Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

२१ तारिखमा पृथ्वी ध्वस्त हुन्छ भन्ने भविश्यवाणी गलत !

२१ तारिखमा पृथ्वी ध्वस्त हुन्छ भन्ने भविश्यवाणी गलत !
एजेन्सी, मंसिर २५ । विश्वभरीका मानिसहरु यसैवर्षको डिसेम्बर २१ तारिखमा पृथ्वीमा प्रलय हुन्छ, पृथ्वी ध्वस्त हुन्छ भन्ने जस्ता कुराहरुबाट अहिले चिन्तित भएका छन् । तर, यो कुरा गलत भएको र यसको बारेमा कुनै प्रमाण समेत हालसम्म नजुटेको समाचार बीबीसीले सम्प्रेशन गरेको छ ।

बीबीसी अनलाईनमा प्रकाशित समाचार अनुसार हालै मंगल ग्रहमा मानिसको अस्थित्व खोजी गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले यसैवर्षको डिसेम्बर २१ मा ‘पृथ्वीको अन्त्य’ हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो ।

उक्त अध्ययनलाई स्रोत मान्दै समाचारमा भनिएको छ, २१ डिसेम्बरमा पृथ्वीको अन्त्य हुन्छ भन्ने भविश्यवाणी सम्भवतः गलत हुनेछ । यसअघि पनि यस्तो भविश्यवाणीहरु गलत हुँदै आएका छन् ।

समाचारका अनुसार यस्तो भविष्यवाणी सन् २००३ मा पनि गलत सावित भएको थियो । त्यस्तै २१ डिसेम्बर १९९१ मा पनि यस्तै किसिमको भविष्यवाणी गलत भएको थियो । त्यतिमात्रै होइन, १९९० को दशकमा त ६ पटक यस्तो समय थियो, जसमा पृथ्वी ध्वस्त हुन्छ भनिएको थियो । तर, ती सबै गलत हुँदै आए ।

सन् १८४० पछिको हरेक दशकमा कम्तिमा २–३ पटक पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरिदै आइएको छ । पृथ्वी ध्वस्त हुने यस्तो गलत प्रचार प्राचीन रोमको समयदेखिनै हुँदै आएको जनाइएको छ ।

त्यस्तै खबरका अनुसार यसैवर्ष रोयर्टसले गरेको एक सर्वेक्षणमा हरेक ४ मध्ये एक अमेरिकी र विश्वका हरेक ७ मध्ये एक मानिसहरु आफ्नो जीवनकालमै पृथ्वीको अन्त्य हुन्छन् भन्ने मान्यता राख्छन् ।

समाचारमा यो पनि उल्लेख गरिएको छ कि कुनै पनि ग्रह सधैं जीवित रहँदैन । तर, खगोलविद्हरुका अनुमान अनुसार पृथ्वीको साथमा ७.५ अरब वर्ष आयु अझै बाँकी छ । यसपछि भने पृथ्वी सूर्यमा बिलिन हुने जनाइएको छ । View more >>>

0 comments: