Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

नरिवलको पानी पिउनुका फाइदै फाइदा

नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ ।
अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घटाउन समेत नरिवलको पानी कामयाबी हुन्छ ।
अझ गर्भवती महिलाका लागि नरिवलको पानी पिउनै झनै फाइदाजनक हुने बताइएको छ । नरिवलको पानीले महिलामा पूराउने अन्य लाभ यसप्रकार छन्:
  • नरिवलको पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।
  • नरिवलको पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ । यसले ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ । त्यसैले पिसाब सम्बन्धी समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।
  • सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
  • नरिवलको पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ । नरिवलको पानी पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ ।
  • नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।
  • नरिवलको पानी पिउनुको अर्को फाइदा के हो भने यसले योनीको संक्रमण लगायतका कारणबाट योनीमा हुने जलनलाई कम गर्छ । यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।

0 comments: