मधुमेहको रोगीको आहार केवल पेट भर्ने मात्रै होइन, उस्को शरीरमा ब्लड 
सुगरको मात्रालाई सन्तुलित राख्न सहयोग हुन्छ । यद्यपि यो रोग लागेपछि 
जिन्दगीभरी नै साथै रहन्छ त्यसैले जरुरी छ कि आफ्नो खानपानमा हरेक पल ध्यान
 दिनु पर्छ । प्रायः विरामी ब्लडसुगरको नर्मल रिपोर्ट भएको बेला लापरवाही 
गरेर जेपायो त्यहि खान्छन् र समस्या उत्पन्न हुन्छ । खाँदा वा खान मन 
लाग्दा विचार गर्न नितान्त आवश्यक छ ।इन्सुलिन हार्मोनको श्रावणमा कमी 
हुनाले डायबिटीज रोग हुन्छ । डायबिटीज आनुवांशिक या उमेर बढ्नाले या मोटोपन
 को कारण या तनावको कारणले हुन सक्छ । डायबिटीज यस्तो रोग हो, जस्मा 
व्यक्तिलाई खानापीनमा विशेष ध्यान दिनु आवश्यक छ । गुलियो मिठाई खान मन 
लाग्यो भात खान मन लाग्यो भने अलिकति खाएर के होला र ? यत्ति खाएर के हुन्छ
 र ? भनेर लापरवाही गर्नु समस्यालाई निम्त्याउनु हो । यो रोगीलाई आँखा 
मिर्गौला रोग, सुन्नपन आउनु जस्तो समस्या, कुनै घाउ भएमा निको हुन समय 
लाग्छ ।त्यसैले सदैव यही प्रयत्न गर्नुपर्छ कि ब्लड ग्लूकोज लेवल फास्टिङ्ग
 ७० देखि ११० मिलीग्राम, डीएल र खाना खाएको २ घण्टा पछि १००–१४० मिलीग्राम 
डीएल बनिरहोस् । यस्को लागि खान–पिनमा विशेष ध्यान राख्नुपर्छ । ४५ 
मिनेटदेखि १ घण्टा पैदल हिंड्नु वा प्रणायाम र व्यायाम गर्नुपर्छ अथवा 
शारिरिक परिश्रम गर्नुपर्छ । इन्सुलिन लिने गरेकाले ठिक समयमा औषधी या 
इन्सुलिन लिनुपर्छ । डायबिटिक व्यक्तिलाई आफ्नो तौल अनुसार प्रस्तावित 
क्यालोरीबाट ५ प्रतिशत कम क्यालोरी लिने गर्नुपर्छ ।उदाहरणको लागि यदि 
कसैको लम्बाई ५ फुट ४ इञ्च छ भने उसको आदर्श वजन ५५ केजी हुनुपर्छ । 
व्यक्तिको क्रियाशीलता यदि कम छ भने, जस्तै बसी बसी काम गर्छ भने उसले २४००
 क्यालोरी खानुपर्छ । क्यालोरी भनेको शरीरको लागि आवश्यक उर्जाको मात्रा हो
 जो अन्नहरुबाट प्राप्त हुन्छ डायबिटिक छ भने यस्को ५ प्रतिशत कम अर्थात 
२२८० क्यालोरी आहार उसको लागि ठिक हुन्छ । डायबिटिक व्यक्तिलाई प्रोटीनको 
मात्रा प्रयाप्त हुनुपर्छ, जस्तै दूध, दही, पनीर, अण्डा, सोयाबीन आदि खानु 
राम्रो हुन्छ । यसो गर्नाले हायपोग्लाइसीमिय पनि हुन सक्छ, जस्को लक्षण 
यस्तो छ– (१) कमजोरी हुनु, (२) अत्यधिक भोक लाग्नु, (३) पसिना धेरै आउनु, 
(४) धमिलो देख्नु, (५) हृदयगति बढ्नु, (६) झट्का आउनु वा गम्भीर स्थिति 
भएमा कोमा पनि हुनसक्छ । त्यसैले डायबिटिक व्यक्तिले हरेक पल आफ्नो साथमा 
गुलियो चीज जस्तै ग्लूकोज, चकलेट, गुलियो बिस्कुट जतन गर्नुपर्छ लक्षण 
देखिने बित्तिकै खाइहाल्नुपर्छ । एक सामान्य डायबिटिक व्यक्तिलाई आफ्नो 
आहारमा निम्न कुरामा ध्यान राख्नु पर्छ कि उ केहि केहि खाँदै गर्नुपर्छ 
प्रत्येक दुई घण्टामा । एकै समयमा धेरै नखाने । तारेको खानेकुरा, मिठाइहरु,
 बेकरी को पदार्थबाट टाढै रहनु पर्छ । दूध सँधै पिउनु उत्तम । कम 
क्यालोरीयुक्त खाद्य पदार्थहरुको प्रयोग जस्तै भुटेको चना बोक्रा भएको, 
अंकुरित अन्न, सूप, सलाद आदि धेरै प्रयोग गर्ने । दही (स्किम्ड मिल्क)बाट 
बनाएको खान सकिन्छ । मही वा लस्सी पिउनु सा–है राम्रो हुन्छ ।  मेथी दाना 
(खस्रो पिसेको) १ र २ चम्चा खाना खाएपछि १५–२० मिनेट पहिले लिनाले सुगर 
कन्ट्रोलमा रहन्छ र फाईदा पनि हुन्छ । चोक्कर ननिकालेको गहुँको रोटी खानु 
जाती हुन्छ । घिउकुमारीको गुदी एक–एक चम्चा विहान साँझ खाँदा सुगर 
नियन्त्रण हुन्छ । घीउ र तेलको सेवन दिनभरीमा केवल २० ग्राम (४चम्चा) भन्दा
 धेरै नलिंदा जाती हुन्छ । अतः सबै हरियो तरकारीमा कम भन्दा कम तेलको 
प्रयोग गरेर ननस्टिक कुकवेयरमा पकाउनु राम्रो हुन्छ । हरियो साग वा हरियो 
पात भएको तरकारी खानु स्वास्थ्यको लागि राम्रो हुन्छ ।
 
0 comments:
Post a Comment