सोनीले यी हेडफोनको एमडीआर १,
एमडीआर–१० आर एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३ को भारतमा लन्च गरेको हो। पछिल्लो
पटक सोनी, सामसुङ लगायतका स्मार्ट फोन कम्पनीहरुले भारतलाई केन्द्र बनाउन
थालेका छन्, यसैको पछिल्लो उदाहरण सोनी हो। एमडीआर १ र एमडीआर–१० आरको
मुल्य २४ हजार पर्ने छ। एमडीआर १ हेडफोनमा एडभान्स फिचर्स जस्तै बीट
रेस्पोन्स कन्ट्रोल, डिजिटल नोइज कन्ट्रोल, डिजिटल इकोलाइजर र इम्प्लीफायर
राखिएको छ।
एमडीआ–१० आरको कम्पनीले डिजिटल ब्लुटुथ हेडफोनको रुपमा
लन्च गरेको छ। एनडब्ल्यूजेड–डब्ल्यूएच३०३ लाई थ्री इन वन हेडफोनको रुपमा
प्रयोग गर्न सकिन्छ। यसको तीन अलग अलग मोड म्यूजिक प्लेयर, स्पीकर र
हेडफोनको रुपमा प्रयोग गर्न सकिन्छ। कम्पनीले एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३को
मूल्य १४५०० तोकेको छ।
Showing posts with label Mobile. Show all posts
Showing posts with label Mobile. Show all posts
Now Upgrade to 3G absolutely free...
12:55 PM
3g, Computer, connect, election, electricity, free, Intertentment, intresting, Iphone, IT, Mobile, network, NTC, smartphone, Tablet, tips, walkman, water
No comments
सोनीको थ्री इन वन हेडफोन
8:21 PM
celebrated, ericsson, fablet, game, intenet, intresting, Ipad, Iphone, Mobile, sony, Tablet, technology
No comments
नयाँ दिल्ली–सोनीले एड्भान्स
फिचर्स सहित तीन नयाँ हेडफोन लन्च गरेको छ। जस मध्ये एक हेडफोनको प्रयोग
तीन कामको लागी गर्न सकिन्छ। अर्थात सोनीले थ्री इन वन हेडफोन ल्याएको छ।
म्युजिकका सौखिनका लागि सोनीको यो नयाँ हेडफोन निकै उपयोगी छ। यो हेडफोनको
प्रयोग स्मार्टफोन, ट्याब्लेट, फैवलेटमा प्रयोग गर्न सकिन्छ।
मोबाइल उठाउँदा अब पैसा पनि कमाइने
काठमाडौं, भाद्र २० । नेपाली कम्पनी क्यास एण्ड एडले विश्वमै नौलो प्रविधि
प्रयोगमा ल्याएको छ । मोबाइल उठाउँदा पैसा कमाउन सकिने प्रविधि औपचारिक
रुपमा प्रयोगमा ल्याएको हो ।

मोबाइलमा घण्टीसँगै कुनै एक कम्पनीको विज्ञापन बज्नेछ, फोन उठाउनुअघि ६ सेकेन्डसम्म विज्ञापन हेरे त्यसबाट १ रुपैयाँ आम्दानी गर्न सकिने नौलो प्रवद्र्धनात्मक योजना कम्पनीले ल्याएको हो ।
जतिधेरै फोन उठाउन सकिन्छ, त्यतिनै बढि रकम पाउन सकिने कम्पनीले जनाएको छ । यो सेवा प्रयोगका लागि मोबाइलकर्ताले कुनै शुल्क तिर्नुपर्ने छैन ।
तर, आफ्नो मोबाइल सेटमा क्यास एण्ड एड सफ्टवयेर डाउनलोड गर्नुपर्ने छ । क्यास एण्ड एडमा जम्मा भएको रकम नेपालमा ई–सेवामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।
क्यास एण्ड एडको ब्यालेन्स हरेक २४ घण्टामा एक पटक इन्टरनेटमा सिंक गर्नुपर्नेे छ । आगामी केहि महिनाभित्र यो योजना भारत, बंगलादेश, श्रीलंका, सिंगापुर, अमेरिका सहित १८ वटा मुलुकमा सुरु गरिने कम्पनीले जनाएको छ ।

