Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

आजदेखि युरो-२०१२



तीव्र गति, लामा-लामा पास र केही हदसम्म शारीरिक द्वन्द्व— यी युरोपेली शैलीको फुटबलका विशेषता हुन्। केही युरोपेली टिम उक्त विशे षतासँगै दक्षिण अमेरिकी शैलीको कला पनि थप्छन्। अन्तर्राष्ट्रिय फुटबलको महाशक्ति महादेश युरोपको सर्वोच्च प्रतियोगिता युरो-२०१२  आजदेखि सुरु हुँदैछ। पोल्यान्ड र युक्रेनले प्रतियोगिताको सह-आयोजना गर्दैछन्।

समूह 'ए' मा पोल्यान्ड र पूर्वविजेता ग्रीसबीचको खेलसँगै प्रतियोगिता प्रारम्भ हुनेछ। यो समूहका अरू टिम रूस र चेक गणतन्त्र हुन्। समूह  'बी' मा नेदरल्यान्ड, डेनमार्क, जर्मनी र पोर्चुगल छन्। यस्तै समूह 'सी' मा स्पेन, इटाली, आयरल्यान्ड र क्रोएसिया तथा समूह 'डी' मा युक्रेन,  स्वीडेन, फ्रान्स र इङ्ल्यान्ड छन्।

तीन साता लामो प्रतियोगिताको सुरुमा लिग चरणका खेल हुनेछन्। प्रत्येक समूहको शीर्ष दुई स्थानमा आउने टिमले क्वाटरफाइनलको यात्रा  तय गर्नेछन्। त्यसयता नकआउट चरण सुरु हुनेछ। विश्वकपपछि दोस्रो ठूलो र प्रतिष्ठित प्रतियोगिता सुरु हुने सँघारमा कुनै पनि टिम विवाद,  समस्या र चिन्ताबाट मुक्त हुन सकेका छैनन्।

स्पेन प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हो। उसले दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप पनि जितेको थियो। यस्तोमा स्पेन  लगातार तीन ठूला प्रतियोगिता हात पार्ने दुर्लभ उपलब्धिको नजिक छ। यसका लागि टिम तयार र सक्षम पनि देखिन्छ। फुटबल पण्डितहरूले  स्पेनलाई नै प्रतियोगिताको सर्वाधिक बलियो दावेदार मानेका छन्।

यद्यपि स्पेनले आफ्ना सर्वाधिक सफल फरवार्ड डेविड भिया र डिफेन्डर कार्ले पुयोलविना खेल्नुपर्नेछ। दुवै खेलाडी चोटका कारण बाहिरिएका  हुन्। टिमका प्रशिक्षक भिन्सेन्ट डेल बस्क भन्छन्, 'यी दुई महत्त्वपूर्ण खेलाडी गुमाउनु हाम्रा लागि ठूलो घाटा हो, यसका बाबजुद हामी प्रतियो गितामा दरिलो चुनौती पेस गर्न सक्षम छौं।'

स्पेनले आफ्नो पहिलो खेल इटालीसँग खेल्नेछ। इटाली पूर्वविजेता हो र यो टिम सम्भवतः सबैभन्दा ठूलो समस्यामा छ। पूरा इटालीको फुटबल  खेल मिलोमतोको प्रकरणमा अल्झिएको छ र अधिकांश खेलप्रेमीले त्यहाँको फुटबललाई केही समयका लागि प्रतिबन्ध लगाउनुपर्ने माग पनि  गरिरहेका छन्, जसमा त्यहाँका प्रधानमन्त्री अगाडि छन्।

इटालीका प्रशिक्षक सेसेर प्रान्डेलीले भने उक्त प्रकरण समस्या नहुने दाबी गरिरहेका छन्। रमाइलो तथ्य के छ भने इटलीले सन् १९८२ र  २००६ को विश्वकपको सफलता हात पार्दा यस्तै खेल मिलोमतो काण्ड मच्चिरहेको थियो। जर्मनी प्रतियोगिताको अर्को बलियो दावेदार हो।  छनोटमा स्पेनको जस्तै जर्मनीको पनि शतप्रतिशत प्रदर्शन रह्यो।

जर्मनी 'ग्रुप अफ डेथ' मा छ र यो समूहमा जो अगाडि रहन्छ, उसैले प्रतियोगिता पनि जित्न सक्ने अनुमान पनि गरिन्छ, तर यो समूहका  महारथीहरू जर्मनी, नेदरल्यान्ड र पोर्चुगल कसैले पनि प्रतियोगिता अगाडिका मैत्रीपूर्ण खेलमा राम्रो गर्न सकेनन्। तीनै टिम लगभग खराब  समयबाट गुजि्ररहेका छन् र चौतर्फी आलोचनाको सिकार भैरहेका छन्।

