Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

फेसबुकमा जसको धेरै साथी उसलाई धेरै तनाब !

फेसबुकमा जसको धेरै साथी उसलाई धेरै तनाब !
एजेन्सी, मंसिर १३ । फेसबुकमा तपाईंका कति ‘साथी’ छन ? धेरैजसो मानिसहरुको मानसिकता भनेको फेसबुकमा धेरै भन्दै धेरै साथी होउन् भन्ने नै हुन्छ । तर, केही त्यस्ता व्यक्ति पनि हुन्छन्, जसले सिमित साथी मात्रै बनाएका हुन्छन् ।

तर, फेसबुकमा जसको धेरै साथीहरु छन्, उसलाई ज्यादा तनाब हुने देखिएको छ । फेसबुकमा धेरै साथीहरु हुनेलाई ज्वरो आउने, निन्द्रा नलाग्ने जस्ता समस्याहरु देखापर्ने खुलेको हो ।

बेलयातमा हालैको एक रिपोर्टले यस्तो देखाएको हो । रिपोर्टमा खुलाइएको छ कि मानिसहरु आफ्नो लोकप्रियताका लागि फेसबुकमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई ‘एड’ गर्छन् । जब साथी संख्या बढ्दै जान्छ, तब अपमानति हुने अवस्था पनि थपिदै जान्छ ।

त्यस्तै जसको फेसबुक अकाउन्टमा साथी बाहेक पारिवारका सदस्यहरु पनि जोडिएका हुन्छन्, उनीहरु बढी तनाबमा हुन्छन् । मानिसहरुमा यस्तो तनाब भने फेसबुक प्रयोगकर्ताहरुले पोष्ट गर्ने आपत्तिजनक फोटो, असभ्य शब्दहरु नै हुन् । जसको धेरै साथी हुन्छन्, त्यस्ता व्यक्तिको एकाउन्टमा यस्ता हरकत बढी हुन्छ ।

त्यस्तै उक्त रिपोर्टको मूख्य कुरा भनेको यसरी तनाब ब्यहोर्नेमा ती व्यक्तिहरु बढी हुन्छन्, जसको नयाँ साथीहरुको साथमा निकै पुराना साथीहरु पनि फेसबुक ‘फ्रेन्ड’मा हुन्छन् । जसले गर्दा व्यक्तिका कयौं पुराना ‘गोप्य’ कुराहरु खुलासा हुने सम्भावना ज्यादा हुन्छ र ब्यतित जिन्दगीका छापहरु वर्तमानमा पर्ने सम्भावना रहन्छ ।

यसबाहेक परिवारका सदस्यहरु फेसबुक ‘लिस्ट’मा हुनाले व्यक्तिहरु अप्ठ्यारोमा पर्छन् । उनीहरुलाई लाग्छ कि परिवारका सदस्यहरुले उनीहरुमा निगरानी गरिरहेका छन्, जसले समेत तनाब बढाउने काम गरेको छ ।

बेलायतमा फेसबुकका ३ सय व्यक्तिहरुमा गरेको अध्ययनबाट यो रिपोर्ट तयार पारिएको हो । जसमा औसत २१ वर्षका व्यक्तिहरु सामेल भएको जनाइएको छ ।

0 comments: