आजको युगमा मानिस इन्टरनेट बिना एक पल पनि बस्न नसक्ने अवस्थामा पुगिसकेको छ
 । ईन्टरनेटको लत मानिसमा यति बसिसकेको छ की त्यसलाई रक्सी र चुरोटको लत 
भन्दा पनि ठूलो लतको रूपमा हेरिन थालेको छ । यसैकारण यस लतलाई अब मानसिक 
बिमारी रूपमा घोषित गर्ने तयारी भइरहेको बताइएको छ ।बेलायतको एक अखबारका 
अनुसार इन्टरनेट युज डिसअर्डरलाई केही समयभित्रमा नै डिएसएम-IV को समूहमा 
सम्मिलित गर्न सकिने बताइएको छ । उक्त अखबारका अनुसार आउँदो वर्षको मे मा 
इन्टरनेट प्रयोगको लतलाई मानसिक बिमारीको रूपमा सम्मिलित गरिने तयारी भएको 
बताइएको छ ।
यस मानसिक बिमारीमा त्यस्ता मानिसहरू पर्नेछन् जो आफ्नो स्मार्टफोन, 
ल्यापटप, ट्याब्लेट र कम्प्युटरमा ईन्टरनेटमा झुण्डिरहन्छन् र इन्टरनेट 
नहुँदा विचलित र हतास हुन्छन् ।
स्विबर्न यूनिभर्सिटी अप टेक्नोलोजीमा आवद्ध माइक काइरोजले अखबारलाई यो 
बिरामीमाथी सोध तथा अनुसन्धान गर्दा बच्चाहरूमाथी यसको उपचार खोज्न सकिने र
 ईन्टरनेट प्रयोगमा पनि रोक लगाउन सकिने बताएका छन् । उनले बच्चाहरू प्राय 
ईन्टरनेटमा गेम खेल्ने गर्छन् जसको अधिक उपयोगले बच्चाहरूमा मानसिक समस्या 
आउन सक्छ 
Wooden Carved Swet Bhairav Statue
2 months ago


 