पानीबाट बचाउन मोबाइलका लागि कण्डम
अब
आफ्नो मोबाइललाई पानीबाट बचाउनका लागि कण्डमको प्रयोग गर्न सकिने भएको छ ।
सुन्दै अचम्म लाग्नसक्छ । तर यो कुरा सत्य हो की अब कण्डम बनाउने
पदार्थबाटै बनेको मोबाइलको खोलले मोबाइल फोनलाई पानीबाट बचाउनेछ ।यो थर्मोप्लास्टिक फोन कभर त्यहीँ प्लास्टिक हो जसबाट कण्डम बनाइन्छ । यो मोबाइल कभर पारदर्शी हुने र धुलो तथा पानीबाट मोबाइलको सुरक्षा गर्नेछ । कण्डम कभर नाम दिइएकोे उक्त मोबाइल फोनको खोलले जस्तो सुकै वर्षातमा समेत मोबाइल फोनलाई पानीबाट जोगाउनेछ ।
कण्डम कभर फोनका विभिन्न मोडेलका खोल निर्माण गरिएको छ । आइफोन तथा ग्यालेक्सी स्मार्टफोन लगायतका सबै मोबाइल ग्याजेटका लागि दुरुस्तै मोडेलमा कण्डम कभर उत्पादन गरिएको छ । यो खोल निकै पारदर्शी रहेको र यो खोलभित्रैबाट मोबाइलले फोटा खिच्ने तथा टचस्त्रिmन फंक्सन समेतमा कुनै असर गर्दैन । स्मार्टफोनको कण्डम नाम दिइएको उक्त मोबाइल खोल अनलाइन र्फम फायरबक्सले उत्पादन गरेको हो ।
सोनीको ‘वाटर प्रुफ’ मोबाइल नेपाल भित्रियो, मूल्य कति ?
8:41 PM
android, dust, google, Images, intenet, Intertentment, intresting, Ipad, Iphone, IT, language, Mobile, smartphone, sony, technology, water, xperia, Xperia Z
No comments
काठमाडौं, वैशाख ९ । नेपालका लागि
सोनी मोबाइलको अधिकृत विक्रेता हिमा ट्रेड लिङ्कले सोनीका नयाँ मोबाइल
नेपाली बजारमा भित्र्याएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी
सोनीका नयाँ मोबाइल एक्सपेरिया जेट सेरिज, जे सेरिज, एक्सपेरिया गो, इ
ड्वेएल लगायतका बारेमा विस्तृत जानकारी गराइएको हो ।
सोनीका यी मोबाइलहरु उच्च प्रविधियुक्त हुनुका साथै मूल्य प्रतिस्पर्धि भएको कम्पनीको दाबी छ । एक्सपेरिया जेट सेरिज सेट ‘वाटर प्रुफ’ समेत रहेको छ ।
मोबाइलमा नौला प्रविधिको प्रयोग भएकाले युवावर्गले मन पराउने कम्पनीको विश्वास छ । एक्सपेरिया जेट सेरिजको नेपाली बजार मूल्य ६७ हजार, जे सेरिजको २५ हजार, एक्सपेरिया गो सेरिजको २५ हजार, इ ड्वेएल सेरिजको १७ हजार र इ सेरिजको १५ हजार रहेको छ ।

यस्तो छ सामसुङको ग्यालेक्सी एस ४
5:48 PM
adroid, galaxy, Intertentment, intresting, Iphone, live, Mobile, navigation, nepali model, network, operating, s 3, s 4, samsung, sim, smartphone, sms, Tablet
No comments
न्युयोर्क, चैत २ (एजेन्सी) - प्रविधि क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा
रहेको सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ४ बिहीबार राति न्युयोर्कमा
सार्वजनिक गरिएको छ। सामसुङको यो नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो
मोडल अर्थात् एस ३ भन्दा खासै फरक देखिँदैन। तर यसमा सुविधाहरु थपिएका छन् र
आकारप्रकारमा पनि सामान्य परिवर्तन गरिएको छ।
के छ नयाँ?
एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्क्रिन छ। स्मार्टफोनमा
यस्तो सुविधा दिने एस ४ पहिलो हो। पुरानो मोडलभन्दा यो अलि अग्लो भए पनि
पातलो र हलुका छ। यसको बाहिरी संरचना प्लास्टिकबाट बनेको छ।
एक्जिनोस ५ वा क्वालकम स्न्यापड्रागन एस ४ प्रो प्रोसेसरसहितको यो
स्मार्टफोनमा २ जीबीको र्यारम हुनेछ। १६,३२ वा ६४ जीबीको स्टोरेज मोडलमध्ये
छान्न पाइनेछ। साथमा एस सिरिजका मोबाइलमा अघि नभएको माइक्रो एसडी कार्ड
स्लट पनि यसमा हुनेछ।
फोटोमा नयाँ सुविधा
स्मार्टफोनमा धेरै प्रयोग हुने एउटा सुविधा क्यामेरा हो। यसैलाई ध्यानमा
राख्दै एस४ ले फोटोमा नयाँ सुविधाहरु दिएको छ। उदाहरणका लागि इरेजर मोडले
धेरै वटा फोटो खिच्ने, त्यसपछि आफै ब्याकग्राउन्ड मोसन बुझेर हटाइदिने काम
गर्छ। डुअलसटले एकै पटक अगाडि र पछाडिका क्यामेराले फोटो खिच्न सक्छ।
ड्रामासटले फोटोको शृङ्खला खिची त्यसलाई एउटैमा ओभरल्याप गर्न मिल्छ।
उदाहरणका लागि कुनै मान्छे उफ्रँदै गर्दाको विभिन्न चालका फोटो एउटै फोटोमा
देख्न सकिनेछ। त्यसैगरी सिनेमा फोटो पनि रमाइलो छ। यसमा शृङ्खलावद्ध फोटो
खिची फोटोको एउटा भागलाई चल्ने बनाउने र बाँकी जस्ताको तस्तै अडिने बनाउन
मिल्छ। उदाहरणका लागि असनको भिडमा एक युवती हिँड्दै गरेको, बाँकी सब
अडिरहेको गर्न मिल्छ।
छुनै पर्दैन
ग्यालेक्सी एस ४ मा एन्ड्रोइड ४.२.२ सफ्टवेयर राखिएको छ। गुगलको मोबाइल
अपरेटिङ सिस्टमको यो सबैभन्दा पछिल्लो संस्करण हो। सन्देश र इमेल निश्चित
भाषाबाट निश्चित भाषामा अनुवाद गर्ने सुविधा यसमा छ। अहिलेलाई नेपालीमा
अनुवाद गर्ने सुविधा भने छैन।
त्यसैगरी यसमा एयर जेस्चर्सको नयाँ सुविधा थपिएको छ। फोनलाई नछोइकनै
फोनमाथिबाट औँलाले दिएको इशारा फोनले बुझ्नेछ। मानौँ तपाईँ मोबाइलमा कुनै
पेज हेरिरहनुभएको छ र त्यसलाई पल्टाउन चाहनुहुन्छ भने नछोइकनै इशाराकै भरमा
गर्न सक्नुहुन्छ।
त्यस्तै स्मार्ट पज र स्मार्ट स्क्रोलको पनि सुविधा छ। मोबाइलमा कुनै
भिडियो हेरिरहनुभएको छ र बीचमा तपाईँको आँखा मोबाइलमा नभई अर्कै ठाउँतिर
भयो भने तपाईँले अर्कोतिर हेर्दा भिडियो रोकिनेछ र फेरि मोबाइलमा हेरेपछि
सुचारु। अहिलेलाई यो सुविधा परीक्षणका रुपमा यसमा राखिएको छ।
तपाईँको स्वास्थ्य निगरानी
२४ सै घण्टा तपाईँको साथमा रहने मोबाइललाई स्वास्थ्य निगरानी उपकरणका रुपमा
समेत उपयोग गर्न सकिन्छ कि भन्दै एस ४ ले महत्त्वाकांक्षी सुविधा थपेको छ।
एस हेल्थ नाममा यसले विभिन्न थप उपकरणसमेतको सहयोगमा तपाईँको वरपरको
वातावरण, तपाईँको एक्सरसाइज, तापक्रम आदि निगरानी गर्नेछ।
रिमोटका रुपमा मोबाइल
सामसुङको वाच अन एपसँग पेयर गरेपछि मोबाइललाई तपाईँ रिमोटका रुपमा समेत
प्रयोग गर्न सक्नुहुनेछ। ग्रुप प्लेका रुपमा एउटा अर्को सुविधा पनि रमाइलो
छ। ब्लुटुथ वा वायरलेस एक्सेस प्वाइन्टबिना नै एस ४ मोबाइलहरुमा एउटै गीत
सुन्न सकिन्छ। त्यसैगरी ग्रुप गेम पनि खेल्न सकिन्छ।
१५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ।
मोबाइल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
मोबाइल फोनको खतरनाक पक्षकै कारण त्यसलाई प्रयोग नै नगर्ने भनेको होइन।
यसको प्रयोग आवश्यक परेको बेलामा होसीयारीपूर्वक मात्र गर्नुपर्छ।
मोबाइल फोनको प्रयोग त्यति बेला मात्र गरौ जब यसको आवश्यकता पर्छ। अनावश्यक समयमा मोबाइल फोन चलाउने बानी ठीक होइन, यसलाई भरसक आफ्नो शरीरभन्दा टाढा राख्नुपर्छ।
इन्टरनल एरिएल भएको सेटलाई आफ्नो टाउको नजिक बढी समयसम्म नराखौ। बढी विकिरण हुने एसएआर मोबाइलबाट बचौं र बढी समय ब्याट्री खप्ने मोबाइल फोन मात्र खरिद गरौं। गुणस्तरका बारेमा जानकारी नभएका सञ्चारसम्बन्धी साधनहरूको खरिद-बिक्री तथा प्रयोग नगरौं।
मोबाइल प्रयोग निषेध लेखिएका ठाउमा मोबाइल प्रयोग गर्नुहुँदैन। माइक्रोवेब टावर तथा बिजुलीका ठूला उपकरणको नजिक मोबाइल फोनको प्रयोग खतरनाक हुन्छ। मोबाइल फोनको सेटलाई पानीबाट जोगाउनुपर्छ। मोबाइलमा पानी पसे सट सर्किट भएर विस्फोट हुनसक्छ। नेटवर्कका लागि प्रयोग गर्ने टावरहरूबाट विकिरण वा हानिकारक तरंगहरू आउने हुनाले यसलाई केहीँ वस्तुले छोपेर राखौं।
चार्जिङ गरिरहेको बेला मोबाइल फोन तात्यो भने सावधान हुनुपर्छ। यदि त्यसो हो भने तुरुन्त चार्जबाट निकालेर प्रविधिकलाई देखाउनुपर्छ। बढी तापक्रम भएको ठाउँमा मोबाइल राख्नु हुँदैन। चलिरहेको कम्प्युटर, ल्यापटप वा टेलिभिजन सेटमाथि मोबाइल राख्नु खतरनाक हुन्छ। भो ल्टेज अनियमित छ तथा पावर प्लग ठीक छैन भने मोबाइल चार्ज गर्नुहुँदैन। यस्तो बेला मोबाइल सर्ट भएर झिल्का आउँछ।

टाटुमार्फत मोबाइल चार्ज
मोबाइल तरंग गरेपछि चुम्बकीय टाटुले एक प्रकारको कम्पन उत्पन्न गरिदिन्छ। उक्त कम्पनलाई मोबाइल प्रयोगकर्ताले अनुभव गर्छ भने आफ्नो मोबाइलमा कल, मिसकल वा म्यासेज आएको जानकारी पनि पाउँछ। फोनकल आएको, म्यासेज आएको, ब्याट्री चार्ज सकिन लागेको वा ब्यालेन्स सकिन लागेको जस्ता विभिन्न जानकारी उपलब्ध गराउन टाटुले भिन्न-भिन्न प्रकारका कम्पन सिर्जना गर्ने र कम्पनको प्रकार हेरी मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा भएको गतिविधिका सम्बन्भमा जानकारी पाउने बताइएको छ। यस्तो टाटुलाई भाइवरेटिङ म्याग्नेटिक ट्याटु नाम दिइएको छ।
८ घण्टामै आइफोन ५ ह्याक
अन्तराष्ट्रिय बजारमा तहल्का पिटिरहेको एप्पलको आइफोन ५ का विषयमा एउटा
अविश्वसनीय तथा दुखलाग्दो खबर बाहिर आएको छ ।
अमेरिकाको सन फ्रान्सिस्कोका एक ह्याकरले आइफोन ५ रिलिज भएको ८ घण्टामै
आफुले ह्याक गर्न सफल भएको दाबी गरेका छन् । ग्रान्ट पल नामका ती व्यक्तिले
एप्पलका आइओएस अपरेटिङ सिस्टम सफ्टवेयर बनाउने गरेको बताइन्छ । आइफोन ५
ह्याक गरेको कुरा उनले आफ्नो टि्वटर मार्फत सार्वजनिक गर्दै टि्वट गरेका
थिए, ‘जेलब्रोकन आइफोन ५ ।’
एप्पलको आइफोन तथा अन्य डिभाइस एप्पलकै अपरेटिङ सिस्टम तथा एप्पलले
स्विकृति दिएका अन्य सफ्टवेयरबाट मात्र चल्ने गर्छ । तर पलले एउटा यस्तो
तस्वीर टि्वटरमा पोष्ट गरेका थिए जसमा आफुले तयार पारेको तथा एप्पलले
स्विकृति नदिएको अर्कै एप्लिकेसन सफ्टवेयर सिडिया एप्लिकेसन आइफोन ५ मा
इन्स्टल गर्न सफल भएका छन् ।
आइफोनका यसअघिका संस्करण पनि ढिलोचाँडो यसरी नै ह्याक हुने र अवैध
सफ्टवेयरबाट चल्ने गरेका भएपनि आइफोन ५ बजारमा आएको ८ घण्टामै ह्याक
हुनुलाई निकै ठूलो घटना मानिएको छ । प्रविधि जगतले पलले आइफोन ५ ह्याक
गरेको भनी गरेको दाबी साँचो भएको पुष्टि गरेको छ । आइफोन ५ छिटै ह्याक भएको
खबरले आइफोनका पारखीहरुलाई अवश्य पनि पिर परेको हुनुपर्छ ।
Source : Onlinekhabar
एउटा मोबाइलबाट अर्कोमा कसरी सार्ने नम्बर ?
आजकल धेरैलाई एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन नम्बरहरु सार्नुपर्छ । तर,
मोबाइलबाट मोबाइलमा नम्बर सार्नु त्यति सजिलो छैन ।
अधिकांशले एक-एक गर्दै फोन नम्बरहरु सेभ गर्छन, जुन निकै लामो समय लाग्छ ।
आज हामी तपाईलाई एक मोबाइलमा रहेको फोन नम्बरहरु अर्को मोबाइलमा सार्ने
सजिलो तरिका सिकाउँदैछौं ।
यदि तपाईको नम्बरहरुको लिस्ट निकै सानो छ भने सिम कार्डको प्रयोग गर्न
सक्नुहुन्छ । यसका लागि तपाई आफ्नो फोनमा रहेका सबै नम्बरहरुलाई सिममा सेभ
गर्नुहोस् । त्यसपछि त्यस सिमलाई अर्को मोबाइलमा हाल्नुहोस र नम्बरहरुलाई
सेभ गर्नुहोस् ।१. सबैभन्दा पहिले कन्ट्याक्ट अपरेसनमा गएर मुभ कन्ट्याक्ट अप्सन रोन्नुहोस् ।
२. यदि तपाई आफ्नो मोबाइल सेटमा सिममा सेभ गर्न चाहनुहुन्छ भने कपी कन्ट्याक्ट अप्सन छान्नुहोस् ।
३. त्यसपछि फोन टु सिम अप्सनमा क्लिक गर्नुहोस् ।
४. जब तपाई फोन टु सिम अप्सनमा क्लिक गर्नुहुन्छ, तपाईको मोबाइलमा रहेका
फोन नम्बरहरु छन् त्यसको जानकारी दिन्छ । ओके अपसन छानेपछि मोबाइलमा रहेका
सबै नम्बरहरु तपाईको सिममा सेभ हुन्छन् ।
यखि तपाईको धेरै नम्बरहरु छन् र पहिलो तरिकाबाट नम्बरहरु एक मोबाइलबाट
अर्को मोबाइलमा लैजान सकिएन भने कम्प्युटरबाट गर्न सकिन्छ । त्यसका लागि
तपाईले सबैभन्दा पहिले आफ्नो पीसीमा नोकिया ओवीआई पीसी सूट इन्स्टल
गर्नुपर्छ । नोकिया पीसी सूटबाट तपाई नोकियाको सेटमा रहेका नम्बरहरु
ब्लाकबेरी र अन्य कुनै फोनमा सार्न सक्नुहुनेछ । यदि तपाई ब्लाकबेरी प्रयोग
गर्नुहुन्छ भने ब्लाकबेरी डेस्कटप म्यानेजरबाट पनि नम्बरहरु सार्न
सक्नुहुनेछ ।
१. सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा नोकिया पीसी सूट इन्स्टल गर्नुहोस् ।
२. अब डाटा केबलको मदतबाट फोनको पीसीमा तपाईले केहीबेर अघि इन्स्टल गरेको
पीसी सूटलाई कनेन्ट गर्नुहोस् ।
३. जब पीसी सूटसँग तपाईको फोन कनेक्ट हुन्छ, तपाईको सबै नम्बरहरु स्वत पीसी
सूटमा आउँछ ।
४. अब उक्त फोनलाई पीसी सूटबाट हटाएर अर्को फोन कनेक्ट गर्नुहोस् र पीसी
सूटमा सेभ भएका सबै नम्बरहरु कपी गर्नुहोस् ।
अब हात बाट नै हुन्छ तपाई को मोबाइल चार्ज
| Xperia X10i |
तपाइको मोबाइलको ब्याट्री लो भयो ? चार्ज गर्न बिजुली छैन ? चिन्ता न लिनु
होस् ! केवल मोबाइल लाई आफ्नो हातमा राख्नुहोस , अनि केहि बेरमै मोबाइल
चार्ज हुन थाल्छ | साइन्टिस्ट हरुले एस्तो प्रबिधिको विकास गरेको दाबा
गरेका छन् जसले शारीरको गर्मिलाई करेन्टमा कन्बर्ट गर्छ |
मिडिया रिपोर्टका आनुसार , यो अनौठो खोज अमेरिकाको वेक फरेस्ट यूनिवर्सिटी को सेंटर फर नैनोटेक्नोलोजी एंड मोलिक्लुएर्स मिटीरियल्स को प्रोफेसर डेभिड क्यारोल र ग्रेजुयेट कोरे हेविट ले गरेका हुन् | क्यारोल का अनुसार , यसमा कम खर्च मै बिजुली बनाउने अनौठो तरिका हुन्छ | यो टेक्नोलोजी ज्यादा खर्चिलो पनि हुने छैन |

कसरी काम गर्छ ?
रिसर्च टिमका अनुसार , शारीरको गर्मि लाई बिजुली मा बदल्न का लागि
नैनोटेक्नोलोजी को मदत बाट एकदमै पातलो कार्बन ट्युब लाई प्लास्टिक मा
राखिने छ र एस्लाई कपडा जस्तै बनाइने छ | बैज्ञानिक हरुले यसलाई “पावर
फेल्ट” नाम दिएका छन् |
फेसबुक स्मार्टफोन
सर्वाधिक लोकप्रिय सोसल नेटवर्क साइट फेसबुकले ग्याजेट निर्माणमा हात
हालेको छ। फेसबुकले यस विषयमा कुनै खुलासा नगरे पनि ग्याजेट बजारमा फेसबुक
स्मार्टफोनको चर्चा चुलिएको छ। फेसबुकले ताइवानी कम्पनी एचटिसीसँग फेसबुक
स्मार्टफान प्रोजेक्टरमा साझेदारी गर्ने भएको हो। यो स्मार्टफोनको कोड नेम
बफी रहनेछ। यसका लागि सोसनल नेटवर्क साइटले आइपड एवं आइफोनमा काम गरेका
पुराना कर्मचारी अनुबन्ध गरेको छ, जसले फेसबुक स्मार्टफोनको डिजाइन
गर्नेछन्। नोकिया र विन्डोज-७ का डिजाइनर माइकल बोनिकोवुस्कीले फेसबुकको
मोवाइल पूरै नीलो रंगको हुने बताएका छन्, जुन रंग फेसबुक साइटमा प्रयोग
गरिएको छ। गुगलले विकास गरेको एन्ड्रोइड अपरे टिङ सिस्टमलाई फेबुकले
आफूअनुकूल परिवर्तन गरेर फोनमा प्रयोग गर्नेछ। ४ दशमलव ७ इन्च स्क्रिनयुक्त
सेटमा ८ मेगापिक्सेल क्यामेरा हुनेछ, जुन भिडियोग्राफीका लागि पनि
उपयुक्त हुनेछ। यसमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहनेछ। एन्ड्रोइड
फोनमा गुगलको सोसल ने टवर्क 'गुगलप्लस', एप्पलको आइफोनमा माइक्रोब्लगिङ
साइट टि्वटरलाई प्राथमिकता दिएजस्तै फेसबुकलाई थप व्यापक बनाउन फेसबुकको
सेवा तथा सुविधालाई विशेष प्राथमिकता दिएर फेसबुक फोन 'बफी' निर्माण गरिने
बताइन्छ।
Subscribe to:
Posts (Atom)