Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

गति नाप्न 'राडर गन'

भक्तपुर, मंसिर ८ - तीनकुने-सूर्यविनायक छ लेन सडकमा अनियन्त्रित सवारी चलाउनेहरूलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले 'राडर गन'को प्रयोग थालेको छ । तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक सप्ताहको पहिलो दिन बिहीबारदेखि यस्तो प्रविधि सुरु गरेको हो ।

यातायात व्यवस्था विभागले ६ लेन सडकको गति प्रतिघन्टा ६० तोकेको छ । त्यसभन्दा बढी कुदाउनेलाई बिहीबारदेखि नै कारबाही थालिएको छ । महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मुरारी मिश्रका अनुसार पहिलो दिन १ सय ६० जना कारबाहीमा परेका छन् । त्यसमा मोटरसाइकल बढी छन् । चारपाङ्ग्रेमा खाली मिनिट्रकले तीव्र गतिमा गुडाउने गरेको भेटिएको छ ।

ट्राफिक प्रहरीले पहिलो चरणमा तीव्र गतिमा सवारी चलाउने चालकलाई सय रुपैयाँ जरिवाना गर्ने गरेको छ । राडर गनको टि्रगरलाई औंलाले दबाएपछि त्यसको विकिरण सडकमा गुडिरहेको सवारीमा पर्छ । कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ । एक पटकमा एउटा गाडीको मात्र गति पत्ता लगाउन सकिन्छ । धेरै गाडी गुडेका बेला गति पत्ता लगाउनुपर्दा जुन गाडी तीव्र गतिमा गुड्छ, त्यसको मात्रै स्पिड पत्ता लगाउन सकिने मिश्रले बताए । ६ लेन सडकमा गति पत्ता लगाउन ट्राफिकलाई चारवटा राडर प्रदान गरिएको छ । विद्युतीय शक्तिका लागि ट्राफिकले गाडीको हिटर प्लकमा जोडेर गति पत्ता लगाउने गरेको छ । 'भक्तपुरको सडकमा पिक आवर भन्ने छैन, स्पिड कन्ट्रोल गर्नु चुनौती छ,' उनले भने, 'तीव्र गतिमा गुडाउनेलाई सय रुपैयाँ तिराउँदा जरिवाना गरेको सम्झन सक्छन्, यसलाई कारबाहीका रूपमा लिनुभएन, आपmनै सुरक्षा गरेको सम्झनु पर्‍यो ।' ६ लेनको विभिन्न स्थानमा प्रतिघन्टा ६० किमि गुडाउन बोर्ड राखिएको छ । मोटरसाइकललाई विशेष निगरानी गरेर कारबाही गर्ने ट्राफिकले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखा तथा मातहतका कार्यालयहरूले ट्राफिक सप्ताहको अवसरमा बिहीबार र्‍यालीसमेत निकालेको थियो । शान्तिबाटिकाबाट सुरु भएको र्‍याली भोटाहिटी, असन, इन्द्रचोक, जुद्ध सालिक, न्युरोडगेट, भोटाहिटी हुँदै रत्नपार्कस्थित महानगरीय प्रहरी आयुक्त कार्यालय अगाडिसम्म पुगेको थियो ।

ट्राफिक प्रहरीको गाडी, मोटरसाइकल, घोडचढी, प्रहरी ब्यान्डसहित निस्केको र्‍यालीमा ट्राफिक प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, यातायात व्यवसायी, मजदुरलगायत सहभागी थिए । र्‍यालीमा लाखेनाच, धिमेबाजा पनि प्रस्तुत गरिएको थियो । त्यस्तै चोक-चोकमा ट्राफिक नियमबारे जानकारीमूलक प्रचार वितरण गरिएको थियो ।

0 comments: