उत्कृष्ट फिचरहरू दिएर संसारभरका मानिसको मनमा बस्न सफल सबैभन्दा ठूलो
सामाजिक सञ्जाल फेसबुकले हालै आफ्ना प्रयोगकर्ताह रूका लागि एउटा अर्को
नयाँ फिचर लञ्च गरेको छ। पोस्टलाई प्रमोट गर्न फिचर दिएको केही दिनपछि नै
फेसबुकले जिमेलसँग मिल्दोजुल्दो इनबक्सको अप्सन दिएको छ। फेसबुकमा
पहिलेदेखि नै यो फिचरको आवश्यकता महसुस गरिएको थियो। यसअघि फेसबुकमा
म्यासेज सर्च गर्न निकै समय खर्चिनुपर्थ्यो। अब भने इनबक्समार्फत कुनै पनि
साथीको म्यासेजलाई सजिलै पढ्न सकिनेछ, सर्च गर्न सकिनेछ अथवा त्यसको
प्रतिउत्तर पठाउन सकिनेछ। यो अप्सन प्रयोगकर्ताले निकै मन पराएको बताइन्छ।
किनभने यो फिचरले फेसबुक च्याटिङमा बिजी भैरहनेहरूका लागि निकै सजिलो
बनाइदिएको छ।
फेसबुकले आफ्नो ब्लगमा यो नयाँ फिचरका बारेमा जानकारी दिँदै भनेको छ- इनबक्स सर्च अप्सनले तपाईं आफ्ना साथीहरूको पुरानो म्यासेजलाई सजिलै सर्च गर्न सक्नुहुनेछ। इनबक्समा साथीको नाम सर्च गरेर तुरुन्तै उसलाई म्यासेज पठाउन सकिन्छ। यसका साथसाथै पुरानो म्यासेजको पूरै विवरण पनि प्राप्त गर्न सकिनेछ।

0 comments:
Post a Comment