Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

आज पृथ्वी र सूर्य सबैभन्दा नजिक

आज पृथ्वी र सूर्य सबैभन्दा नजिक

अन्तरीक्ष विज्ञानमा चासो राख्नेहरुका लागि आज बुधबारको दिन विशेष दिन हो । विशेष दिन यो मानेमा की आज पृथ्वी सूर्यको सबैभन्दा नजिक पुग्नेछ ।
बिहान झण्डै साढे १० बजेतिर पृथ्वी सूर्यको सबैभन्दा नजिक हुनेछ । उक्त समयमा पृथ्वी र सूर्यको दुरी १४.७ करोड किलोमिटर हुनेछ ।

स्मरण रहोस् हरेक वर्ष जनवरी महिनामा पृथ्वी र सूर्यबीचको दुरी सबैभन्दा कम हुन्छ जसलाई पेरिहिलियन भनिन्छ । जबकी जुलाई महिनामा सूर्य र पृथ्वीबीचको दूरी सबैभन्दा बढि हुन्छ जसलाई एपिहिलियन भनिन्छ । यो वर्ष
आउँदो जुलाई ५ मा पृथ्वी र सूर्यबीचको दूरी सबैभन्दा बढि हुनेछ ।

How to see Expiry Date of your NTC ADSL line

ntc adsl
NTC has provided to check your Nepal telecom’s ADSL expiry date in your Mobile. so To check the expiry date of ADSL Package,You have to send SMS to 1400 with following Format.
The SMS Format is : ADSL space Your Number

हलिउड ब्लकबस्टर

हलिउडमा हरेक वर्ष सयौं चलचित्र निर्माण हुने गरेका छन्। केही चलचित्र यस्ता पनि हुन्छन्, जुन मात्र अमेरिकामा सार्वजनिक गरिन्छन्।  विश्वभरि एकसाथ सार्वजनिक गरेर दर्शकको मन जित्दै व्यवसाय गर्न सफल सर्वोत्कृष्ट दस चलचित्रः

द डार्क नाइट राइजेज

कमिक्स चरित्र ब्याटम्यानलाई मुख्य पात्र बनाएर निर्माण गरिएको 'द डार्क नाइट' श्रृंखलाको २०१२को संस्करणले अरू सुपरहिरोहरूलाई  पछाडि पार्‍यो। क्रिस्टोफर नोलनको निर्देशनमा बनेको यो चलचित्र अमेरिकामा सार्वजनिक भएको एक सातापछि विश्वभरि सार्वजनिक गरिएको  थियो। बब केनद्वारा सिर्जना गरिएको व्याटम्यान पात्रले यसपटक आतंकबादको अन्त्य गर्छ। क्रिस्टिन बेल, थोम हार्डी, एनी हाथवे आदि  कलाकारले अभिनय गरको यो चलचित्र १ अर्ब ८१ लाख डलरभन्दा बढी संकलन गर्न सफल भयो।

द एम्याजिङ स्पाइडर म्यान

माकुराको टोकाइबाट आफूमा माकुराको शक्ति आएपछि बनेको माकुरो मान्छे अर्थात् 'स्पाइडर म्यान'का अघिल्ला श्रृंखलाहरूसँग 'द एम्याजिङ्  स्पाइडर म्यान'को कुनै सम्बन्ध छैन। त्यसैले यसमा पिटर पार्कर भन्ने एउटा साधारण युवक स्पाइडर म्यान बनेको कुराहरूलाई बिशेष  ढंगबाट देखाइएको छ। यसमा खलपात्र डाक्टर कोनोरसँग उसको द्वन्द्व देखाइएको छ। मार्क बेबले निर्देशन गरेको यो चलचित्रमा एन्ड्रयु गाफिर् ल्ड, एम्मा स्टोन, रहेन्स इफान्सका साथ भारतीय कलाकार इरफान खानको मुख्य भूमिका छ। यो चलचित्रले बक्स अफिसमा ७५ करोड २  लाख डलरभन्दा बढि संकलन गरेको छ।

द एभेञ्जर्स

सुपरहिरोहरूलाई एकसाथ देखाइएको यो चलचित्र बालबालिकाहरूका साथै वयस्कहरूका लागि पनि मनोरञ्जक बन्यो। अर्को ग्रहबाट आएको  लोकी र उसको सैन्य दस्ता पृथ्वीलाई ध्वस्त पार्ने अभियानमा हुन्छ। त्यति नै बेला केही सुपरहिरोले उसको अभीष्ट पूरा हुन दिँदैनन्। एक्सन  तथा एडभेञ्चरको श्रेणीमा राखिएको यो चलचित्रका निर्देशक जोस ह्वेडन हुन्। रोबर्ट डाउने जुनियर, क्रिस इभान्स, स्कारलेट जोहान्सन, जेरे मी रिनर आदि अभिनेता-अभिनेत्रीहरूले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रले १ अर्ब ५१ करोड डलरभन्दा बढीको व्यवसाय गरेको छ।

द हङ्गर गेम्स

लेखक सुजाने कोलिन्सको उपन्यासमा आधारित यो चलचित्र पानाम नाम दिइएको एउटा देशमा हुने डरलाग्दो चलनमा आधारित छ। जहाँ १२  वर्षदेखि १८ वर्षसम्मका किशोर-किशोरीहरू ज्यानकै बाजी राखिने एउटा खेल खेल्छन्, जुन खेललाई 'हङ्गर गेम' भनिएको छ। एउटी १२ वर्षीया किशोरीले खेलमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई सखाप पार्दै बाजी मारेपछि चलचित्र सकिन्छ। यो चलचित्रका निर्देशक गेरी रोज हुन्। यसमा जे निफर लोरेन्स, जोश हचरसन, लियाम हेम्सवर्थ, वुडी हारेल्सन आदि कलाकारले अभिनय गरेका छन्। यो चलचित्रले ६८ करोड ६ लाखभन्दा  बढी डलर कमाएको छ।

म्यान इन ब्ल्याक थ्री

अभिनेता तथा गायक विल स्मिथको श्रृंखलाबद्ध एक्सन चलचित्र 'एमआइबी' अर्थात 'म्यान इन ब्ल्याक'को तेस्रो सिक्वेलका मुख्य पात्रहरू  यसपटक टाइम मेसिनको यात्रा गरेर १९६८मा घटेको एउटा घटनालाई रोक्छन् र इतिहास बदल्छन्। १९६८ मा अन्य ग्रहबाट आएका  एलिएन्सले केही विध्वंस मच्चाएको हुन्छ। वील स्मिथका साथ टोमी ली जोन्स, जोस ब्रोलिन आदि कलाकारले अभिनय गरेको यो चलचित्रका  निर्देशक बेरी सनेनफिल्ड हुन्। यो चलचित्रले बक्स अफिसमा ६२ करोड ४ लाख डलरभन्दा बढी कमाएको छ।

द टि्वलाइट सागाः ब्रेकिङ् डाउन टु

प्राणीहरूको गर्धनमा दाँत गाढेर रगत चुस्ने चमेरोका मानवरूपी जादुयी शैतानहरू अर्थात् 'भ्याम्पायर' का दुई वर्गलाई टि्वलाइट सागाका श्रृंखलाहरूमा देखाइएको छ। युवाहरूको ढुकढुकी बनेका अभिनेत्री क्रिस्टन स्टेवार्ट र रोवर्ट पेटिन्सनबीचको प्रेमसम्बन्धलाई चलचित्रको मूल कथा  बनाइएको छ। साधारण मानव क्रिस्टन र भ्याम्पायर मानव रोबर्टबीच प्रेम विवाहपछि छोरी जन्माउने बेला क्रिस्टन मर्छिन्। उनको गर्धनमा दाँत गाढेर रोबर्टले उनलाई पनि भ्याम्पायर बनाउँछ। मानव र भ्याम्पायरबीचको सम्बन्धबाट जन्मिएको बालिका आफ्नो जातिका लागि घातक  हुने भन्दै भ्याम्पायरको अर्को समूहले उनलाई समाप्त गर्न खोज्दा रोबर्ट र क्रिस्टनले सहयोगीहरूको साथमा बालिकालाई जोगाउँछन्। बिल  कोन्डोनको निर्देशनमा बनेको यो चलचित्रले ७९ करोड ४ लाख डलरभन्दा बढी संकलन गरेको छ।

ब्रेभ

स्कटल्यान्डको शाही परिवारकी राजकुमारीले जन्मदिनमा उपहार पाएको बिशेष किसिमको धनुष वाणले एक जनाको हत्या गरेपछि उनको  पछाडी भिमकाय भालु र अन्य लडाकुहरू लाग्छन्। उनीहरूबाट बच्दै ती लडाकु राजकुमारीले कसरी आफ्नो अस्तित्व जोगाउँछिन् भन्ने कुरा  एनिमेटेड चलचित्र 'ब्रेभ'मा देखाइएको छ। मार्क एन्ड्रयु र ब्रेन्डा च्याम्पम्यानले संयुक्त रूपमा निर्देशन गरेको यो चलचित्रले ५३ करोड ५  लाखभन्दा बढी संकलन गरेको छ।

यी दश चलचित्रबाहेक हलिउडमा यो बर्ष 'द होबिटः एन अनएस्पेक्टेड जर्नी', 'द एक्सपेन्डेबल टु', 'घोस्ट राइडरः स्प्रिट अफ भेन्जेन्स', 'वर्थ  अफ टिटान्स', 'जोन कार्नर', 'प्रोमेथस', 'लिंकन', 'लाइफ अफ पाइ', 'जर्नी टु' आदि चलचित्रले पनि गतिलै रकम संकलन गरेका छन्। यस  अर्थमा यी सबै चलचित्र पनि सुपरहिट हुन्।

आइस एजः कन्टिनेन्टल ड्राफ्ट

एनिमेटेड थ्री-डी चलचित्र 'आइस एजः कन्टिनेन्टल ड्राफ्ट'को यो चौथो श्रृंखलाले अघिल्ला तीन श्रृंखलाजत्तिकै चर्चा कमायो। पृथ्वीको  आदिकालमा एउटा हात्तीजस्तो देखिने प्राणी 'म्यानी' का दुई मित्र बाघजस्तो देखिने 'डियगो' र जंगली बिरालोजस्तो देखिने 'सिड'लगायतका  अनौठा जीवहरूसँगको रमाइला प्रसंगहरूमा चलचित्र 'आइस एज' केन्द्रित छ। यसपटक यी तीनैवटा प्राणी संसार ध्वस्त भएर चारैतिर  जलमग्न भएपछि बरफको ठुलो टुक्रामा जहाजजस्तै तैरिँदै साहसिक यात्रा गर्छन्। जुन रोचक र रोमान्चक हुनुका साथै दर्शकका लागि  मनोरञ्जक बन्यो। स्टिभ मार्टिनो तथा माइक थुर्मिरले निर्देशन गरेको यो चलचित्रले ८७ करोड ५ लाखभन्दा बढी डलर संकलन गरिसकेको छ।

मेडागास्कर थ्रीः युरोप्स मस्ट वान्टेड

एनिमेटेड थ्रीडी चलचित्रहरूको सिक्वेलका रूपमा आएको 'मेडागास्कर थ्रीः युरोप्स मस्ट वान्टेड' मा पनि अघिल्ला श्रृंखलाहरूमा झैं 'एलेक्स'  सिंह, 'मार्टी' जेब्रा, 'ग्लोरिया' जिराफ र 'मेलमन' जलगैंडाका कर्तुत तथा मुर्खता हेर्न पाइन्छ। न्युयोर्क सहरको चिडियाखानाबाट फरार यी प्राणी  यसपटक घुम्दा घुम्दै युरोपको सर्कसमा पुग्छन्। जहाँबाट उनीहरू फेरि न्युयोर्कमै पुग्न चाहन्छन्। यो चलचित्र त्यही रमाइलो यात्रामा आधारित  छ। इरिक डार्नेल र टम मेम्ग्रेथको संयुक्त निर्देशनमा निर्माण भएको यो चलचित्रले हलिउडको बक्स अफिसमा ७४ करोड २ लाख डलरभन्दा  बढि संकलन गरयो।

स्काइफल

निडर जासुस जेम्स बोन्डको २३औं श्रृंखलाका रूपमा यो वर्ष सार्वजनिक भएको चलचित्र 'स्काइफल'मा एम१६ भन्ने तत्वको आक्रमणबाट  बचाउन जेम्स बोन्डले विभिन्न किसिमका चलाखी अपनाउँछन्। डेनियल क्रेगले जेम्स बोन्डको भूमिका निर्वाह गर्न थालेको यो तेस्रो अवसर  हो। साम मेन्डेसले निर्देशन गरेको यो चलचित्रले ९७ करोड २९ लाख डलरभन्दा बढी कमाइ गरेको छ।

Yomari punhi

Yomari punhi is a Newari festival marking the end of the rice harvest. It takes place during the full moon in December

.

Yomari Punhi, meaning full moon of yomari-one of the popular Newar festivals, is observed every year during the full moon of December. A yomari is a confection of rice-flour (from the new harvest)dough shaped like fig and filled with brown cane sugar and sesame seeds, which is then steamed. This delicacy is the chief item on the menu during the post-harvest celebration of Yomari Punhi. On this full moon day, people of the Kathmandu Valley offer worship to Annapurna, the goddess of grains, for the rice harvest. Groups of kids go neighborhood to beg yomari cakes from housewives in the evening. Sacred masked dances are performed in the villages of Hari Siddhi and Thecho at the southern end of the Valley to mark the festival.

तपाईंको कम्प्युटरको Speed बढाउने केही Tips हरु

तपाईंको कम्प्युटरको Speed बढाउने केही Tips हरु
==========================

१) सर्वप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रोसँग PC लाई Bootup हुन दिनुस् ।

२) कुनै पनि Application बन्द गरी सकेपछि आफ्नो Desktop लाई एकपल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove
हुन्छ ।

३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नु नै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।

४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सकेसम्म Desktop लाई Clean नै राख्नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।

५) Recycle Bin लाई बेला बेलामा Empty गरी राख्नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लिइराखेको हुन्छ ।

६) temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।

७) आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सकेसम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सकेसम्म C Drive लाई खाली नै राख्नुस् ।

८) जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यी Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुनसक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Install गरी सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।

९) आफ्नो कम्प्युटरलाई धुलोबाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

"यी साधारण Tips हरुलाई बिचार पुर्‍याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।"

MC_Training Picnic

Merry Christmas 2012

Happy Christmas Day
Tis blessed to bestow, and yet.
Could we bestow the gifts we get.
And keep the ones we give away.
How happy were our Christmas day!

Click Here For More X-mas SMS Message