सोनीले यी हेडफोनको एमडीआर १,
एमडीआर–१० आर एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३ को भारतमा लन्च गरेको हो। पछिल्लो
पटक सोनी, सामसुङ लगायतका स्मार्ट फोन कम्पनीहरुले भारतलाई केन्द्र बनाउन
थालेका छन्, यसैको पछिल्लो उदाहरण सोनी हो। एमडीआर १ र एमडीआर–१० आरको
मुल्य २४ हजार पर्ने छ। एमडीआर १ हेडफोनमा एडभान्स फिचर्स जस्तै बीट
रेस्पोन्स कन्ट्रोल, डिजिटल नोइज कन्ट्रोल, डिजिटल इकोलाइजर र इम्प्लीफायर
राखिएको छ।
एमडीआ–१० आरको कम्पनीले डिजिटल ब्लुटुथ हेडफोनको रुपमा
लन्च गरेको छ। एनडब्ल्यूजेड–डब्ल्यूएच३०३ लाई थ्री इन वन हेडफोनको रुपमा
प्रयोग गर्न सकिन्छ। यसको तीन अलग अलग मोड म्यूजिक प्लेयर, स्पीकर र
हेडफोनको रुपमा प्रयोग गर्न सकिन्छ। कम्पनीले एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३को
मूल्य १४५०० तोकेको छ।
Showing posts with label intresting. Show all posts
Showing posts with label intresting. Show all posts
Now Upgrade to 3G absolutely free...
12:55 PM
3g, Computer, connect, election, electricity, free, Intertentment, intresting, Iphone, IT, Mobile, network, NTC, smartphone, Tablet, tips, walkman, water
No comments
सोनीको थ्री इन वन हेडफोन
8:21 PM
celebrated, ericsson, fablet, game, intenet, intresting, Ipad, Iphone, Mobile, sony, Tablet, technology
No comments
नयाँ दिल्ली–सोनीले एड्भान्स
फिचर्स सहित तीन नयाँ हेडफोन लन्च गरेको छ। जस मध्ये एक हेडफोनको प्रयोग
तीन कामको लागी गर्न सकिन्छ। अर्थात सोनीले थ्री इन वन हेडफोन ल्याएको छ।
म्युजिकका सौखिनका लागि सोनीको यो नयाँ हेडफोन निकै उपयोगी छ। यो हेडफोनको
प्रयोग स्मार्टफोन, ट्याब्लेट, फैवलेटमा प्रयोग गर्न सकिन्छ।
सोनीको ‘वाटर प्रुफ’ मोबाइल नेपाल भित्रियो, मूल्य कति ?
8:41 PM
android, dust, google, Images, intenet, Intertentment, intresting, Ipad, Iphone, IT, language, Mobile, smartphone, sony, technology, water, xperia, Xperia Z
No comments
काठमाडौं, वैशाख ९ । नेपालका लागि
सोनी मोबाइलको अधिकृत विक्रेता हिमा ट्रेड लिङ्कले सोनीका नयाँ मोबाइल
नेपाली बजारमा भित्र्याएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी
सोनीका नयाँ मोबाइल एक्सपेरिया जेट सेरिज, जे सेरिज, एक्सपेरिया गो, इ
ड्वेएल लगायतका बारेमा विस्तृत जानकारी गराइएको हो ।
सोनीका यी मोबाइलहरु उच्च प्रविधियुक्त हुनुका साथै मूल्य प्रतिस्पर्धि भएको कम्पनीको दाबी छ । एक्सपेरिया जेट सेरिज सेट ‘वाटर प्रुफ’ समेत रहेको छ ।
मोबाइलमा नौला प्रविधिको प्रयोग भएकाले युवावर्गले मन पराउने कम्पनीको विश्वास छ । एक्सपेरिया जेट सेरिजको नेपाली बजार मूल्य ६७ हजार, जे सेरिजको २५ हजार, एक्सपेरिया गो सेरिजको २५ हजार, इ ड्वेएल सेरिजको १७ हजार र इ सेरिजको १५ हजार रहेको छ ।

यस्तो छ सामसुङको ग्यालेक्सी एस ४
5:48 PM
adroid, galaxy, Intertentment, intresting, Iphone, live, Mobile, navigation, nepali model, network, operating, s 3, s 4, samsung, sim, smartphone, sms, Tablet
No comments
न्युयोर्क, चैत २ (एजेन्सी) - प्रविधि क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा
रहेको सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ४ बिहीबार राति न्युयोर्कमा
सार्वजनिक गरिएको छ। सामसुङको यो नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो
मोडल अर्थात् एस ३ भन्दा खासै फरक देखिँदैन। तर यसमा सुविधाहरु थपिएका छन् र
आकारप्रकारमा पनि सामान्य परिवर्तन गरिएको छ।
के छ नयाँ?
एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्क्रिन छ। स्मार्टफोनमा
यस्तो सुविधा दिने एस ४ पहिलो हो। पुरानो मोडलभन्दा यो अलि अग्लो भए पनि
पातलो र हलुका छ। यसको बाहिरी संरचना प्लास्टिकबाट बनेको छ।
एक्जिनोस ५ वा क्वालकम स्न्यापड्रागन एस ४ प्रो प्रोसेसरसहितको यो
स्मार्टफोनमा २ जीबीको र्यारम हुनेछ। १६,३२ वा ६४ जीबीको स्टोरेज मोडलमध्ये
छान्न पाइनेछ। साथमा एस सिरिजका मोबाइलमा अघि नभएको माइक्रो एसडी कार्ड
स्लट पनि यसमा हुनेछ।
फोटोमा नयाँ सुविधा
स्मार्टफोनमा धेरै प्रयोग हुने एउटा सुविधा क्यामेरा हो। यसैलाई ध्यानमा
राख्दै एस४ ले फोटोमा नयाँ सुविधाहरु दिएको छ। उदाहरणका लागि इरेजर मोडले
धेरै वटा फोटो खिच्ने, त्यसपछि आफै ब्याकग्राउन्ड मोसन बुझेर हटाइदिने काम
गर्छ। डुअलसटले एकै पटक अगाडि र पछाडिका क्यामेराले फोटो खिच्न सक्छ।
ड्रामासटले फोटोको शृङ्खला खिची त्यसलाई एउटैमा ओभरल्याप गर्न मिल्छ।
उदाहरणका लागि कुनै मान्छे उफ्रँदै गर्दाको विभिन्न चालका फोटो एउटै फोटोमा
देख्न सकिनेछ। त्यसैगरी सिनेमा फोटो पनि रमाइलो छ। यसमा शृङ्खलावद्ध फोटो
खिची फोटोको एउटा भागलाई चल्ने बनाउने र बाँकी जस्ताको तस्तै अडिने बनाउन
मिल्छ। उदाहरणका लागि असनको भिडमा एक युवती हिँड्दै गरेको, बाँकी सब
अडिरहेको गर्न मिल्छ।
छुनै पर्दैन
ग्यालेक्सी एस ४ मा एन्ड्रोइड ४.२.२ सफ्टवेयर राखिएको छ। गुगलको मोबाइल
अपरेटिङ सिस्टमको यो सबैभन्दा पछिल्लो संस्करण हो। सन्देश र इमेल निश्चित
भाषाबाट निश्चित भाषामा अनुवाद गर्ने सुविधा यसमा छ। अहिलेलाई नेपालीमा
अनुवाद गर्ने सुविधा भने छैन।
त्यसैगरी यसमा एयर जेस्चर्सको नयाँ सुविधा थपिएको छ। फोनलाई नछोइकनै
फोनमाथिबाट औँलाले दिएको इशारा फोनले बुझ्नेछ। मानौँ तपाईँ मोबाइलमा कुनै
पेज हेरिरहनुभएको छ र त्यसलाई पल्टाउन चाहनुहुन्छ भने नछोइकनै इशाराकै भरमा
गर्न सक्नुहुन्छ।
त्यस्तै स्मार्ट पज र स्मार्ट स्क्रोलको पनि सुविधा छ। मोबाइलमा कुनै
भिडियो हेरिरहनुभएको छ र बीचमा तपाईँको आँखा मोबाइलमा नभई अर्कै ठाउँतिर
भयो भने तपाईँले अर्कोतिर हेर्दा भिडियो रोकिनेछ र फेरि मोबाइलमा हेरेपछि
सुचारु। अहिलेलाई यो सुविधा परीक्षणका रुपमा यसमा राखिएको छ।
तपाईँको स्वास्थ्य निगरानी
२४ सै घण्टा तपाईँको साथमा रहने मोबाइललाई स्वास्थ्य निगरानी उपकरणका रुपमा
समेत उपयोग गर्न सकिन्छ कि भन्दै एस ४ ले महत्त्वाकांक्षी सुविधा थपेको छ।
एस हेल्थ नाममा यसले विभिन्न थप उपकरणसमेतको सहयोगमा तपाईँको वरपरको
वातावरण, तपाईँको एक्सरसाइज, तापक्रम आदि निगरानी गर्नेछ।
रिमोटका रुपमा मोबाइल
सामसुङको वाच अन एपसँग पेयर गरेपछि मोबाइललाई तपाईँ रिमोटका रुपमा समेत
प्रयोग गर्न सक्नुहुनेछ। ग्रुप प्लेका रुपमा एउटा अर्को सुविधा पनि रमाइलो
छ। ब्लुटुथ वा वायरलेस एक्सेस प्वाइन्टबिना नै एस ४ मोबाइलहरुमा एउटै गीत
सुन्न सकिन्छ। त्यसैगरी ग्रुप गेम पनि खेल्न सकिन्छ।
१५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ।
कोठीको रोचक कहानी
कोठीको रोचक कहानी
दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ ।
यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण
मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् ।
यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ :-
निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।
चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् ।
दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् ।
बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।
ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ ।
कानमा कोठी हुनेको आयू छोटो हुन्छ ।
गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।
दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।
बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।
नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ ।
दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम
गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।
कम्मरमा कोठी हुने रोगी हुन्छन् ।
पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।
दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।
बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
पाठकवृन्द तपाइँको सरीरको कुन भागमा कोठी छ ह ?
यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ :-
निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।
चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् ।
दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् ।
बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।
ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ ।
कानमा कोठी हुनेको आयू छोटो हुन्छ ।
गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।
दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।
बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।
नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ ।
दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।
कम्मरमा कोठी हुने रोगी हुन्छन् ।
पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।
दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।
बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
पाठकवृन्द तपाइँको सरीरको कुन भागमा कोठी छ ह ?
Subscribe to:
Posts (Atom)