
१३ वैशाख (रासस÷एएनआई)
विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।
“म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ । सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको...