Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

किन आयो अमेरिकी सैन्य विमान नेपालमा ?

काठमाडौ, असोज ३ – अमेरिकी वायु सेनाको एयर फोर्स विमान पहिलो पटक नेपाल आएको छ ।भारतको दिल्ली हुँदै अमेरिकी वायुसेना एयर फोर्स विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
American Airforce
अमेरिकी दूतावासका लागि आवश्यक सामग्री लिएर एयर फोर्स नेपाल आएको नेपाली सेनाले पुष्टी गरेको छ ।
नेपाली सेनाका लागि कुनै सामग्री लिएर आएको होइन नेपाली सेनाका प्रवक्ता जगदिश पोखरेलले भन्नुभयो ‘रक्षा र परराष्ट्र मन्त्रालयलसँग समन्वय गरेर दूतावासकै सामान लिएर अमेरिकी वायु सेना एयर फोर्स विमान काठमाडौ आएको हो ।’ यो भन्दा सानो एयर फोर्स पहिले पनि आउने गरेको वताउँदै प्रवक्ता पोखरेलले यति ठूलो एयर फोर्स नेपाल आएको पहिलो पटक नै भएको बताउनुभयो ।
एयर फोर्स दुई घण्टा नेपालको विमानस्थलमा रहने र फेरि दिल्लीनै फर्कने प्रवक्ता पोखरेलले वताउनुभयो । यसबारे अमेरिकी दूतावासले भने केही जानकारी दिएको छैन ।

Source:- ujyaaloonline

लोडसेडिङ बढ्यो, आइतबारबाट (२०७०-०५-३०) दैनिक ७ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधी बढाएको छ । प्राधिकरणले आइतबार (२०७०-०५-३०) बाट लागू हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

यसअघि सातामा २७ घण्टासम्म विद्युत कटौति गर्दै आएको प्राधिकरणले आइतबारबाट सातामा साढें ४६ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार अब दैनिक ७ घण्टासम्म लोडसेडिङ हुनेछ ।

प्राधिकरणले कुशैया–कटैया १३२ केभी प्रशारण लाईनको कन्डक्टर बदली कार्य तथा नदीमा पानीको बहाव कम भएको जनाउँदै लोडसेडिङ बढाउनु परेको तर्क गरेको छ । प्राधिकरणका अनुसार आइतबारबाट सातामा ४ दिन ७ घण्टा, दुई दिन ६ घण्टा र एक दिन सातामा साढें ६ घण्टालोडसेडिङ बढ्यो, भोलिबाट दैनिक ७ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित) लोडसेडिङ हुनेछ ।

मोबाइल उठाउँदा अब पैसा पनि कमाइने

काठमाडौं, भाद्र २० । नेपाली कम्पनी क्यास एण्ड एडले विश्वमै नौलो प्रविधि प्रयोगमा ल्याएको छ । मोबाइल उठाउँदा पैसा कमाउन सकिने प्रविधि औपचारिक रुपमा प्रयोगमा ल्याएको हो ।
मोबाइल उठाउँदा अब पैसा पनि कमाइने
मोबाइलमा घण्टीसँगै कुनै एक कम्पनीको विज्ञापन बज्नेछ, फोन उठाउनुअघि ६ सेकेन्डसम्म विज्ञापन हेरे त्यसबाट १ रुपैयाँ आम्दानी गर्न सकिने नौलो प्रवद्र्धनात्मक योजना कम्पनीले ल्याएको हो ।

जतिधेरै फोन उठाउन सकिन्छ, त्यतिनै बढि रकम पाउन सकिने कम्पनीले जनाएको छ । यो सेवा प्रयोगका लागि मोबाइलकर्ताले कुनै शुल्क तिर्नुपर्ने छैन ।

तर, आफ्नो मोबाइल सेटमा क्यास एण्ड एड सफ्टवयेर डाउनलोड गर्नुपर्ने छ । क्यास एण्ड एडमा जम्मा भएको रकम नेपालमा ई–सेवामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।

क्यास एण्ड एडको ब्यालेन्स हरेक २४ घण्टामा एक पटक इन्टरनेटमा सिंक गर्नुपर्नेे छ । आगामी केहि महिनाभित्र यो योजना भारत, बंगलादेश, श्रीलंका, सिंगापुर, अमेरिका सहित १८ वटा मुलुकमा सुरु गरिने कम्पनीले जनाएको छ ।

How to Read Hand Lines and Hand Shapes


भोलिबाट सातामा २७ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

काठमाडौं, असार ३१ । नेपाल विद्युत प्राधिकारणले हाल गर्दै आईरहेको लोडसेडिङ तालिकामा केही कटौति गरेको छ । प्राधिकरणले भोलि (मंगलबार)बाट लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अबदेखि सातामा २७ घण्टा लोडसेडिङ हुनेछ । यसअघि सातामा ३५ घण्टासम्म लोडसेडिङ गर्दै आईरहेको प्राधिकरणले नदी तथा जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङको समयावधी कटौति गरेको जनाएको छ ।

