Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

फेसबुक स्मार्टफोन



      सर्वाधिक लोकप्रिय सोसल नेटवर्क साइट फेसबुकले ग्याजेट निर्माणमा हात हालेको छ। फेसबुकले यस विषयमा कुनै खुलासा नगरे पनि  ग्याजेट बजारमा फेसबुक स्मार्टफोनको चर्चा चुलिएको छ। फेसबुकले ताइवानी कम्पनी एचटिसीसँग फेसबुक स्मार्टफान प्रोजेक्टरमा साझेदारी  गर्ने भएको हो। यो स्मार्टफोनको कोड नेम बफी रहनेछ। यसका लागि सोसनल नेटवर्क साइटले आइपड एवं आइफोनमा काम गरेका पुराना  कर्मचारी अनुबन्ध गरेको छ, जसले फेसबुक स्मार्टफोनको डिजाइन गर्नेछन्। नोकिया र विन्डोज-७  का डिजाइनर माइकल बोनिकोवुस्कीले  फेसबुकको मोवाइल पूरै नीलो रंगको हुने बताएका छन्, जुन रंग फेसबुक साइटमा प्रयोग गरिएको छ। गुगलले विकास गरेको एन्ड्रोइड अपरे टिङ सिस्टमलाई फेबुकले आफूअनुकूल परिवर्तन गरेर फोनमा प्रयोग गर्नेछ। ४ दशमलव ७ इन्च स्क्रिनयुक्त सेटमा ८  मेगापिक्सेल क्यामेरा  हुनेछ, जुन भिडियोग्राफीका लागि पनि उपयुक्त हुनेछ। यसमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहनेछ। एन्ड्रोइड फोनमा गुगलको सोसल ने टवर्क 'गुगलप्लस', एप्पलको आइफोनमा माइक्रोब्लगिङ साइट टि्वटरलाई प्राथमिकता दिएजस्तै फेसबुकलाई थप व्यापक बनाउन फेसबुकको  सेवा तथा सुविधालाई विशेष प्राथमिकता दिएर फेसबुक फोन 'बफी' निर्माण गरिने बताइन्छ।

0 comments: