
यदि तपाइँ आफु कति बर्ष बाच्दछु भन्ने थाहा पाउन चाहनुहुन्छ, वा तपाइँको 
उमेर बढ्ने गति के होला अर्थात तपाइँ कहिले बुढो हुनुहुनेछ भन्ने कुरा थाहा
 पाउन चाहनु हुन्छ भने अब छिट्टै यो कुरा सम्भव हुने भएको छ । एक सामान्य 
प्रकारको ब्लड टेस्टले तपाइँका यी सबै प्रश्नका जवाफहरू दिनेछ ।यस ब्लड 
टेस्टमा टेलोमिअर्सको खोजीको आधारमा मानिसको वायोलोजिकल उमेर के हुनेछ 
भन्ने कुरा पत्ता लाग्नेछ । यो टेस्ट छिमेकी मुलुक भारतमा यसै बर्षदेखि 
शुरू हुन लागेको बताइएको छ । टेलोमिअर्स त्यो प्रोटेक्टिभ क्याप्स हुन जुन 
क्रोमोजोम्सको अन्तमा पाइने गरिन्छ ।वैज्ञानिकहरूका अनुसार यिनीहरूको 
लम्बाइको आधारमा कुनैपनि व्यक्तिको जैविक उमेर पत्ता लगाउन सकिन्छ ।
वैज्ञानिकहरूले यस क्रममा कुनैपनि व्यक्तिको साना टेलोमिअर्सको जाँचबाट 
त्यस व्यक्तिको बढ्नो उमेरका साथै शरिरमा आउने परिवर्तनहरूका साथै शारिरीक 
रोगहरूको बारेमा समेत पत्ता लगाउन सकिने बताएका छन् । यस खोजका लागी सन 
२००९ मा नोबेल पुरस्कार समेत दिइसकिएको छ ।
यस ब्लड टेस्टले गर्दा मानिसहरू आफ्नो स्वास्थ्य प्रति सजग हुने बताइएको छ ।
 किनभने मानिसहरूले आफ्नो कोशिका (सेल्स) हरू कति स्वस्थ्य छन् र आफु कति 
समय सम्म बाँचिन्छ भन्ने कुरा थाहा पाउनेछन् ।  यस ब्लड टेस्टले ती 
टेलोमिअर्सको लम्बाइ थाहा पाउन सकिनेछ जुन लम्बाइका आधारमा मानिसको उमेर 
थाहा पाउन सकिन्छ ।   एजेन्सी


 






 
0 comments:
Post a Comment