प्राधिकरणका अनुसार अब सातामा दुई दिन साढे ४ घण्टा, ३ दिन ४ घण्टा, एक दिन साढे ३ घण्टा र एक दिन साँढे २ घण्टा लोडसेडिङ हुनेछ ।

सँधै तन्नेरी देखिनु छ भने नियमित सेक्स गर्नुस

सधै जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर चढेसागै ओइलाउँदै जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर देखि लिएर फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका अनुसार यस्ता कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र त्यसको प्रभाव केवल अल्पकालिन मात्र हुन्छ ।

वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही कोही मान्छे युवा उमेरमै पाको उमेरको जस्तो देखिन्छन् । बेलायतका शोधकर्ता डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने एउटा महत्वपूर्ण उपाय नियमित सम्भोग हो । नियमित सेक्सले युवाअवस्था पार गरेका महिला र पुरुष दुबै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ । उनका अनुसार सहबासका दौरान सरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न सहयोग पूराउाछ ।

डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौा महिला तथा पुरुषमा अध्ययन गरे । यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका महिला पुरुषलाई बढि जवान भएको पाए । उनका अनुसार जवान देखिने ती ४०-५० वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे । डेभिड भन्छन्, यौन सम्बन्धबाट मिल्ने आनन्द युवावस्थालाई बचाएर राख्ने मुख्य अस्त्र हो ।

उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य कस्तो छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ । सम्भोगका दौरान भावनाको आवेग बढि आउने मानिसको हृदयाघात लगायतका समस्याबाट अकालमा ज्यान जाने सम्भावना ५० प्रतिशतले कम हुने यसअघि भारतमा गरिएको अध्ययनले पनि देखाएको थियो । नियमित सम्भोग गर्ने मानिस विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित हुने सम्भावना विरलै सहबासमा सहभागी हुने मानिस भन्दा निकै कम हुन्छ ।
 
Categories: ROCHAK-KURA

सोनीले ल्यायो सबैभन्दा स्लिम स्मार्टफोन एक्सपेरिया अल्ट्रा

सोनीले ल्यायो सबैभन्दा स्लिम स्मार्टफोन एक्सपेरिया अल्ट्रा

न्युयोर्क — सोनीले ६ दशमलव ४ इञ्चको वाटरफ्रुफ एन्ड्रोइड स्मार्टफोन एक्स्पेरिया जेड अल्ट्रा ल्याएको छ। एस्कपेरिया अल्ट्रा अहिले बजारमा भएकामध्ये सबैभन्दा स्लिम स्मार्टफोन भएको सोनीले दाबी गरेको छ। स्मार्टफोन बजारमा सामसङको दबदबा अन्त्य गर्न सोनीले यो फोन ल्याएको जनाएको छ। कन्सल्ट्यान्ट ट्रान्सपरेन्सी मार्केट रिसर्चको एक अध्ययनले सन् २०१२ मा स्मार्टफोन बजारको ७० प्रतिशत हिस्सा सामसङको कब्जामा रहेको देखाएको थियो। अध्ययनले सामसङको ग्यालेक्सी एस-३ तथा ग्यालेक्सी नोट-२ मोडलको ठूलो योगदानमा सामसङले स्मार्टफोन र ट्याब्लेट बजारमा कब्जा जमाएको थियो।

सामसङले २०१३ को सुरुमा ग्यालेक्सी एस-४ तथा ६ दशमलव ३ इञ्चको स्क्रिन भएको ग्यालेक्सी मेगाफोन ल्याएको थियो। सोनीको ५ इञ्चको स्क्रिन भएको एक्स्पेरिया जेड २०१३ को सुरुतिरै बजारमा ल्याएको थियो।

एक्स्पेरिया जेड अल्ट्रालाई सोनीले सबैभन्दा पहिला संघाइको मोबाइल एशिया एक्स्पोमा प्रस्तुत गरेको छ। इन्डोनेसिया तथा सिंगापुरमा यो स्मार्टफोन जुलाइदेखि बजारमा पुग्नेछ। सोनीले सेप्टेम्बरदेखि एक्स्पेरिया अल्ट्रालाई युरोपको बजारमा पुर्याउनेछ। 'यो स्मार्टफोनको मुख्य बजार दक्षिणपूर्वी एशिया हो', एक्स्पेरियाका मार्केटिङ निर्देशकले भनेका छन्- 'किनभने ठूला स्क्रिन भएका फोन अधिक मात्रामा यही क्षेत्रमा खबत हुन्छन्।'

६ दशमलव ५ मिमी मोटाइ भएको एक्सपेरिया जेड अल्ट्रा बजारमा उपलब्ध सबैभन्दा स्लिम हुवावेको एसेन्ड पी-६ भन्दा केही पातलो छ। यो फोनलाई पानीबाट बचाउनका लागि हेडफोन सकेट कभर आवश्यक पर्दैन। अघिल्लो एक्सपेरिया जेडमा कभरको राख्नुपर्थ्यो तर त्यसमा उपभोक्ताको गुनासो आएपछि नयाँ मोडेलमा सोनीले त्यसमा सुधार गरेको हो। एक्सपेरिया जेड अल्ट्रा पानीमा निकै बेरसम्म डुबे पनि केही हुँदैन।