Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

I love you....

Dur Rahene Se Rista Tutte Nahin...
Paas Rahene Se Rista Judte Nahin...
Ye Toh Dilka Bandhan Hai
Isliye Hum Aapko Bhulte Nahin...
=++===++++++=++=======++=+++++++=
=++===++++++==++=====++==++======
=++===++==++===++===++===+++++===
=++++=++++++====+++++====++======
=++++=++++++=====+++=====+++++++=

Bye Bye.......... & Miss You a Lot...





Phir Se Wohi Zindagi...........

LUVRAINS Gang



भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनीमा पार्क निर्माण हुने भो

भक्तपुर २८ जेठ । Mybhaktapur.com तत्कालिन राजा स्व .बिरेन्द्र शाहको नाममा रहि हाल नेपाल ट्रष्टको मातहतमा रहेको भक्तपुरको सल्लाघारी स्थित ९९ सय रोपनी जग्गामा रि ग्रेसन (Re Greation) पार्क निर्माण हुने भएको छ । नेपाल ट्रष्टको २०६७ साल भाद्र १५ गतेको संचालक समितिले सो जग्गामा पार्क बनाउने निर्णय गरेपछि यसलाई कार्यान्वयनमा ल्याउने भएको ट्रष्टका उपसचिव बिरेन्द्रबहादुर बाँनियाले बताउनुभयो । पार्कमा के के राख्ने ? र कसरी व्यबस्थित गर्ने भन्नेबारेमा अध्ययन भईरहेको उहाले बताउनुभयो । पार्कलाई कसरी व्यबस्थित गर्ने भन्नेबारे कन्सल्टेण्डलाई खटाईएको र त्यहाँबाट रिपोर्ट आए लगत्तै पार्क निर्माण कार्य थालनी गर्ने योजना रहेको ट्रष्टले जानकारी दिएको छ ।
पार्क निर्माण भएपछि यसलाई भाडामा संचालन गर्न दिएर रकम संकलनको माध्यम समेत बनाइृने भएको छ । ट्रष्टका नाममा रहेको जग्गा शिक्षा र स्वास्थ्य क्षेत्रका बाहेक अन्यकार्यमा प्रयोग गर्न नपाईने ट्रष्टको ऐनमा उल्लेख भए अनुसार यहाँ जे संरचना बने पनि शिक्षा र स्वास्थ्यका लागि मात्र सदुपयोग हुने बताईएको छ । सरकारले अन्तराष्ट्रिय स्तरको तरकारी बजार स्थापना गर्न मध्यपुरथिमिको मनोहरामा छुट्याईएको जग्गामा सुकुम्वासी बस्ती बसेपनि त्सलाई हटाउन नसकेको कृषि तथा सहकारी मन्त्रालयले उक्त जग्गा तरकारी बजार बनाउनका लागि निःशरल्क रुपमा माग गरेको ट्रष्टले जानकारी दिएको छ । यो जग्गामा नेपाल सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरेले भने यो जग्गामा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न सरकारले तयारी गरेको बताउनुभयो । ट्रष्टले सम्मेलन केन्द्र बनाउने प्रारम्भिक कुरा र्भपनि त्यसमा निर्णय नभएको जानकारी दिएको छ ।
 
विरेन्द्र शाहको कान्छा छोरा एवं तत्कालिन युवराज निराजन शाहका लागि दरबार बनाउँन तत्कालिन राजा बिरेन्द्रले प्रारम्भिक कार्य समेत शुरु गरिसकेको सो जग्गा दरबार हत्याकाण्ड पछि नारायणहिटी दरबारको नाममा ल्याईएको थियो ।  आ. ब.२०६२/०६३ मा भएको जनआन्दोलनबाट लोकतन्त्र बहाली पछि जनताको हितमा प्रयोग गर्ने गरि राजपरिवारको नाममा रहेको सम्पति नेपाल ट्रष्टको माताहातमा ल्याईएको थियो । नेपाल ट्रष्टमा ल्याए लगत्तै यो जग्गालाई बिभिन्न पार्टी, संघसंस्था र निकायले आँखा गाड्न थालेका थिए । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय र अस्पताल स्थापना गर्न सरकारसंग सो जग्गा माग गरेको छ । नगरपालिकाले जिल्लामा ख्वप कलेज, ख्वप ईन्जिनियरिङ कलेज, ख्वप पोलिटेक्निक र ख्वप उच्च मावि गरि चारवटा कलेज संचालन गर्दै आएकोमा ख्वप विश्वविद्यालय संचालन गर्ने तयारीमा जुटेको छ । 
 
नगरपालिकाले बिश्वबिद्यालय र मेडिकल कलेज संचालनका लार्गिै सरकारसंग दुईबर्ष अघिदेखि यो जग्गा पाउँनु पर्ने माग गर्दै आएको छ । ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले सर्वसाधरणको लागि सस्तोमा पढाई हुनेगरि बिश्वबिद्यालय र मेडिकल कलेज स्थापना गरेर डाक्टरी पढाई शुरुगर्ने तयारी रहेकाले यसका लागि सल्लाघारीको ९९ रोपनी जग्गा पाउँनु पर्ने बताउनुभयो ।  बिगतमा भक्तपुर कै बासिन्दाबाट यो जग्गा लिएकाले अहिले भक्तपुरकै बासिन्दाको बिकासका लागि यो जग्गा कलेजले पाउनुपर्ने तर्क उनिहरुको छ । यता मदनभण्डरी स्र्पोटस एकेडेमीले भने यो जग्गामा अन्त्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्न माग गरेको छ । एकेडेमील यो जग्गामा रंगशाला स्थापना गर्न माग गर्दै सरकारसंग प्रस्ताव अघि सारेकोछ ।
 
देशमा हालसम्म पनि अन्तराष्ट्रिय स्तरको रंगशाला नभएकोले मदन भण्डारी फाउण्डेसनका भक्तपुर अध्यक्ष शशीजंग थापाले सो जग्गामा रंगशालानिर्माण गर्न माग गर्दै  प्रस्ताव  गरेको बताउनुभयो । रंगशाला बनेमा भक्तपुरको मात्र नभएर देशकै विकास एवं पहिचानमा हुने उनको दाबी छ । यता भक्तपुर जिल्ला खेलकुद विकास समितिले समेत यो जग्गा अन्तराष्ट्रिय स्तरको खेल मैदान नै बनाइृनु पर्ने माग गरेको छ । भक्तपुरमा खेल मैदानको अभाव भएकाले यो जग्गालाई खेल मैदान अर्थात रंगशाला बनाउन सके सिंगो भक्तपुरको विकाससंगसंगै देशमा समग्र खेलको समेत विकासमा ठूलो टेवा पुग्ने समितिका अध्यक्ष सुनिल गोठेवासुले बताउनुभयो । नेपाल ट्रष्टको मातहतमा रहेको सो जग्गामा उपत्यका कै ठूलो बसपार्क बनाउनु पर्नै बिभिन्न बस व्याबसायीहरुले माग गर्दै आएका छन् । बसपार्कको ठूलो अभाब भएकाले यो जग्गामा बसपार्क बनाएमा बसपार्कको समस्याबाट मुक्त हुनसकिने ब्यबसायीको ठहर रहेको छ । 
 
तर ब्यापारीहरुले भने यो जग्गामा सरकार आफैले ठूलो ब्यापारीक कम्प्लेक्स बनाउनुपर्ने बताएका छन् । भक्तपुरमा यस्ता ब्यापारीक कम्प्लेक्स नभएकाले सुबिधा सम्पन्न अन्तराष्ट्रिय स्तरको ब्यापारिक कम्प्लेक्स बनाउन सके समग्र भक्तपुरको बिकास हुने ब्यापारीहरुको ठहर रहेको छ । ऐनमा यो जग्गा लिजमा दिन सकिने र यहाबाट आएको रकमले शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गर्न सकिने प्रावधान समेत छ  । तर जनताको यो सम्पत्तिमा जसले आखा गाँडे पनि आमनागरिकले प्रतक्ष्य रुपमा फाईदा लिन सक्ने कार्यमा प्रयोग गर्न सक्ने गरि सरकारले निर्णय गर्नुपर्ने स्थानियको भनाई छ । 

