Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

समुद्री आँधीले अमेरिकामा ब्यापक बिनास, १६ जनाको मृत्यु


क्यारेबियन क्षेत्रबाट अघि बढेको इतिहासको बिनासकारी हुने अनुमान गरिएको समुद्री आँधी स्याण्डीले अमेरिकी राज्यहरुमा ब्यापक क्षति पुर्‍याएको छ । स्थानीय समयअनुसार सोमबार राती १० बजे न्यू जर्सी राज्यको समुद्री तटमा प्रवेश गरेको छ । भारी बर्षासँगै प्रति घण्टा एक सय ३० किलोमिटरको गतिमा अघि बढेको आँधीका कारण सो क्षेत्रमा बिजुली कटौती भएको तिब्र हुरीबतास चलिरहेको बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार बिहानसम्ममा न्यूयोर्कसहित पूर्वी तटीय क्षेत्रमा भारी बर्षा भएको, सबवे र कार टनेलहरुमा पानी जमेको जनाइएको छ । अहिलेसम्म स्याण्डीका कारण १६ जनाको ज्यान गएको बताइएको छ भने बिस्तृत क्षतिको बिबरण आइसकेको छैन् ।
स्याण्डीको त्रासका कारण पुरै अमेरिकामा सन्नाटा छाएको छ । एक सातापछि हुने राष्ट्रपतीय निर्वाचन प्रभावित भएको छ भने न्यूयोर्कसहित १२ वटा राज्यमा संकटकालीन आदेश जारी गरिएको छ । रेल, बिमान सेवा, बिद्यालय, किनमेल केन्द्र सवै बन्द गरिएका छन भने मानिसहरु आँधीबाट जोगिने तयारी अबस्थामा छन् । राष्ट्रपति बराक ओबामाले स्याण्डीलाई गम्भीरपतापूर्व लिई सुरक्षित रहन आफ्ना नागरिकलाई आह्वान गर्नुभएको छ । केन्द्रीय आपतकालिन उद्दार ब्युरोलाई सक्रिय पारिएको सरकारले जनाएको छ ।

0 comments: