 लसुनलाई
 आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा 
विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी 
स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । 
लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । लसुनको 
पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ ।
स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् ।लसुनका पात 
खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ 
जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ । लसुनको पातले एक प्रकारको एन्टी
 बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै 
दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।
लसुनको पातमा प्रसस्त्रै आइरन तत्व पाइनछ । त्यसकारण रक्तअल्पता भएकाहरुले 
लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ ।लसुनका पातको सेवन मुटुका 
लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुटुका विभिन्न 
रोगबाट बचाउँछ । लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले सरीरमा 
कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम 
गर्छ ।
लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम 
गर्छ । साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी 
हुन्छ ।
त्यसैले लसुनको केश्रा मात्र होइन हरियो पात समेत तरकारी बजारबाट किनेर 
नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो ।

Wooden Carved Swet Bhairav Statue
2 months ago

0 comments:
Post a Comment