Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label missing. Show all posts
Showing posts with label missing. Show all posts

पुतली छोए आँखाको ज्योति गुम्ला है…

बत्तीमा झुम्मिरहेका सेता पुतली राम्रो लाग्यो भन्दैमा हातले टिप्ने गल्ती नगर्नुहोला । त्यस्तै पुतलीको सम्पर्कबाट आँखाको ज्योतिसमेत गुम्ने सापु रोगका विरामी राजधानी लगायत देशका विभिन्न जिल्लामा ठूलो संख्यामा भेटिएका छन् ।

butterflyतिलगंगा आँखा अस्पतालमा मात्रै भदौयता १५ जनाभन्दा बढी यस्ता विरामी भर्ना भइसके । तीमध्ये पाँच जनाको मात्रै उपचारपछि सुधार भइरहेको छ । आधाभन्दा बढीको ज्योतिनै गुमेको तिलगंगाकी सापु विशेषज्ञ डा. अनु मानन्धरले बताइन् । बिरामीमध्ये अधिकांश बालबालिका रहेको नागरिक दैनिकमा खबर छ ।
 
 
पुतलीका पखेटा र शरीरबाट झर्ने सेता झुस आँखाको सम्पर्कमा आएर यो रोग सल्किन्छ । चिप्रा नखाए पनि आँखा रातो भएर आउँछ । विस्तारै आँखाको कालो भागमा पिप भरिन थाल्छ । त्यसपछि पूरै पिप भरिन्छ । यसले आँखाको पर्दा र नसा लगायत महत्वपूर्ण भागमा असर पुर्‍याउँछ । उपचार गर्न आएका मध्ये धेरैको भित्री भागसम्म रोग फैलिसकेको थियो । केहीमा अघिल्लो भाग र रेटिनामा मात्रै असर थियो । यस्ता खालका पुतली असोजदेखि मंसिरसम्म बढी देखिन्छन् ।

बाडुली सम्झना हैन समस्या

आम मानिसमा कुनै न कुनै समयमा भएको वा हुनसक्ने समस्या हो बाडुली । नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झिएको संकेत भन्ने चलन छ । तर, बाडुली कसैले सम्झिएर हैन कि श्वासप्रश्वास नलीमा केही गडबढी भएको अवस्थामा उत्पन्न हुने लक्षण हो । सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ । अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ । ज्वरो आईरहने वा मृगौलामा कुनै गडबडी वा पुरानो रोग भएमा र पानीको कमीका कारण पनि बाडुली लाग्छ । बाडुली लामो समयसम्म लागेमा चिकित्सकको सल्लाह लिनु पर्दछ । सामान्य अवस्थामा बाडुली लाग्यो भने निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ ।
घरेलु उपचार एक÷एक भाग अमला, सुठो र पिपलको धुलोमा तीन भाग खाँड मिसाएर आधा चम्चा महसँग चाट्ने र केराको जराको रसमा थोरै मिस्री मिलाएर पिउने अलैँची पिसेर मिस्रीको चास्नीमा राखेर चाट्ने एक लिटर उमालेको पानीमा एक तोला रायो मिलाउने र तैरिन दिने, रायो पिँधमा बसेपछि पानी पिउने हरियो पुदिना एक कचौरा पानीमा पिसेर थोरै मिस्री मिलाई छानेर पिउने तातो दुधमा गाईको घिउ राखेर पिउने कागतीको रसमा मह र बिरेनून मिसाई खाने । ताजा अदुवा चुसिरहने । प्राणायाम, व्यायाम प्रशस्त गर्ने ।