 फेसबुक अनलाइन व्यापारमा प्रवेश गरेको छ । फेसबुकले यस्तो अनलाइन सेवा सुरु
 गरेको छ जसबाट प्रयोगकर्ताले आफ्ना प्रियजनलाई केवल शव्द मात्र होइन 
साँच्चीकै उपहार पठाउन सक्नेछन् ।
फेसबुकले सुरु गरेको गिफ्ट नामक अनलाइन सेवाबाट तपाइँले आफ्नो साथीलाई 
चाहेको उपहार पठाउन सक्नुहुनेछ । बिहिबार अमेरिकामा लञ्च भएको यो सेवा यो 
महिनाभित्रैमा अझै परिस्कृत भएर अन्य देशमा पनि लागु गरिने फेसबुकले बताएको
 छ । अमेरिकी फेसबुक प्रयोगकर्ताले यो सेवाको उपयोग गर्दै आफ्ना साथीलाई 
फेसबुकमार्फ उपहार पठाउन थालेसँगै अर्को महिनादेखि नै गिफ्ट सेवालाई 
परिस्कृत गरिँदै लगिनेछ ।
फेसबुकमार्फ साथीलाई उपहार पठाउन प्रयोगकर्ताले आफ्नो फेसबुक फ्रेन्डको 
फेसबुक पेजमा गएर गिफ्ट नामको आइकनमा क्लिक गर्नुपर्नेछ । प्रयोगकर्ताको 
फेसबुक पेजको दायाँ भागमा यो आइकन देखिनेछ जसमा साथीको बर्थडे, विवाह तथा 
अरु महत्वपूर्ण इभेन्टका बारेमा समेत जानकारी दिइनेछ । जस्तै यदि तपाइँको 
साथीको जन्मदिन दुइदिन पछि आउँदैछ भने उक्त साथीको नाम र तस्वीर सँगै 
त्यहाँ गिभ हर ए गिफ्ट नामको लिंक तथा गिफ्ट आइकन देखापर्नेछ ।
उक्त आइकनमा क्लिक गरेपछि साथीलाई फेसबुकमार्फ दिन सकिने विभिन्न उपहारको 
लिष्ट आउनेछ । जस्तै कार्ड, चकलेट, कपकेक, गुडिया आदि ।
त्यसपछि उक्त उपहार प्राप्त गर्ने व्यक्तिलाई फेसबुकमार्फ नै आफ्नो खास 
ठेगाना खुलाउन आग्रह गरिन्छ । कतिपय अवस्थामा प्रापकलाई मन पर्ने उपहार 
छनोट गर्ने तथा उपहार साटेर अर्को सामान लिने सुविधा पनि प्राप्त हुन्छ ।
यो कदम इ कमर्शमा प्रवेश गर्ने फेसबुकको पहिलो कदमको रुपमा लिइएको छ । 
यस्तो उपहार आदानप्रदानमा उपहार प्रदान गर्नेको बैंक अकाउण्ट मार्फ पैसा 
तिरिन्छ र फेसबुकले उक्त उपहार वापतको सामानको बिक्रिको केही मुल्य कमिशन 
बापत लिनेछ । फेसबुकले अनलाइन मार्फ आदानप्रदान गर्न सकिने केही उपहारको 
सूचि समेत बनाएको छ । त्यसमा आइसक्रिम, फूल, खेलौना लगायतका रहेका छन् ।

Wooden Carved Swet Bhairav Statue
2 months ago

0 comments:
Post a Comment