखा मोबाइलमा नभई अर्कै ठाउँतिर
भयो भने तपाईँले अर्कोतिर हेर्दा भिडियो रोकिनेछ र फेरि मोबाइलमा हेरेपछि
सुचारु। अहिलेलाई यो सुविधा परीक्षणका रुपमा यसमा राखिएको छ।
तपाईँको स्वास्थ्य निगरानी
२४ सै घण्टा तपाईँको साथमा रहने मोबाइललाई स्वास्थ्य निगरानी उपकरणका रुपमा
समेत उपयोग गर्न सकिन्छ कि भन्दै एस ४ ले महत्त्वाकांक्षी सुविधा थपेको छ।
एस हेल्थ नाममा यसले विभिन्न थप उपकरणसमेतको सहयोगमा तपाईँको वरपरको
वातावरण, तपाईँको एक्सरसाइज, तापक्रम आदि निगरानी गर्नेछ।
रिमोटका रुपमा मोबाइल
सामसुङको वाच अन एपसँग पेयर गरेपछि मोबाइललाई तपाईँ रिमोटका रुपमा समेत
प्रयोग गर्न सक्नुहुनेछ। ग्रुप प्लेका रुपमा एउटा अर्को सुविधा पनि रमाइलो
छ। ब्लुटुथ वा वायरलेस एक्सेस प्वाइन्टबिना नै एस ४ मोबाइलहरुमा एउटै गीत
सुन्न सकिन्छ। त्यसैगरी ग्रुप गेम पनि खेल्न सकिन्छ।
१५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ।

एप्पलले हालै सार्वजनिक गरेको आइफोन ५ ले बजारमा तहल्का पिटेसँगै
प्रतिस्पर्धी कम्पनी सामसुङले आफ्ना स्मार्टफोनको मुल्य घटाएको छ । आइफोन ५
ले बिक्रिको सबै रेकर्ड तोड्ने लक्षण देखिएसँगै स्मार्टफोन बजारमा टिक्नका
लागि सामसुङले आफ्ना प्रडक्टको मुल्य घटाएको विश्लेषण गरिएको छ ।
आइफोन ५ लञ्च हुनु केही दिनअघि मात्र अमेरिका र बेलायतमा सर्भिस
कन्ट्राक्टका स्मार्टफोनको मुल्य घटाएको सामसुङले अहिले भारतीय बजारमा लागु
हुनेगरी आफ्ना ग्यालेक्सी स्मार्टफोन तथा ग्यालेक्सी नोटको मुल्य २ देखि ३
हजार भन्दा बढिसम्म घटाएको छ । सामसुङले आफ्नो पछिल्लो बहुचर्चित तथा
लोकपि्रय प्रडक्ट ग्यालेक्सी एस थ्री को मुल्य ३५ सय भारु घटाएर ३५ हजार ४
सय ९९ भारु कायम गरेको छ । यस्तै ग्यालेक्सी नोटको मुल्यमा ३ हजार घटाउँदै
२९ हजार ९ सय ९० भारु कायम गरिएको छ । यस्तै ग्यालेक्सी एस टू मा पनि २
हजार भारु मुल्य घटाइएको छ ।
यो सँगै सामसुङले आफ्नो आगामी प्रडक्ट ग्यालेक्सी नोट टू को पि्र अर्डर लिन
समेत सुरु गरेको छ । सामसुङले आइफोनतर्फ बढिरहेको उपभोक्ताको ध्यान
मोड्नका लागि आफ्ना प्रडक्टको मुल्य घटाएको भएपनि त्यसले एप्पलका फ्यानलाई
सामसुङका स्टोरसम्म कत्तिको तान्नसक्छ ? त्यो हेर्न भने बाँकी नै छ । onlinekhabar
एक दक्षिण
कोरियाली अदालतले प्याटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकी एप्पल
तथा स्वदेशी सामसुङका उत्पादनमाथि देशमा आंशिक प्रतिबन्ध लगाएको छ । दुबै
कम्पनीले एक अर्काको प्याटेन्ट अधिकार हनन गर्ने काम गरेको ठहर गर्दै
अदालतले यस्तो फैसला गरेको हो । एप्पलले सामसुङले लिएका दुइ वटा प्याटेन्ट
अधिकार उल्लंघन गरेको तथा सामसुङले एप्पलले लिइसकेको एउटा प्याटेन्ट अधिकार
उल्लंघन गरेको अदालतको ठहर छ ।