ब्राजिल, असार १७ । कन्फेडेरेसन कप 
फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली ब्राजिलले जितेको छ । रियो दी 
जेनेरियोस्थित माराकाना रंगशालामा ब्राजिलले दाबेदार स्पेनलाई ३-० ले 
हराएको हो । ब्राजिललाई जिताउन फ्रेडले दुई र निमारले एक गोल गरे । यो समेत
 लगातार तेस्रो पटक कन्फेडेरेसन कपको उपाधि जितेको ब्राजिलले समग्रमा चार 
पटक यो उपाधि चुमेको हो । खेलको ६८ औं मिनेटमा जेरार्ड पिकेले रातो कार्ड 
पाएपछि स्पेन १० खेलाडीमा सिमित भएको थियो । 
उता, तेस्रो स्थानका लागि भएको खेलमा भने इटालीले बाजी मारेको छ । इटालीले उरुग्वेलाई पेनाल्टी सुट आउटमा ३÷२ ले हराएको हो । निर्धारित समयमा दुवै पक्षले २÷२ गोलको बराबरी खेलेका थिए ।
उता, तेस्रो स्थानका लागि भएको खेलमा भने इटालीले बाजी मारेको छ । इटालीले उरुग्वेलाई पेनाल्टी सुट आउटमा ३÷२ ले हराएको हो । निर्धारित समयमा दुवै पक्षले २÷२ गोलको बराबरी खेलेका थिए ।


 






 
0 comments:
Post a Comment