Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

बैज्ञानिक ले अब पुरुषले बिना कन्डम को बिकल्प सार्बजनिक गरे

महिलाहरुका लागि बजारमा विभिन्न खाले गर्भनिरोधक औषधि तथा अन्य विधिहरु समेत उपलब्ध छन् । तर पुरुषहरुको हकमा गर्भनिरोधको विधिमा अस्थायी तर्फ कण्डम र स्थायी तर्फ भ्यासेक्टोमी मात्र उपलब्ध छ, अहिलेसम्म । तर वैज्ञानिकहरुले पुरुषहरुका लागि पनि गर्भनिरोधको एक नयाँ विधिको आविष्कार गरेका छन् । स्पर्म ज्यापिङ नाम दिइएको उक्त प्रविधि पुरुषको गर्भनिरोधक विधि हो । यसमा अल्ट्रासाउण्ड विधिद्वारा शुक्रकिटको मात्रालाई कम गरिन्छ । यो नयाँ विधिलाई पूर्णता दिन अहिले वैज्ञानिकहरुले अन्तिम अनुसन्धानमा जुटिरहेका बताइएको छ । के हो स्पर्म ज्यापिङ ? शोधका क्रममा जब हल्का मात्रामा अल्ट्रासाउण्ड भाले मुसाको अण्डकोषमा ठोक्काइयो तब उक्त मुसाको अण्डकोषले शुक्रकिट उत्पादन गर्न छाडेको पाइयो । यद्यपि अल्ट्रासाउण्ड मार्फत मानिसको अण्डकोषमा विकिरण पठाउँदा त्यसले शुक्रकिटको उत्पादन पूरै त रोक्दैन तथापि शुक्रकिटको उत्पादन घट्ने तथा उत्पादित शुक्रकिटहरुमध्ये पनि धेरै बाँझो अर्थात् डिम्बसँग निशेषच गर्न नसक्ने हुन्छन् ।

यस्तोमा पुरुषले सम्भोग गर्दा पनि गर्भ रहने सम्भावना निकै कम हुन्छ । पुरुषले यस्तो बाँझोपन हटाएर पहिलेकै अवस्थामा फर्किन एक विशेष सुइ लिनुपर्छ । कसरी गरिन्छ ? यस विधिमा पुरुषको विर्यबाहिनी नली -भास डिफेरेन्स) मा अल्ट्रासाउण्डको माध्यमद्वारा विकिरणयुक्त रसायन पठाइन्छ, जसले उक्त नलीमा शुक्रकिटको प्रवाह रोक्दछ । यसलाई पुरुषहरुले गर्भनिरोध विधिको एक प्राकृतिक तरिकाको रुपमा अपनाउन सक्छन् । वैज्ञानिकहरुले अहिलेसम्मको परीक्षणका क्रममा यो विधिका कुनै पनि साइड इफेक्ट फेला नपरेको भन्दै अब छिटै यसलाई आधिकारिक रुपमा प्रयोग ल्याउन सकिने विश्वास व्यक्त गरेका छन्

0 comments: