 आजकल धेरैलाई एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन नम्बरहरु सार्नुपर्छ । तर,
 मोबाइलबाट मोबाइलमा नम्बर सार्नु त्यति सजिलो छैन ।
अधिकांशले एक-एक गर्दै फोन नम्बरहरु सेभ गर्छन, जुन निकै लामो समय लाग्छ । 
आज हामी तपाईलाई एक मोबाइलमा रहेको फोन नम्बरहरु अर्को मोबाइलमा सार्ने 
सजिलो तरिका सिकाउँदैछौं ।
यदि तपाईको नम्बरहरुको लिस्ट निकै सानो छ भने सिम कार्डको प्रयोग गर्न 
सक्नुहुन्छ । यसका लागि तपाई आफ्नो फोनमा रहेका सबै नम्बरहरुलाई सिममा सेभ 
गर्नुहोस् । त्यसपछि त्यस सिमलाई अर्को मोबाइलमा हाल्नुहोस र नम्बरहरुलाई 
सेभ गर्नुहोस् ।

सेभ गर्नुहोस् ।१. सबैभन्दा पहिले कन्ट्याक्ट अपरेसनमा गएर मुभ कन्ट्याक्ट अप्सन रोन्नुहोस् ।
२. यदि तपाई आफ्नो मोबाइल सेटमा सिममा सेभ गर्न चाहनुहुन्छ भने कपी कन्ट्याक्ट अप्सन छान्नुहोस् ।
३. त्यसपछि फोन टु सिम अप्सनमा क्लिक गर्नुहोस् ।
४. जब तपाई फोन टु सिम अप्सनमा क्लिक गर्नुहुन्छ, तपाईको मोबाइलमा रहेका 
फोन नम्बरहरु छन् त्यसको जानकारी दिन्छ । ओके अपसन छानेपछि मोबाइलमा रहेका 
सबै नम्बरहरु तपाईको सिममा सेभ हुन्छन् ।
यखि तपाईको धेरै नम्बरहरु छन् र पहिलो तरिकाबाट नम्बरहरु एक मोबाइलबाट 
अर्को मोबाइलमा लैजान सकिएन भने कम्प्युटरबाट गर्न सकिन्छ । त्यसका लागि 
तपाईले सबैभन्दा पहिले आफ्नो पीसीमा नोकिया ओवीआई पीसी सूट इन्स्टल 
गर्नुपर्छ । नोकिया पीसी सूटबाट तपाई नोकियाको सेटमा रहेका नम्बरहरु 
ब्लाकबेरी र अन्य कुनै फोनमा सार्न सक्नुहुनेछ । यदि तपाई ब्लाकबेरी प्रयोग
 गर्नुहुन्छ भने ब्लाकबेरी डेस्कटप म्यानेजरबाट पनि नम्बरहरु सार्न 
सक्नुहुनेछ ।
१. सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा नोकिया पीसी सूट इन्स्टल गर्नुहोस् ।
२. अब डाटा केबलको मदतबाट फोनको पीसीमा तपाईले केहीबेर अघि इन्स्टल गरेको 
पीसी सूटलाई कनेन्ट गर्नुहोस् ।
३. जब पीसी सूटसँग तपाईको फोन कनेक्ट हुन्छ, तपाईको सबै नम्बरहरु स्वत पीसी
 सूटमा आउँछ ।
४. अब उक्त फोनलाई पीसी सूटबाट हटाएर अर्को फोन कनेक्ट गर्नुहोस् र पीसी 
सूटमा सेभ भएका सबै नम्बरहरु कपी गर्नुहोस् ।