माइक्रोसफ्ट विन्डो-८ को टेक्ट भर्सन लञ्च



विश्वकै चर्चित सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले नेक्स्ट जेनेरेसनका लागि विन्डो-८ को फाइनल भर्सन सार्वजनिक गरेको छ। यो  नयाँ भर्सनको प्रयोग ट्यावलोइडदेखि डेक्सटप कम्प्युटरसम्म हुनेछ भने टचस्क्रिन स्मार्टफोन र एन्ड्रोइड ट्याव्लोइडमा पनि यो सफ्टवेयर  प्रयोग गर्न सकिनेछ।

विन्डो तथा विन्डो लाइभ डिभिजनका प्रेसिडेन्ट स्टिवेन सिनोफ्स्काईका अनुसार विन्डो-८ रिलिज पि्रभ्युबाट कम्पनीले राम्रो माइलेज लिन सक्ने  सम्भावना छ। यो सफ्टवेयरलाई अलग-अलग १४ भाषामा डाउनलोड गर्न सकिन्छ। विन्डो-८ को अन्तिमरूप वजारमा उतार्ने अन्तिम तयारी  पनि पूरा भएको छ। माइक्रोसफ्टका अनुसार फरवरीमा विन्डो-८ को कन्ज्युमर पि्रभ्यु सार्वजनिक गरिएको थियो। सार्वजनिक गरेको २४  घण्टामै लाखौं व्यक्तिले त्यसलाई डाउनलोड गरेका थिए।

आजदेखि युरो-२०१२



तीव्र गति, लामा-लामा पास र केही हदसम्म शारीरिक द्वन्द्व— यी युरोपेली शैलीको फुटबलका विशेषता हुन्। केही युरोपेली टिम उक्त विशे षतासँगै दक्षिण अमेरिकी शैलीको कला पनि थप्छन्। अन्तर्राष्ट्रिय फुटबलको महाशक्ति महादेश युरोपको सर्वोच्च प्रतियोगिता युरो-२०१२  आजदेखि सुरु हुँदैछ। पोल्यान्ड र युक्रेनले प्रतियोगिताको सह-आयोजना गर्दैछन्।

समूह 'ए' मा पोल्यान्ड र पूर्वविजेता ग्रीसबीचको खेलसँगै प्रतियोगिता प्रारम्भ हुनेछ। यो समूहका अरू टिम रूस र चेक गणतन्त्र हुन्। समूह  'बी' मा नेदरल्यान्ड, डेनमार्क, जर्मनी र पोर्चुगल छन्। यस्तै समूह 'सी' मा स्पेन, इटाली, आयरल्यान्ड र क्रोएसिया तथा समूह 'डी' मा युक्रेन,  स्वीडेन, फ्रान्स र इङ्ल्यान्ड छन्।

तीन साता लामो प्रतियोगिताको सुरुमा लिग चरणका खेल हुनेछन्। प्रत्येक समूहको शीर्ष दुई स्थानमा आउने टिमले क्वाटरफाइनलको यात्रा  तय गर्नेछन्। त्यसयता नकआउट चरण सुरु हुनेछ। विश्वकपपछि दोस्रो ठूलो र प्रतिष्ठित प्रतियोगिता सुरु हुने सँघारमा कुनै पनि टिम विवाद,  समस्या र चिन्ताबाट मुक्त हुन सकेका छैनन्।

