Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

कोठीको रोचक कहानी

कोठीको रोचक कहानी

दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ ।

यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् ।

यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ :-

निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।
चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् ।
दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् ।
बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।
ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ ।
कानमा कोठी हुनेको आयू छोटो हुन्छ ।
गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।
दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।
बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।
नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ ।
दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।
कम्मरमा कोठी हुने रोगी हुन्छन् ।
पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।
दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।
बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

पाठकवृन्द तपाइँको सरीरको कुन भागमा कोठी छ ह ?

0 comments: