Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

बढि बाँच्न चाहनुहुन्छ ? मज्जाले रुनुहोस्


मान्छेको आँखाबाट आँशु आउनु कमजोर मनको द्योतक होइन यो त सामान्य प्रक्रिया हो । महिला होस् वा पुरुष मनमा दुख पर्दा तथा पीडा हुँदा जो पनि रुन्छ । कतिपय मान्छे आफ्नो आँखाबाट आँशु बगेको अरुले देखेभने आफ्नो इज्जत नै जान्छ भनेर आँखाभित्रै आँशु लुकाउन तथा लुकिलुकी आँशु झार्न चाहन्छन् । मनोविश्लेषकका अनुसार महिलाहरुको तुलनामा आँशु लुकाउने प्रवृत्ति पुरुषहरुमा बढि हुन्छ । तर वास्तवमा आँशु लुकाउनु वा नरोएको तथा खुसी रहेँको ढोँग रच्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । विज्ञहरुका अनुसार रुनु मान्छेको स्वास्थ्यका लागि निकै सकारात्मक काम हो । रुने बानीले मानिसको शारीरिक, सामाजिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा निकै फाइदा पूराउने विज्ञहरु बताउँछन् । रुनुका फाइदा के के ? तनाव बढाउने हर्मोनलाई नियन्त्रण गर्छ: रुने बानीले केवल सरीरमा मात्र होइन मस्तिष्कमा पनि सकारात्मक असर पार्छ । विशेषज्ञहरुका अनुसार रुनाले मान्छेको सरीरमा स्ट्रेस हर्मोन नियन्त्रण हुन्छ र तनाव कम हुन्छ । यसले मुटुको चाललाई पनि नियमित गर्छ । रोगप्रतिरोधी क्षमता बढाउँछ : सन् २००६ मा भएको अध्ययन अनुसार रुने कामले सरीरमा रोग प्रतिरोधी क्षमता मजबुत बन्छ । वास्तवमा पीडा वा दुखदर्दका कारण मानिस जब रुन्छ उसको सरीरमा रोगप्रतिरोधी एन्टवडीहरुको उत्पादन बढि हुन्छ । दुखाइ कम गर्छ : जापानमा भएको एक शोधका अनुसार जोर्नी दुख्ने रोगीहरु जो मज्जाले रुन्छन् उनीहरुमा दुखाइ कम हुन्छ । रोएसँगै पीडितको रगतमा प्रतिरोधी रसायनको स्तर बढ्ने बताइएको छ । के कारणले आँशु निस्कन्छ ? महिलाहरुको आँखामा आँशु आउनुमा प्रोल्याक्टिन नामको हर्मोन जिम्मेवार हुन्छ । विशेषज्ञहरुका अनुसार रुनुअगाडि वा रोइरहेको समयमा यो हर्मोन सक्रिय हुन्छ । यता पुरुषको सरीरमा सक्रिय हुने टेस्टेस्टेरोन हर्मोनले आँशुमाथि नियन्त्रण गर्न मद्दत गर्छ । यहीँ कारणले गर्दा पुरुषहरु आँशु नियन्त्रण गर्न बढि सक्षम हुन्छन् । तर उमेर बढेसँगै पुरुषको सरीरमा यो हर्मोनको स्तर कम हुन्छ त्यसकारण बुढो बन्दै जाँदा पुरुषको रुने दर पनि बढ्छ ।

0 comments: