Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

लसुन नियमित खानुस् .. यस्ता रोगबाट बच्नुस्

लसुन विभिन्न गुणले भरिपुर्ण तरकारीको स्वाद बढाउने यस्तो पदार्थ हो जुन प्राय सबैको घरमा प्रयोग हुने गर्छ । धेरैजसो मानिसले यसलाई मसालाको रुपमा मात्र प्रयोग गर्ने गर्छन । तर धेरैलाई थाहा नहुन सक्छ यो औषधीको रुपमा पनि उत्तिकै गुणकारी छ ।

सबैलाई थाहा भएकै कुरा हो यसको गन्ध धेरै नै कडा हुन्छ र स्वाद पनि । लसुनमा एलियम नामक एन्टीबायोटिक हुन्छ जसको सेवनले धेरै रोगबाट बच्न मद्दत मिल्छ । लसुन नियमित खाँदा ब्लडप्रेशरका रोगीलाई फाइदा हुन्छ । अझ भनौं नियमित लसुन सेवनले ब्लडप्रेशरलाई नर्मल राख्न सहयोग गर्छ । यसको नियमित प्रयोगले ग्याष्ट्रिकको समस्या कम हुनुको साथै एसिडिटी पनि बढ्न दिदैन ।


नियमित रुपमा दैनिक लसुनको पाँच केस्रा खाने गरेमा हृदयसम्बन्धि रोग हुने सम्भावना कम हुन्छ । साथै लसुनलाई पिसेर स्किनमा लगाउँदा बिषालु किराले टोक्दा हुने दुखाई कम हुन्छ । चिसो र रुघाखोकी कम गर्न लसुनले रामबाणकै रुपमा काम गर्ने गर्छ ।

लसुनले दमको रोग तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्दछ । यो पनि मानिन्छ कि लसुन नियमित प्रयोग गर्ने मानिसको दाँत, मांसपेशी, नाक, कपाल, नङ आदिको रङ परिवर्तन हुँदैन । यसले पेटमा रहेका कीराहरुलाई पनि मार्ने गर्छ ।

लसुनको सेवनले कब्जियतलाई हटाउनुको साथै आँखाको रोगलाई पनि भगाउने गर्दछ । हरियो लसुनमा जिरा र नुन मिसाएर चुर्ण बनाइ बिहान खाली पेटमा मनतातो पानीसँग सेवन गर्दा पेटमा हुने सानातिना समस्या हराएर जान्छन । लसुनको अचार खाँदा पनि पेटलाई फाइदा गर्ने गर्छ ।

लसुनले खानामा स्वादको रुपमा मात्र नभई शरीरमा हुने विभिन्न समस्याहरुको लागि औषधीको रुपमा काम गर्ने गर्छ । लसुनमा प्रोटिन, भिटामिन, खनिज, लवण र फोस्फोरस, आइरनका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ ।

0 comments: