Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label twitter. Show all posts
Showing posts with label twitter. Show all posts

सेक्स र सिगरेटमा भन्दा फेसबुक र ट्वीटरमा आनन्द

इन्टरनेटको दुनियाँसँगै जीवन बिताउन अभ्यस्त भएकाहरुलाई सेक्समा भन्दा सामाजिक संजालमा आनन्द लाग्ने गरेको पत्ता लागेको छ ।
हालै सिकागो बुथ स्कुल अफ बिजनेसले जर्मनीमा एक सातासम्म गरेको सर्वेक्षणबाट यस्तो रहस्य खुलेको हो । सर्वेक्षणले फेसबुक र ट्वीटरजस्ता सामाजिक संजालका स्टाटस चेक गर्नु, तस्वीर हेर्नु र कमेन्ट गर्नमा सेक्स र सिगरेटमा भन्दा ज्यादा आनन्द महसुस गर्ने गरेको निष्र्कष निकालेको समाचार संस्था एएफपीले जनाएको छ । अनुसन्धानकर्ताले १८ देखि ८५ बर्षको उमेरका मानिसमाथि सर्वेक्षण गरेका थिए । उनीहरुलाई फेसबुक, ट्वीटर, सेक्स, सिगरेट लगायतका अन्य आनन्द दिने चीजको र्‍याङ्कीङ गर्न भनिएको थियो । उत्तरदाताले फेसबुक र ट्वीटरलाई सेक्स र सिगरेटभन्दा बढि आनन्द दिने वस्तुको सूचीमा राखेका थिए onlinekhabar

टि्वटरका प्रयोगकर्ता आधा अर्ब


माइक्रोब्लगिङ साइट टि्वटरका प्रयोगकर्ताको संख्या ५० करोड नाघेको छ। सामाजिक संजालहरूको अनुगमन गर्ने संस्था सेमिओकाष्टले हालै  सार्वजनिक गरेको तथ्यांकले ५१ करोड ७० लाख टि्वटर अकाउन्ट रहेको देखाएको हो। १ सय ४० शब्दसम्मको छोटा सन्देश तथा टिप्पणीका  लागि लोकप्रिय संजाल टि्वटरका प्रयोगकर्ता अमेरिकामा सबैभन्दा बढी छन्। अमेरिकनले नै सबैभन्दा बढी टि्वट्स पनि गर्ने गरेका छन्। पेरिस मुख्यालय रहेको संस्थाले समय, भौगोलिक क्षेत्र तथा भाषा आदि कुरालाई आधार मानेर तयार पारेको प्रतिवेदनअनुसार अमेरिकामा मात्र  १४ करोड १० लाख टि्वटर प्रयोगकर्ता छन्। ब्राजिल टि्वटर प्रयोगकर्ताका हिसाबमा दोस्रो स्थानमा छ। ४ करोड १० लाख ब्राजिलियनले टि्वटर अकाउन्ट खोलेका छन्। साढे ३ करोड प्रयोगकर्ताका साथ जापान तेस्रो स्थानमा छ।

टि्वटरमा गरिने टि्वट्सलाई विश्लेषण गर्दा अमेरिकनहरूले जम्माजम्मी टि्वटमध्ये एक चौथाइ भन्दा बढी टि्वट गर्छन्। २५ दशमलव ८ प्रतिशत टि्वट अमेरिकाबाट हुने गरेको छ। टि्वटिङको हिसाबमा जापान दोस्रो स्थानमा छ र कुल टि्वटमध्ये १० दशमलव ६ प्रतिशत  जापानीले गर्ने गरेका छन्। त्यस्तै सबै भन्दा सक्रिय प्रयोगकर्ता भने इन्डोनेसियाका जकार्तावासी हुन्।अध्ययनले पछिल्लो समयमा अरब  मुलुकहरूमा पनि टि्वटर निकै लोकप्रिय हुँदै गएको देखाएको छ। त्यसैले अरबी भाषा टि्वटरमा प्रयोग हुने मुख्य भाषामध्ये छैटौँ स्थानमा पर्न  सफल भएको छ। नेपालमा पनि झन्डै १० लाख टि्वटर प्रयोगकर्ता रहेको विश्वास गरिन्छ।