
भक्तपुर, मंसिर ८ - तीनकुने-सूर्यविनायक छ लेन सडकमा अनियन्त्रित सवारी
चलाउनेहरूलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले 'राडर गन'को प्रयोग थालेको छ
। तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक
सप्ताहको पहिलो दिन बिहीबारदेखि यस्तो प्रविधि सुरु गरेको हो ।
यातायात व्यवस्था विभागले ६ लेन सडकको गति प्रतिघन्टा ६० तोकेको छ ।
त्यसभन्दा बढी कुदाउनेलाई बिहीबारदेखि नै कारबाही थालिएको छ । महानगरीय
ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रहरी...