Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

बलिउड अभिनेत्री जिया खानको आत्माहत्या विवरण

jiah-khan-bollywood-actress 
बलिउडकी 'निशब्द' गल अर्थात अभिनेत्री जीया खानले आत्महत्या गरेकी छन्। सोमबार राती जुहु स्थित आफ्नै अपार्टमेन्टमा उनले आत्महत्या गरेकी हुन्। घरमा रहेको एक कोठा भित्रको छिलीङमा रहेको पंखामा पासो लगाएर उनले आत्महत्या गरेकी भारतीय सन्चार माध्यमहरुले सार्वजनिक गरेका छन्। आमा र बहिनीको साथमा बस्दै आएकी खानले यी दुबै घरमा नभएको बेला आत्महत्या गरेकी हुन्। 

बाहिर गएका जियाकी आमा र बहिनी घर फकिर्दा उनलाई सलले पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेपछि तत्कालै नजिकैको कपुर अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनु अगाडीनै उनको मृत्यु  भइसकेको मुम्बई प्रहरीले सार्वजनिक गरेको छ। 
बलिउडका सुपरस्टार अमिताभ बच्चनसँगै सन् २००७ मा रामगोपाल बर्माको चलचित्र 'निशब्द' बाट बलिउड अभिनय करियर सुरु गरेकी खानले अमीर खानको चलचित्र गजनीमा बिषेस भुमिका तथा अक्षकुमारको 'हाउसफुल'मा नायीकाको भुमिकामा समेत अभिनय गरेकी थिइन्। चलचित्र गजनिको अभिनयले उनलाई बलीउडमा उचाही दिलाएको थियो। अभिनय सुरु गरेकै चलचित्र 'निशब्द' मा उनले एक गीतमा समेत स्वर समेत दिएकी थिइन्।
चलचित्रका अलवा ठुला ब्याबसाहिक कम्पनीहरुका प्रमोसनल विज्ञापनमा समेत अभिनय गरेकी खानको मृत्युको बिस्तृत बिवरण पुरै अनुसन्धान पछि मात्र बाहीर ल्याउने मुम्बई प्रहरीले जनाएको छ। आइतबारमात्र हैदाराबादबाट उनि घर फर्कीएकी थिइन्। पछिल्ला केही समय देखि तनावमा देखिदै आएकी खान एक चलचित्र अभिनयका लागी अडीसन दिन हैदाराबाद गएकी थिइन्। तर उक्त चलचित्रको अडीसन सफल हुन नसके पछि तनाब लिदै उनि फर्कीएकी  थिइन्।
अडिशन बिग्रीएको र आफु अभिनय भन्दा पनि इन्टेरियर डिजाइनिङ पेशा अपनाउने सोचाइ जियाले हैदराबादबाट फर्कीए पछि आफुलाई सुनाएको उनकी आमाले बताइन्। उनले भनिन् अडीस बाट फर्कीए पछि जियाको केही कुरामा पनि मन थिएन।  पुरै समय उनि टेन्सनमा हुन्थीन्। २५ वर्षीय जियाले बलिउडका केही सुपरस्टारका साथमा अभिनय गररीसकेकी छन्। पछिल्लो समय ठुला ब्यानरका तिन चलचित्रसंग उभिनयको बिषयमा उनको कुराकानी भएको थियो।
खानको अत्माहत्य कारण खोज्न मुम्बई प्रहरीले आफ्नो अनुसन्धान घटना भएको लगतै सुरु गरेको छ। प्रहरीले आफ्नो अनुसन्धानको पहिलो सोधपुच उनका प्रेमी अर्थात अभिनेता आदीत्य पन्चालीका छोरा सुरज पंन्चालीबाट अगाड बिढाएको छ। पन्चाली मात्र हैन अनुसन्धानका क्रममा प्रहरीको संखाको घेरमा अन्य नौ जना रहेका छन्। ति सबैलाई बयानका लागी पालै पालो ल्याउने नाम लिस्ट प्रहरीले तयार पारेको छ। प्रहरीले जिया आत्महत्यको पछाडी कुनै चर्चीत अभिनेताका छोराको हात हुनसक्ने आसंका गरेको छ।
प्रहरीले अनुसन्धानका लागी जियाको ति साथीलाई पनि संख्याको घेरमा राखेको छ। जोसंग उनी धेरै कुराकानी गर्ने गर्दथिइन्।  पछिल्लो समय तेलुगु चलचित्रबाट रिजेक्ट भएकी जियाको आत्महत्यको कारण यो पनि हुन सक्ने उनकी आमाले प्रहरीको बयानमा उल्लेख गरेकी छन्। 
अभिनेत्री खानले आफ्नो टि्वटरमा गत महिनाको २३ तारीक बाट कुनै पनि टि्वट गरेकी छैनन्। यो उनको अहिले सम्मकै अन्तीम टि्वट हो। "म केही समयका लागी फुर्सद लिदै छु।" उनले उक्त टि्वटरमा लेखेकी छन्। उक्त टि्वट पछि टि्वटरमा कुनै शब्द नलेखेकी खानले सोमबार राती आत्महत्य गरिन्। जियाको टि्वटर एकाउन्ट नाफीसा खानको नामबाट छ। जसमा उनको परिचय कलाकार, कवियत्री, गायिका, संगीतकार लगायत उल्लेख गरिएको छ। उक्त टि्वटरमा जियाले आफु अमेरीकाको न्युयोर्कमा जन्मीएको र लन्डनमा हुर्कीएको समेत उल्लेख गरेकी छन्।
अभिनेत्री जियाको आत्म हत्याको खबरले भारतीय चलचित्र क्षेत्र पुरै शोकमा डुवेको छ। उनको मृत्यका खवरले आफु आस्चर्य र हैरानीमा परेको बलिउड कलाकारले टि्वटरमा उल्लेख गरेका छन्। के यो साचो हो , के भयो जियालाई , म यो समाचार बिश्वस गर्न सक्दीन, अभिनेता अमिताभ बच्चनले अबिस्वस गर्दै आफ्नो टि्वटरमा लेखेका छन्। त्यस्तै चलचित्रमा पहिलो अभिनय गराउने रामगोपाल बर्माले जिया आफ्नो करीयर र भविश्यबाट फ्रष्टेड रहेको आफुले पाएको उल्लेख गरेका छन्। पछिल्लो समयमा मैले जियालाई भेटेको थिए, त्यो समय उनले आफुलाई  सबैले असफल अभिनेत्रीको ब्यबहार गर्ने गरेको बताएकी थिइन्, बर्माले आफ्नो टि्वटरमा टि्वट गरेका छन्।

0 comments: