Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

लोडसेडिङ दुई घण्टा घट्यो आगामी चैत २ गतेदेखि


काठमाडौं, फाल्गुन ३० । एसएलसी परीक्षालाई लक्षित गरी नेपाल विद्युत प्राधिकरणले दुई घन्टा लोडसेडिङ घटाएको छ ।
नयाँ तालिका अनुसार अब दैनिक ९ घण्टा विजुली आपुर्ती बन्द हुनेछ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
एसएलसी परीक्षा आगामी चैत ५ गतेदेखि सुरू हुने भएकोले प्राधिकरणले यसको तीन दिन अघिदेखि लोडसेडिङ घटाउन लागेको हो ।
नयाँ तालिका अनुसार आगामी चैत २ गतेदेखि लोडसेडिङ घट्ने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत चुहावट नियन्त्रणमा केही सुधार आएसँगै मध्यमस्ङ्दी लगायतका विद्युत आयोजनामा गरिएको सुधार र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरेर लोडसेडिङ घटाउन लागिएको हो । देशभर अहिले विद्युतको उच्च माग एक हजार दुई सय मेगावाट र आपूर्ति पाँच सय ६५ मेगावाट मात्रै छ । पिक आवरमा छ सय ५० मेगावाट बराबरको अपुग बिजुलीका लागि प्राधिकरणले लोडसेडिङ गर्दै आएको छ ।

0 comments: