सधै जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर 
चढेसागै ओइलाउँदै जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर 
देखि लिएर फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका 
अनुसार यस्ता कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र
 त्यसको प्रभाव केवल अल्पकालिन मात्र हुन्छ ।
वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही 
कोही मान्छे युवा उमेरमै पाको उमेरको जस्तो देखिन्छन् । बेलायतका शोधकर्ता 
डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र 
तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान
 गरेका छन् । उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने एउटा 
महत्वपूर्ण उपाय नियमित सम्भोग हो । नियमित सेक्सले युवाअवस्था पार गरेका 
महिला र पुरुष दुबै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ । उनका 
अनुसार सहबासका दौरान सरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न सहयोग 
पूराउाछ ।
डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौा 
महिला तथा पुरुषमा अध्ययन गरे । यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका 
महिला पुरुषलाई बढि जवान भएको पाए । उनका अनुसार जवान देखिने ती ४०-५० 
वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे । डेभिड 
भन्छन्, यौन सम्बन्धबाट मिल्ने आनन्द युवावस्थालाई बचाएर राख्ने मुख्य 
अस्त्र हो ।
उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य कस्तो
 छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ । सम्भोगका दौरान भावनाको आवेग बढि 
आउने मानिसको हृदयाघात लगायतका समस्याबाट अकालमा ज्यान जाने सम्भावना ५० 
प्रतिशतले कम हुने यसअघि भारतमा गरिएको अध्ययनले पनि देखाएको थियो । नियमित
 सम्भोग गर्ने मानिस विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित हुने सम्भावना
 विरलै सहबासमा सहभागी हुने मानिस भन्दा निकै कम हुन्छ ।



 






 
0 comments:
Post a Comment