अर्को पूर्व विजेता फ्रान्स केही हदसम्म राम्रो लयमा छ। उसले विश्वकपयता लगातार राम्रो प्रदर्शन गरिरहेको छ। यद्यपि विश्वकपको सर्वथा  खराब प्रदर्शन पनि उसले बिर्सिएको छैन। फ्रान्सकै समूहमा इङ्ल्यान्ड पनि छ। उसले अहिलेसम्म यो प्रतियोगिता जित्न सकेको छैन, भलै  इङ्लिस प्रिमियर लिग विश्वकै सर्वाधिक प्रिय र स्तरीय मानिन्छ।

इङ्ल्यान्डले पनि चोटकै कारण एकपछि अर्को खेलाडी गुमाइरहेको छ। फेरि टिम नयाँ प्रशिक्षक रोय हडसनको नेतृत्वमा छ र पछिल्ला दुई मै त्रीपूर्ण खेलमा जित पनि हात पारेको छ। यस्तोमा इङ्ल्यान्ड पनि एक प्रकारले उत्साहित छ। अर्कातर्फ दुई आयोजक देश पोल्यान्ड र युक्रेनको  प्रयास मैदानमा राम्रो प्रदर्शन गर्न प्रयासरत हुने नै छ।

यी आयोजक देशका लागि त्योभन्दा पनि ठूलो चुनौती प्रतियोगिताको सफल सञ्चालन हुनेछ। दुई देशमा व्याप्त रंगभेदी मानसिकता र वेश्यावृति ठूलो समस्याका रूपमा छ। धेरैले के डर मानिरहेका छन् भने कतै यी समस्याले प्रतियोगिताको वास्तविक रौनक त चोर्ने होइनन् ?

युरोपेली च्याम्पियनसिपको इतिहास पल्टाउने हो भने प्रतियोगिताले सधैं अब्बल दर्जाको फुटबल प्रस्तुत गर्दै आएको छ। यसका खेलहरू स्तरीय  त छन् नै, त्यसमाथि नाटकीय, रोमाञ्चक एवं सनसनीपूर्ण पनि छन्। युरो-२०१२ पनि त्यसको अपवाद हुनेछैन। अन्तर्राष्ट्रिय फुटबल पारखीह रूले युरो-२०१२ का क्रममा माथिल्लो दर्जाको फुटबलको मज्जा लिन पाउनेछन्।

लोगो
पोल्यान्ड र युक्रेनको ग्रामीण क्षेत्रमा कागजलाई कैंचीले काटेर तयार पारिने कला निकै लोकप्रिय छ। यो कलालाई स्थानीय भाषामा विसिनान्की  वा भित्यान्की भनिन्छ। यही कागज काट्ने कलाकै शैलीमा यसपटक युरो-२०१२ को लोगो तयार पारिएको छ। सन् २००९ मा पहिलो पटक  सार्वजनिक गरिएको यो लोगोमा दुवै आयोजक राष्ट्रको ग्रामीण परिवेशलाई चित्रित गरिएको छ। यो लोगोमा प्रतियोगिता आयोजना हुने ८ वटै  रंगशालाको प्रतिनिधित्व छ।

मस्कट
युरो-२०१२ को मस्कटको नाम स्लाभेक र स्लाभ्को हो। अस्टि्रया र स्वीजरल्यान्डले युरो २००८ को संयुक्त आयोजना गर्दा जुम्ल्याहा टि्रक्स र  फि्लक्सलाई मस्कट बनाइएको थियो। यसपटक पनि पोल्यान्ड र युक्रेनले संयुक्त रूपमा युरो-२०१२ आयोजना गर्न लागेका कारण जुम्ल्याहा  दाजुभाइलाई नै मस्कटका रूपमा प्रस्तुत गरिएको छ। स्लाचेक र स्लाभ्कोले पोल्यान्ड र युक्रेनको राष्ट्रिय फुटबल टिमको रंगको प्रतिनिधित्व  गरेको छ। सन् २०१० मै सार्वजनिक गरिएको यो मस्कटको चयन अनलाईन भोटिङमार्फत गरिएको थियो।

नारा
यस पटक आयोजना हुन लागेको युरो-२०१२ को नारा हो- क्रिएटिङ हिस्ट्री टुगेदर अर्थात् 'मिलेर इतिहास रचौं'। युरो-२०१२ को लोगो सार्वजनिक गर्ने क्रममै यो नारालाई पनि आयोजक समितिले सार्वजनिक गरेको हो। विगतमा एउटै राष्ट्रका रूपमा रहे पनि पछि पोल्यान्ड र युक्रेन  अलग-अलग हुनुपरेको थियो। अहिले युरोको आयोजना एकसाथ गरिएका कारण पनि यो नारा राखिएको आयोजक समितिले जनाएको छ।

म्याच बल
युरो-२०१२ को अफिसियल बल एडिडास कम्पनीले निर्माण गरेको ट्याङ्गो १२ हुनेछ। गत विश्वकपमा एडिडास कम्पनीले नै निर्माण गरेको  जुबिलानीको डि्रबल र कन्ट्रोलमा समस्या आएका कारण फिफाले यसपटक प्रयोग गर्ने बलमा केही सुधार गरेको छ।

From : SAPTAHIK

0 comments: