 बेलामा पानी नपर्दा यसपाली धानखेती हुने १० प्रतिशत क्षेत्र बाँझै रहे । 
अब त पानी नपर्ने भयो भनेर आश मारेको बेला अहिले देशभरी नै झमझम पानी परेको
 छ । सामान्यतया अशोजको पहिलो हप्तामा मौसम सकिनुपर्ने हो । सकिने बेला 
मनसुन कमजोर हुने गरेकोमा यसपटक भने सकृय भएको छ ।

 शुरुवात र 
मध्यम अवस्थामा केही कमजोर रहेको मनसुन अन्तिम अवस्थामा सकृय हुँदा देशभर 
नै भारी वर्षा भएको छ । पाँच दिनदेखिको लगातार वर्षाले कैलाली, बाजुरा 
सहितका क्षेत्र बाढी र डुवानको चपेटामा परेका छन् । ‘पश्चिमी क्षेत्रमा 
मनसुनको प्रभाव बढी देखिएको छ’ जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद 
विद्यारत्न शाक्यले भन्नुभयो -’मनसुनको प्रभाव अझै दुईचार दिनसम्म रहनेछ ।’
  
 हुन त तीजको बेला हरेक वर्ष पानी पर्छ । तर यसपटक मलमासको कारण तीज पछि 
सर्यो । तैपनि तीजलाई वर्षाले छोडेन । दरखान र तीज मान्न घरमाइती जानुपर्ने
 चेलीहरु लगातारको वर्षाले हैरान भएका छन् । वर्षासँगैको बाढीले राजमार्ग 
अवरुद्ध भएका छन् । राजधानीबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने माग सोमबार 
बिहानैदेखि अबरुद्ध छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेको 
जीर्ण पूल भत्किँदा त्यहाँ गाडी र यात्रु अलपत्र परेका छन् । पृथ्वी 
राजमार्गमा पनि एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भएको छ । तनहुँको आँबु 
खैरेनी नजिकै पहिरो जाँदा पोखरा र गोरखा चल्ने गाडी रोकिएका छन् । वर्षाले 
राजधानीका सडक पनि जलमग्न भएका छन्
 
0 comments:
Post a Comment