कानभित्र अनावश्यक बाह्य वस्तुहरु नछिरुन् र कानको भित्री भागमा संक्रमण
नहोस् भन्ने उद्देश्यले ग्रन्थिहरुले कानभित्र कानेगुजी बनाउने गर्छन्।
अमेरिकाको म्यानह्याटन आँखा, कान तथा घाँटीसम्बन्धी अस्पतालका विशेषज्ञ
एम.डी. एन्ड्रययु चे· भन्छन्- च्याप-च्याप लाग्ने कानेगुजीले कानमा धूलो,
फोहोर र कीरा पस्नबाट जोगाउँछ।’
कानेगुजी बिस्तारै आफैं कानको बाह्य भागमा बढ्छ र जम्छ। नुहाउँदा त्यो
पखालिएर जान पनि सक्छ। कानेगुजी आफैंले पनि सफा गर्न सकिन्छ। तर सिन्का र
फलामे काँटीले जथाभावी कानेगुजी सफा गर्दा कानको जाली नै फुट्ने डर हुन्छ।
Token of Love
2 weeks ago
0 comments:
Post a Comment