स्पेन प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हो। उसले दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप पनि जितेको थियो। यस्तोमा स्पेन  लगातार तीन ठूला प्रतियोगिता हात पार्ने दुर्लभ उपलब्धिको नजिक छ। यसका लागि टिम तयार र सक्षम पनि देखिन्छ। फुटबल पण्डितहरूले  स्पेनलाई नै प्रतियोगिताको सर्वाधिक बलियो दावेदार मानेका छन्।

यद्यपि स्पेनले आफ्ना सर्वाधिक सफल फरवार्ड डेविड भिया र डिफेन्डर कार्ले पुयोलविना खेल्नुपर्नेछ। दुवै खेलाडी चोटका कारण बाहिरिएका  हुन्। टिमका प्रशिक्षक भिन्सेन्ट डेल बस्क भन्छन्, 'यी दुई महत्त्वपूर्ण खेलाडी गुमाउनु हाम्रा लागि ठूलो घाटा हो, यसका बाबजुद हामी प्रतियो गितामा दरिलो चुनौती पेस गर्न सक्षम छौं।'

स्पेनले आफ्नो पहिलो खेल इटालीसँग खेल्नेछ। इटाली पूर्वविजेता हो र यो टिम सम्भवतः सबैभन्दा ठूलो समस्यामा छ। पूरा इटालीको फुटबल  खेल मिलोमतोको प्रकरणमा अल्झिएको छ र अधिकांश खेलप्रेमीले त्यहाँको फुटबललाई केही समयका लागि प्रतिबन्ध लगाउनुपर्ने माग पनि  गरिरहेका छन्, जसमा त्यहाँका प्रधानमन्त्री अगाडि छन्।

इटालीका प्रशिक्षक सेसेर प्रान्डेलीले भने उक्त प्रकरण समस्या नहुने दाबी गरिरहेका छन्। रमाइलो तथ्य के छ भने इटलीले सन् १९८२ र  २००६ को विश्वकपको सफलता हात पार्दा यस्तै खेल मिलोमतो काण्ड मच्चिरहेको थियो। जर्मनी प्रतियोगिताको अर्को बलियो दावेदार हो।  छनोटमा स्पेनको जस्तै जर्मनीको पनि शतप्रतिशत प्रदर्शन रह्यो।

जर्मनी 'ग्रुप अफ डेथ' मा छ र यो समूहमा जो अगाडि रहन्छ, उसैले प्रतियोगिता पनि जित्न सक्ने अनुमान पनि गरिन्छ, तर यो समूहका  महारथीहरू जर्मनी, नेदरल्यान्ड र पोर्चुगल कसैले पनि प्रतियोगिता अगाडिका मैत्रीपूर्ण खेलमा राम्रो गर्न सकेनन्। तीनै टिम लगभग खराब  समयबाट गुजि्ररहेका छन् र चौतर्फी आलोचनाको सिकार भैरहेका छन्।

अर्को पूर्व विजेता फ्रान्स केही हदसम्म राम्रो लयमा छ। उसले विश्वकपयता लगातार राम्रो प्रदर्शन गरिरहेको छ। यद्यपि विश्वकपको सर्वथा  खराब प्रदर्शन पनि उसले बिर्सिएको छैन। फ्रान्सकै समूहमा इङ्ल्यान्ड पनि छ। उसले अहिलेसम्म यो प्रतियोगिता जित्न सकेको छैन, भलै  इङ्लिस प्रिमियर लिग विश्वकै सर्वाधिक प्रिय र स्तरीय मानिन्छ।

इङ्ल्यान्डले पनि चोटकै कारण एकपछि अर्को खेलाडी गुमाइरहेको छ। फेरि टिम नयाँ प्रशिक्षक रोय हडसनको नेतृत्वमा छ र पछिल्ला दुई मै त्रीपूर्ण खेलमा जित पनि हात पारेको छ। यस्तोमा इङ्ल्यान्ड पनि एक प्रकारले उत्साहित छ। अर्कातर्फ दुई आयोजक देश पोल्यान्ड र युक्रेनको  प्रयास मैदानमा राम्रो प्रदर्शन गर्न प्रयासरत हुने नै छ।

यी आयोजक देशका लागि त्योभन्दा पनि ठूलो चुनौती प्रतियोगिताको सफल सञ्चालन हुनेछ। दुई देशमा व्याप्त रंगभेदी मानसिकता र वेश्यावृति ठूलो समस्याका रूपमा छ। धेरैले के डर मानिरहेका छन् भने कतै यी समस्याले प्रतियोगिताको वास्तविक रौनक त चोर्ने होइनन् ?

युरोपेली च्याम्पियनसिपको इतिहास पल्टाउने हो भने प्रतियोगिताले सधैं अब्बल दर्जाको फुटबल प्रस्तुत गर्दै आएको छ। यसका खेलहरू स्तरीय  त छन् नै, त्यसमाथि नाटकीय, रोमाञ्चक एवं सनसनीपूर्ण पनि छन्। युरो-२०१२ पनि त्यसको अपवाद हुनेछैन। अन्तर्राष्ट्रिय फुटबल पारखीह रूले युरो-२०१२ का क्रममा माथिल्लो दर्जाको फुटबलको मज्जा लिन पाउनेछन्।

लोगो
पोल्यान्ड र युक्रेनको ग्रामीण क्षेत्रमा कागजलाई कैंचीले काटेर तयार पारिने कला निकै लोकप्रिय छ। यो कलालाई स्थानीय भाषामा विसिनान्की  वा भित्यान्की भनिन्छ। यही कागज काट्ने कलाकै शैलीमा यसपटक युरो-२०१२ को लोगो तयार पारिएको छ। सन् २००९ मा पहिलो पटक  सार्वजनिक गरिएको यो लोगोमा दुवै आयोजक राष्ट्रको ग्रामीण परिवेशलाई चित्रित गरिएको छ। यो लोगोमा प्रतियोगिता आयोजना हुने ८ वटै  रंगशालाको प्रतिनिधित्व छ।

मस्कट
युरो-२०१२ को मस्कटको नाम स्लाभेक र स्लाभ्को हो। अस्टि्रया र स्वीजरल्यान्डले युरो २००८ को संयुक्त आयोजना गर्दा जुम्ल्याहा टि्रक्स र  फि्लक्सलाई मस्कट बनाइएको थियो। यसपटक पनि पोल्यान्ड र युक्रेनले संयुक्त रूपमा युरो-२०१२ आयोजना गर्न लागेका कारण जुम्ल्याहा  दाजुभाइलाई नै मस्कटका रूपमा प्रस्तुत गरिएको छ। स्लाचेक र स्लाभ्कोले पोल्यान्ड र युक्रेनको राष्ट्रिय फुटबल टिमको रंगको प्रतिनिधित्व  गरेको छ। सन् २०१० मै सार्वजनिक गरिएको यो मस्कटको चयन अनलाईन भोटिङमार्फत गरिएको थियो।

नारा
यस पटक आयोजना हुन लागेको युरो-२०१२ को नारा हो- क्रिएटिङ हिस्ट्री टुगेदर अर्थात् 'मिलेर इतिहास रचौं'। युरो-२०१२ को लोगो सार्वजनिक गर्ने क्रममै यो नारालाई पनि आयोजक समितिले सार्वजनिक गरेको हो। विगतमा एउटै राष्ट्रका रूपमा रहे पनि पछि पोल्यान्ड र युक्रेन  अलग-अलग हुनुपरेको थियो। अहिले युरोको आयोजना एकसाथ गरिएका कारण पनि यो नारा राखिएको आयोजक समितिले जनाएको छ।

म्याच बल
युरो-२०१२ को अफिसियल बल एडिडास कम्पनीले निर्माण गरेको ट्याङ्गो १२ हुनेछ। गत विश्वकपमा एडिडास कम्पनीले नै निर्माण गरेको  जुबिलानीको डि्रबल र कन्ट्रोलमा समस्या आएका कारण फिफाले यसपटक प्रयोग गर्ने बलमा केही सुधार गरेको छ।

From : SAPTAHIK