Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

यो वर्षदेखि एसएलसीको रिजल्ट पत्रिकामा नआउने

slcकाठमाडौं, जेठ २३ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यो वर्षदेखि कुनै पनि पत्रपत्रिकामा शुल्क तिरेर परीक्षाफल प्रकाशित नगर्ने भएको छ ।

पत्रपत्रिकामा एसएलसीको परीक्षाफल प्रकाशित गर्दा कार्यालयलाई आर्थिक भार बढेको र पत्रपत्रिका भन्दा विभिन्न वेभसाईट तथा इन्टरनेट सेवा नै प्रभावकारी हुने भएकाले यो वर्षदेखि शुल्क तिरेर पत्रपत्रिकामा परीक्षाफल प्रकाशित नगरिने उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो ।

कार्यालयले यो वर्ष आफ्नो वेभसाइटको आकार बढाउँदै विभिन्न सात भन्दा बढी ईन्टरनेट सेवा तथा एसएमएसमार्फत तत्कालै परीक्षाफल जान्न सकिने व्यवस्था गर्ने भएकाले यो वर्ष कार्यालयले इन्टरनेट सेवा तथा मोवाईल सेवाबाट नै परीक्षाफल छिटो एवं सहज रुपमा जान्न सकिने व्यवस्था गरेको उहाँले बताउनुभयो । यो वर्ष पत्रपत्रिकालाई शुल्क तिरेर परीक्षाफल प्रकाशित नगर्ने भएपछि कार्यालयको झण्डै ३० लाख रुपैयाँ बजेट बचत हुने उपनियन्त्रक अर्यालले जानकारी दिनुभयो । एसएलसीको परीक्षाफल एकहप्ताभित्र प्रकाशित गर्ने तयारी भएको कार्यालयले जनाएको छ ।

0 comments: