आजको युगमा मानिस इन्टरनेट बिना एक पल पनि बस्न नसक्ने अवस्थामा पुगिसकेको छ
। ईन्टरनेटको लत मानिसमा यति बसिसकेको छ की त्यसलाई रक्सी र चुरोटको लत
भन्दा पनि ठूलो लतको रूपमा हेरिन थालेको छ । यसैकारण यस लतलाई अब मानसिक
बिमारी रूपमा घोषित गर्ने तयारी भइरहेको बताइएको छ ।बेलायतको एक अखबारका
अनुसार इन्टरनेट युज डिसअर्डरलाई केही समयभित्रमा नै डिएसएम-IV को समूहमा
सम्मिलित गर्न सकिने बताइएको छ । उक्त अखबारका अनुसार आउँदो वर्षको मे मा
इन्टरनेट प्रयोगको लतलाई मानसिक बिमारीको रूपमा सम्मिलित गरिने तयारी भएको
बताइएको छ ।
यस मानसिक बिमारीमा त्यस्ता मानिसहरू पर्नेछन् जो आफ्नो स्मार्टफोन,
ल्यापटप, ट्याब्लेट र कम्प्युटरमा ईन्टरनेटमा झुण्डिरहन्छन् र इन्टरनेट
नहुँदा विचलित र हतास हुन्छन् ।
स्विबर्न यूनिभर्सिटी अप टेक्नोलोजीमा आवद्ध माइक काइरोजले अखबारलाई यो
बिरामीमाथी सोध तथा अनुसन्धान गर्दा बच्चाहरूमाथी यसको उपचार खोज्न सकिने र
ईन्टरनेट प्रयोगमा पनि रोक लगाउन सकिने बताएका छन् । उनले बच्चाहरू प्राय
ईन्टरनेटमा गेम खेल्ने गर्छन् जसको अधिक उपयोगले बच्चाहरूमा मानसिक समस्या
आउन सक्छ
अब फेसबुकबाटै साथीलाई उपहार
फेसबुक अनलाइन व्यापारमा प्रवेश गरेको छ । फेसबुकले यस्तो अनलाइन सेवा सुरु
गरेको छ जसबाट प्रयोगकर्ताले आफ्ना प्रियजनलाई केवल शव्द मात्र होइन
साँच्चीकै उपहार पठाउन सक्नेछन् ।
फेसबुकले सुरु गरेको गिफ्ट नामक अनलाइन सेवाबाट तपाइँले आफ्नो साथीलाई
चाहेको उपहार पठाउन सक्नुहुनेछ । बिहिबार अमेरिकामा लञ्च भएको यो सेवा यो
महिनाभित्रैमा अझै परिस्कृत भएर अन्य देशमा पनि लागु गरिने फेसबुकले बताएको
छ । अमेरिकी फेसबुक प्रयोगकर्ताले यो सेवाको उपयोग गर्दै आफ्ना साथीलाई
फेसबुकमार्फ उपहार पठाउन थालेसँगै अर्को महिनादेखि नै गिफ्ट सेवालाई
परिस्कृत गरिँदै लगिनेछ ।
फेसबुकमार्फ साथीलाई उपहार पठाउन प्रयोगकर्ताले आफ्नो फेसबुक फ्रेन्डको
फेसबुक पेजमा गएर गिफ्ट नामको आइकनमा क्लिक गर्नुपर्नेछ । प्रयोगकर्ताको
फेसबुक पेजको दायाँ भागमा यो आइकन देखिनेछ जसमा साथीको बर्थडे, विवाह तथा
अरु महत्वपूर्ण इभेन्टका बारेमा समेत जानकारी दिइनेछ । जस्तै यदि तपाइँको
साथीको जन्मदिन दुइदिन पछि आउँदैछ भने उक्त साथीको नाम र तस्वीर सँगै
त्यहाँ गिभ हर ए गिफ्ट नामको लिंक तथा गिफ्ट आइकन देखापर्नेछ ।
उक्त आइकनमा क्लिक गरेपछि साथीलाई फेसबुकमार्फ दिन सकिने विभिन्न उपहारको
लिष्ट आउनेछ । जस्तै कार्ड, चकलेट, कपकेक, गुडिया आदि ।
त्यसपछि उक्त उपहार प्राप्त गर्ने व्यक्तिलाई फेसबुकमार्फ नै आफ्नो खास
ठेगाना खुलाउन आग्रह गरिन्छ । कतिपय अवस्थामा प्रापकलाई मन पर्ने उपहार
छनोट गर्ने तथा उपहार साटेर अर्को सामान लिने सुविधा पनि प्राप्त हुन्छ ।
यो कदम इ कमर्शमा प्रवेश गर्ने फेसबुकको पहिलो कदमको रुपमा लिइएको छ ।
यस्तो उपहार आदानप्रदानमा उपहार प्रदान गर्नेको बैंक अकाउण्ट मार्फ पैसा
तिरिन्छ र फेसबुकले उक्त उपहार वापतको सामानको बिक्रिको केही मुल्य कमिशन
बापत लिनेछ । फेसबुकले अनलाइन मार्फ आदानप्रदान गर्न सकिने केही उपहारको
सूचि समेत बनाएको छ । त्यसमा आइसक्रिम, फूल, खेलौना लगायतका रहेका छन् ।प्रियंका विवाहका लागि तयार
अभिनेत्री प्रियंका चोपडाले आफू विवाहका लागि तयार रहेको कुरा उल्लेख
गरेकी छिन्। प्रियंकाले आफूले चार वर्षको उमेरदेखि नै विवाहका बारेमा सोच्न
थालेको तथा हाल आफू विवाहका लागि तयार भएको बताएकी छिन्। प्रियंकाका
अनुसार उनका आमा-बाबु पनि उनको विवाहका लागि तयार छन् तर उनले मिष्टर राइट
भने फेला पारिसकेकी छैनन्। यही नै आफ्नो विवाहको प्राविधिक समस्या भएको
प्रियंकाको भनाइ छ।
सेक्स र सिगरेटमा भन्दा फेसबुक र ट्वीटरमा आनन्द
इन्टरनेटको दुनियाँसँगै जीवन बिताउन अभ्यस्त भएकाहरुलाई सेक्समा भन्दा सामाजिक संजालमा आनन्द लाग्ने गरेको पत्ता लागेको छ ।
हालै सिकागो बुथ स्कुल अफ बिजनेसले जर्मनीमा एक सातासम्म गरेको
सर्वेक्षणबाट यस्तो रहस्य खुलेको हो । सर्वेक्षणले फेसबुक र ट्वीटरजस्ता
सामाजिक संजालका स्टाटस चेक गर्नु, तस्वीर हेर्नु र कमेन्ट गर्नमा सेक्स र
सिगरेटमा भन्दा ज्यादा आनन्द महसुस गर्ने गरेको निष्र्कष निकालेको समाचार
संस्था एएफपीले जनाएको छ ।
अनुसन्धानकर्ताले १८ देखि ८५ बर्षको उमेरका मानिसमाथि सर्वेक्षण गरेका थिए ।
उनीहरुलाई फेसबुक, ट्वीटर, सेक्स, सिगरेट लगायतका अन्य आनन्द दिने चीजको
र्याङ्कीङ गर्न भनिएको थियो । उत्तरदाताले फेसबुक र ट्वीटरलाई सेक्स र
सिगरेटभन्दा बढि आनन्द दिने वस्तुको सूचीमा राखेका थिए onlinekhabar
सुन्दर र बलियो दाँतका लागि…
दाँतलाई सुन्दर र बलियो राख्नका लागि निम्न कुराहरु अपनाउनु जरुरी रहन्छ ।
* बिहान ब्रस नगरीकन खाने तथा पिउने नगर्ने ।* राती सुत्नुअघि दाँत सफा गर्नु जरुरी छ । नियमित सफाईबाट दाँत सुन्दर तथा
मोतीजस्तै चम्कन्छ ।
* धेरै चकलेट वा गुलियो खानु दाँतको लागि हानिकारक हुन्छ । गुलियो बस्तु
खाएपछि दाँत सफा गर्न बिर्सनुहुँदैन ।
* प्रत्येक भोजन पश्चात औंलाले रगडेर दाँत सफा गर्ने तथा पानीले कुल्ला
गर्नुपर्छ । किनकी दाँतमा अड्केका अन्नका कारण दाँतमा किरा पनि लाग्न
सक्छ ।
* नीमको दतिवनले दाँत सफल गर्दा दाँतलाई बलियो बनाउन सघाऊ पुग्दछ ।
* गाँजर र स्याउ दाँतको लागि उचित फल हो । यसको सेवनबाट दाँतको व्यायाम पनि
हुने गर्छ ।
* शुद्ध तोरीको तेलमा एक चिम्ति नुन मिसाएर हलुका हलुका रगड्ने हो भने
दाँतको गिँजा पुष्ट हुन्छ ।
* दाँतलाई स्वस्थ राख्नका लागि जिँजालाई गिलसिरिनले मालिस गर्नु राम्रो
मानिन्छ ।
*उचित समयमा ब्रस बदल्नु जरुरी रहन्छ । धेरै समयसम्म एउटै ब्रसले दाँत
नमाज्नुहोला । बढीमा तीन महिनासम्म मात्र एउटा ब्रस प्रयोग गर्नुहोला ।
*ब्रसलाई सधैं ढाकेर राख्नुपर्छ । खुला ब्रसका कारण दाँतमा संक्रमण हुन
सक्छ । आफ्नो ब्रस अरु कसैलाई पनि प्रयोग गर्न दिनुहुँदैन ।
*कागतीको बोक्रालाई सुकाएर त्यसमा दुई चम्चा नुन र तीन चम्चा सोडा मिलाउने ।
सो मिश्रणले दाँत सफा गर्दा दाँतको पहेंलोपन हटाउँछ ।
*अमलाको सेवनबाट दाँत चमकदार र स्वस्थ हुन्छ ।
Subscribe to:
Posts (Atom)








