Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

बाडुली सम्झना हैन समस्या

आम मानिसमा कुनै न कुनै समयमा भएको वा हुनसक्ने समस्या हो बाडुली । नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झिएको संकेत भन्ने चलन छ । तर, बाडुली कसैले सम्झिएर हैन कि श्वासप्रश्वास नलीमा केही गडबढी भएको अवस्थामा उत्पन्न हुने लक्षण हो । सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ । अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ । ज्वरो आईरहने वा मृगौलामा कुनै गडबडी वा पुरानो रोग भएमा र पानीको कमीका कारण पनि बाडुली लाग्छ । बाडुली लामो समयसम्म लागेमा चिकित्सकको सल्लाह लिनु पर्दछ । सामान्य अवस्थामा बाडुली लाग्यो भने निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ ।
घरेलु उपचार एक÷एक भाग अमला, सुठो र पिपलको धुलोमा तीन भाग खाँड मिसाएर आधा चम्चा महसँग चाट्ने र केराको जराको रसमा थोरै मिस्री मिलाएर पिउने अलैँची पिसेर मिस्रीको चास्नीमा राखेर चाट्ने एक लिटर उमालेको पानीमा एक तोला रायो मिलाउने र तैरिन दिने, रायो पिँधमा बसेपछि पानी पिउने हरियो पुदिना एक कचौरा पानीमा पिसेर थोरै मिस्री मिलाई छानेर पिउने तातो दुधमा गाईको घिउ राखेर पिउने कागतीको रसमा मह र बिरेनून मिसाई खाने । ताजा अदुवा चुसिरहने । प्राणायाम, व्यायाम प्रशस्त गर्ने ।

0 comments: