Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

छठ पर्वको तयारी शुरु

दीपावली पर्वको समापनसँगै छठ पर्व हर्षोल्लासका साथ मनाउन विराटनगरमा तयारी सुरु भएको छ ।

मङ्सिर ३ र ४ गते मनाइने छठ पर्व–२०६९ का लागि पोखरी, नदी तथा नहरको धारमा सरसफाइ, रङ्गरोगन, स्वागतद्वार बनाउने, रङ्गीविरङ्गी विद्युत् वल्ब लगाउने, ढाट बनाउनेजस्ता कार्यहरू आजबाट सुरु भएको छ ।

यसका लागि मोरङको विराटनगरलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा पूजा समिति निर्माण गरी सामूहिकरुपमा छठ पर्व मनाउने कार्य सुरु भएको पाइएको छ ।

यसै सन्दर्भमा विराटगरको सिङ्घीया खोलामा छठ पूजा समारोह समिति गठन गरी भव्य तयारी भइरहेको समितिका महासचिव एवम् पत्रकार दिनेश साहले जानकारी दिएको राससले उल्लेख गरेको छ ।

सो खोलामा विभिन्न सङ्घसंस्थाले करिब रु दुई लाखको लागतमा २१ वटा स्वागतद्वार, छठ पूजा स्थानमा खानेपानी व्यवस्था, सूचना घर, एम्बुलेन्स तथा आकस्मिक उपचार सेवाको समेत व्यवस्था भइरहेको उहाँले बताउनुभयो ।

त्यहाँ आयोजना हुने पूजामा करिब एक लाखको सहभागिता रहने अनुमान गरिएको छ । सो स्थानमा विगत लामो समयदेखि छठ पूजा समिति गठन गरी छठ पूजा मनाइने गरिएको छ ।

विराटनगर–१५ र ७ को केसलिया खोला र रानी, कटहरी, रङ्गेली, नयाँ बजारलगायतका क्षेत्रमा रहेको खोला, नदी तथा पोखरीलगायत जलाशयमा छठ पूजा गर्ने गरिएको छ ।

हाल विराटनगर बजारमा छठ पर्वको लागि आवश्यक लत्ताकपडा, माटोको भाँडा, तथा दियो, केरा, केराउलगायतका पूजन सामग्री खरिद बिक्री भइरहेको छ ।

यस पर्वमा अस्ताउँदो सूर्य तथा उदाउँदो सूर्यलाई विभिन्न पूजन सामग्रीबाट जलमा अर्घ दिई उभिएर पूजा गरिन्छ ।

 दुई दिन मनाइने भएकाले छठको घाटमा रातभरि विभिन्न धार्मिक भजनकीर्तिन तथा सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।

0 comments: