Lokeshwor Temple (Hiranyavarna Mahavihar)
6 months ago
विजयादशमीको अवसरमा महानवमीको राती मनाइने भक्तपुरको प्रसिद्ध एवम् महत्वपूर्ण ख:म्ये अर्थात राङ्गो जात्रा आज
सम्पन्न भएको छ । धार्मिक एवम् साँस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो
जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात
राङ्गोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्नमा बाधेर राख्ने र सोही
राङ्गोलाई नवमीको राती बध गरी मनाइने परम्परा रहिआएको छ ।
महानवमीको
राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा
परम्परागतरूपमा खःमेय्को बधजात्रा मनाउने प्रचलन रहेको स्थानियबासीको भनाई
लरहेको छ । नवदुर्गा मन्दिरमा ल्याएर बाँधिएको खःमेय् अर्थात राङ्गोलाई
नवमीका दिन राति तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई
शरीर भरी अबिर दलेर स्थानीय भक्तजनले नवदुर्गा द्यो छेँ (देवगृह) बाट
लखेट्दै च्याम्हसिंहस्थित ब्रम्हायणी मन्दिरमा पुर्याई देवीलाई चढाएरु
जात्रा मनाएका छन् ।
• Art exhibition created by Senior Artists of Nepal. (Durbar Square)