माइक्रोब्लगिङ साइट टि्वटरका प्रयोगकर्ताको संख्या ५० करोड नाघेको छ।
सामाजिक संजालहरूको अनुगमन गर्ने संस्था सेमिओकाष्टले हालै सार्वजनिक
गरेको तथ्यांकले ५१ करोड ७० लाख टि्वटर अकाउन्ट रहेको देखाएको हो। १ सय ४०
शब्दसम्मको छोटा सन्देश तथा टिप्पणीका लागि लोकप्रिय संजाल टि्वटरका
प्रयोगकर्ता अमेरिकामा सबैभन्दा बढी छन्। अमेरिकनले नै सबैभन्दा बढी
टि्वट्स पनि गर्ने गरेका छन्। पेरिस मुख्यालय रहेको संस्थाले समय, भौगोलिक
क्षेत्र तथा भाषा आदि कुरालाई आधार मानेर तयार पारेको प्रतिवेदनअनुसार
अमेरिकामा मात्र १४ करोड १० लाख टि्वटर प्रयोगकर्ता छन्। ब्राजिल टि्वटर
प्रयोगकर्ताका हिसाबमा दोस्रो स्थानमा छ। ४ करोड १० लाख ब्राजिलियनले
टि्वटर अकाउन्ट खोलेका छन्। साढे ३ करोड प्रयोगकर्ताका साथ जापान तेस्रो
स्थानमा छ।
टि्वटरमा गरिने टि्वट्सलाई विश्लेषण गर्दा अमेरिकनहरूले जम्माजम्मी टि्वटमध्ये एक चौथाइ भन्दा बढी टि्वट गर्छन्। २५ दशमलव ८ प्रतिशत टि्वट अमेरिकाबाट हुने गरेको छ। टि्वटिङको हिसाबमा जापान दोस्रो स्थानमा छ र कुल टि्वटमध्ये १० दशमलव ६ प्रतिशत जापानीले गर्ने गरेका छन्। त्यस्तै सबै भन्दा सक्रिय प्रयोगकर्ता भने इन्डोनेसियाका जकार्तावासी हुन्।अध्ययनले पछिल्लो समयमा अरब मुलुकहरूमा पनि टि्वटर निकै लोकप्रिय हुँदै गएको देखाएको छ। त्यसैले अरबी भाषा टि्वटरमा प्रयोग हुने मुख्य भाषामध्ये छैटौँ स्थानमा पर्न सफल भएको छ। नेपालमा पनि झन्डै १० लाख टि्वटर प्रयोगकर्ता रहेको विश्वास गरिन्छ।

0 comments:
Post a Comment